समाचार

    Showing 8,031-8,040 of 19,578 items.
  • सबैको लागि न्याय ‘मार्च टु जस्टिस’ अभियान सुरु

    काठमाडौं । आज ९शुक्रवार०बाट सबैको लागि न्याय ‘मार्च टु जस्टिस’ भन्ने अभियान सुरु भएको छ । दलित लाइभ्स् म्याटरको सह सस्थापक ब्रिदिका सेन्चुरीका अनुसार सय दिनसम्म चल्ने अभियान नेपाल सरकारले जातिय विभेद तथा छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको दिन जेठ २१ का सन्दर्भमा सुरु भएको बताइन् । उनले भनिन्,‘ जातिय विभेदका घटनाहरु भइरहेका छन् । कोही मरिरहेका छन् । कसैलाई आफ्नो ठाउँबाट विस्थापित गरेर अन्यायमा परेका छन् । अहिलेको समयमा पनि जातिय विभेद भन्ने कुरा पूराणमा मात्र सुनिने काल्पनिक कुरा जस्तो लाग्थ्यो । तर अहिले पनि सान्दर्भिक छ । त्यसैले हामीले मार्च टु जस्टिस् सबैको न्यायको लागि भनेर सुरु गर

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 286 पटक पढिएको
  • प्रत्येक पालिकामा आपत्कालीन गोदामघर व्यवस्थापन गरिने

    काठमाडौँ । गृह मन्त्रालयले विपद् प्रतिकार्यका लागि आवश्यक सामग्रीसहित मुलुकभरका स्थानीय तहमा आपत्कालीन गोदामको व्यवस्थापन गर्न पहल गरेको छ ।गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको विषयगत समितिको बैठकले विपद् जोखिम न्यूनीकरण कार्यलाई प्रभावकारी बनाउन जोखिमको नक्साङ्कन, सुरक्षित बासस्थान निर्माण, पूर्वतयारी, प्रतिकार्य, पुर्नलाभ, पुनःस्थापनाका कार्य राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिहरूले समन्वायत्मक रूपमा गर्ने निर्णयसमेत भएको छ । यसैगरी बैठकमा नगर प्रहरी

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 269 पटक पढिएको
  • सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

    काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले आफ्नो सेवामा विशेष छुट दिने भएका छन् । उक्त प्रयोजनका लागि सगरमाथा आरोही सङ्घले ती दुई कम्पनीसँग छुट्टाछुट्टै सम्झौता गरेको छ ।सगरमाथा आरोहण गरेको ७१ वर्ष पुगेको स्मरण गर्दै विश्वकीर्तिमानी र कीर्तिमानी आरोहीलाई सेवामा विभिन्न छुट दिने सम्झौता भएको छ । सङ्घमा आबद्ध आरोही र आरोहीका परिवारलाई यती एयरलाइन्सबाट उडान गर्दा टिकटको न्यूनतम मूल्यमा थप विशेष छुटको व्यवस्था गरिएको छ । सोसम्बन्धी सम्झौतामा सङ्घका तर्फबाट अध्यक्ष माया शेर्पा र एयरलाइन्सका तर्फबाट प्रमुख व्यापार अधिकृत युवराज विष्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 311 पटक पढिएको
  • आगलागीका घटनामा ६ को मृत्यु, ३८ परिवार विस्थापित

    काठमाडौँ । गएको एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक रहेका छन् । ती आगलागीका घटनमा ३० पुरुष, २६ महिला, ६ बालक र तीन बालिका घाइते भएका छन् । एक महिनामा देशभर ५०१ आगलागीका घटना भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । आगलागीबाट ८७ घर र ५७ गोठमा क्षति भएको छ । आगलागीबाट १४६ पशुचौपाय मरेका छन् । घटनापछि ३८ परिवार विस्थापित भएका छन् । आगलागीबाट रु ४० करोड ४८ लाख बराबरको क्षति भएको छ । विभिन्न स्थानमा लागेको आगलागी नियन्त्रणका लागि तीन हजार ६१४ प्रहरी परिचाल

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 271 पटक पढिएको
  • शीतभण्डार सञ्चालन गर्न निजी क्षेत्र खोज्दै गाउँपालिका

    नवलपरासी (ब सु प) । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ नर्सरीमा बनेकोे शीतभण्डार (चिस्यान केन्द्र) सञ्चालनका लागि गाउँपालिकाले व्यवसायी खोज्न थालेको छ । रु पाँच करोडभन्दा बढी लागतमा बनेको शीतभण्डार उपयोगविहीन भएपछि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने निष्कर्षमा पालिका पुगेको गाउँपालिका अध्यक्ष उपाध्यायले बताए । पूर्वतयारीविना बनाइएको शीतभण्डार सञ्चालनमा ल्याउन कठिन भएको उनले बताए । गाउँपालिकाको मुख्य बाली उखु र केराखेती हो  तर शीतभण्डारमा आलु र प्याज मात्रै राख्न मिल्ने भएकाले शीतभण्डार प्रयोगमा नआएको अध्यक्ष उपाध्यायको भनाइ छ । ‘यहाँको आवश्यकता पहिचान नै नगरी अघिल्लो कार्यकाल

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 307 पटक पढिएको
  • विभिन्न क्षेत्रका दस जनाले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

    काठमाडौं— प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आज विभिन्न क्षेत्रका व्यक्तित्व पुरस्कृत भएका छन्। नेपाल सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ का अवसरमा गरेको थियो।प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले शुक्रबार एक समारोहमा सम्मान प्रदान गरेका हुन्। पुरस्कृत हुने दश जनाहरुमा टेलिमेडिसिनतर्फ डा. छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा. विराजसिंह थापा (मोरङ)

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 217 पटक पढिएको
  • ताला लगाएर स्थगित गरिएको आरआरमा स्ववियु चुनाव चैत १६ हुने

    काठमाडौं— काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीले ताला लगाएपछि चैत ५ गते हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव चैत १६ मा हुने भएको छ ।शुक्रबार बसेको सर्वदलीय बैठकले  चैत १६ गते चुनाव गर्ने निर्णय गरेको क्याम्पस प्रमुख पद्यमकुमार अधिकारीले जानकारी दिए ।

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 262 पटक पढिएको
  • सांसद प्रेम आले भन्छन झलनाथको दबाबमा क्यान र निगम अध्यक्ष नियुक्त गरेँ

    काठमाडौं— सांसद प्रेम आलेले नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी र नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई पार्टीको दबाबमा नियुक्त गरिएको बताएका छन् । दुई अधिकारीलाई नियुक्त गर्न नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले दबाब दिएको उनले जिकिर गरे ।आफूले खनाल र पार्टीका अरू नेताको दबाबमा प्राधिकरण र निगमका कार्यकारी पदमा नियुक्त गरेको बताए । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले १२औँ तहका पाँच वरिष्ठ अधिकारी रहँदा पनि उनीहरूलाई नै नियुक्त गर्नुपर्ने भन्दै आफूलाई पत्र पठाइएको सुनाए ।“मैले आठ महिना २१ दिन मन्त्रालय चल

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 399 पटक पढिएको
  • सार्वजनिक लेखा समितिद्वारा उजुरी अध्ययन गर्न ७ उपसमिति गठन गर्‍यो

    काठमाडौं— सार्वजनिक लेखा समितिले समितिमा परेका उजुरीहरुको अध्ययन गर्न उपसमिति बनाएको छ।शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले समितिमा परेका उजुरीहरु विभिन्न विषयमा वर्गीकरण गरेर अध्ययन छलफल गर्ने भएको हो। बैठकले ७ वटा उपसमिति बनाएर छलफल गर्ने निर्णय गरेको समिति सभापति ऋषिकेश पोखरेलले बताए। समितिमा परेका सबै उजुरीलाई समान प्राथमिकता दिएर छलफल गर्न उपसमिति बनाएर छलफल गर्ने जानकारी दिए। समितिले उजुरी अध्ययन कार्यदल भनेर नामकरण गरेको उपसमितिले १५ दिनभित्र सबै उजुरीको निर्णय गरिसक्ने बताएको छ। कार्यदलले निर्णय गर्नुअघि समितिको सचिवालयले ७ दिनभित्र उजुरी स

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 154 पटक पढिएको
  • दलित अभियान्ताको समुहले निषेधित क्षेत्र तोड्न खोजेपछि...

    काठमाडौं— अन्तर्राष्ट्रिय जातीय विभेद विरूद्धको दिवसका अवसरमा राजधानीमा प्रदर्शन भएको छ । शुक्रबार बानेश्वरमा दलित अभियन्ताहरुले नेलसहित प्रदर्शन गरेका हुन् । दलित अभिन्ता खगेन्द्र सुनुवारसहितको सहभागीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि स्थिति तनावग्रस्त बनेको थियो । ‘दलितलाई खै’ भनि लेखिएको नारासहित अर्धनग्नसमेत बनेर प्रदर्शनमा सहभागी भएकाहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए । सिराहामा दलित वस्तीमा डोजर चलाएर महायज्ञ लगाउने प्रयास भएको विरोध तथा अन्तर्राष्ट्रिय जातीय विभेद विरुद्ध , दलितका लागि दलित अभियान, नेपालको प्रदर्शनमा सहभागी भएका हुन् । सो क्रममा प्रहरी र प्रदर

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 180 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा