रौतहट— रौतहटको गौरमा  विधुतीय करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

गौर नगरपालिका–८ स्थित विरबहादुर साहको नवनिर्मित चार तल्ले घरको छतमाथि खेलिरहेका बालकको करेन्ट लागेर शनिवार साँझ मृत्यु भएको हो । 

रौतहट प्रहरीका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालका अनुसार सुनिल साहको ५ बर्षीय छोरा रितिककुमार साहको करेन्ट लागेर मृत्यु भएको हो ।

मौलापुर नगरपालिका–४ पतौरा घर भएर गौर नपा ५ स्थित विरबहादुरको घरमा डेरा गरी बसिरहेपनि उनकै वडा नम्वर ८ मा निर्माण भईसकेका चार तल्ले घरको कौशीमा खलिरहेको अवस्थामा करेन्ट लागेको उनले जानकारी दिए । यस घटना सम्बन्धमा  अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।