काठमाडौं— नेपाली कम्युष्टि पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोट पुगेका छन् ।
हिजो राति नुवाकोट पुगेका उनले आज बिहानै पञ्चकन्या गाउँपालिका–३, घलेगाउँस्थित घलेगाउँ सांस्कृतिक भवनको उद्घाटन गर्नेछन् ।
त्यसैगरी दिउँसो १२ बजे उहाँले लिखु गाउँपालिका–५ मा सहिद स्मृति केन्द्र भवन तथा सहिद स्मृति पार्कको पनि उद्घाटन गर्नका साथै विभिन्न स्थानमा जनभेटघाट गर्नेछन् । । हिजो उनलाई नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ६ समुन्द्रादेवीको मानेमा नेपाली कम्युनिस्ट पार्टीका स्थानीय नेता कार्यकर्ताले स्वागत गरेका थिए ।






































