काठमाडौं— काठमाडौं उपत्यकामा हिजोभन्दा आज (आइतबार)चिसो झन् धेरै बढेको छ ।
काठमाडौंमा आज बिहान आज बिहान पौने ६ बजेको मापन अनुसार न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ । हिजो न्यूनतम तापक्रम ८ .५ डिग्री सेल्सियस रहेको थियो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाकाले चिसो क्रमशः बढ्दो क्रममा रहेकाले स्वास्थ्य सावधानी र आवश्यक तयारी गर्न आग्रह गरेको छ ।






































