दमक / झापाको दमक नगरपालिका –२ स्थित मोहन कुमार तामाङको घरबाट तास खेलिरहेको अवस्थामा प्रहरीले तामाङ सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घर धनी मोहन कुमार तामाङ, ३८ वर्षीय पूर्ण प्रसाद शिवाकोटी, ३० वर्षीय बिनोद श्रेष्ठ, ३७ वर्षीय दिल बहादुर श्रेष्ठ, ३४ वर्षीय सुरेन्द्र नेम्वाङ र कमल गाउँपालिका –६ का ४१ वर्षीय दुर्गा बहादुर राई रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुका साढे ४ बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ३ बुङ तास र १ लाख २० हजार ५०० रुपैयाँ पैसा बरामद गरेको छ ।
मोरङ / मोरङको बुढीगंगा गाउँपालिका –४ स्थित बागमती मोलडिङ्ग इन्डष्ट्रिज प्रा.लि. मा काम गर्ने मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४४ वर्षीय कलरु कुमार खवास रहेका छन् । आइतबार बेलुका ५ बजे हात खुट्टा धुन भनी फ्याक्ट्रीमा जडान भएको कलको मटर चलाउँदा खवास करेन्ट लागेर गम्भिर घाईते भएका थिए । करेन्ट लागेर गम्भिर घाइते भएका खवासको उपचारको क्रममा विराट मेडिकल कलेज मृत्यु भएको थियो ।
बिर्तामोड / झापाको मेचीनगरमा अटो टेम्पुको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका –६ स्थित फाईरिङ चोकका ५१ वर्षीय चन्द्र प्रसाद अधिकारी रहेका छन् । आइतबार बेलुका साढे ६ बजे पूर्व तर्फ आँउदै गरेको मे१ह ६४५० नम्बरको अटोले ठक्कर दिँदा अधिकारी गम्भिर घाईते भएका थिए । अधिकारीको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । अटो र चालक झापा मेचीनगर नगरपालिका –६ नकलबन्दा का ३२ वर्षीय सुरेन्द्र राजवंशी इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा रहेको छ ।
काठमाडौँ / नेपाल पत्रकार महासङ्घले विभिन्न राजनीतिक दलका सङ्गठनमा उम्मेदवार र प्रतिनिधि बनेकाहरूको सदस्यता खारेज गर्ने चेतावनी दिएको छ ।प्रमुख राजनीतिक दलका विभिन्न तहका कमिटीमा अहिले भइरहेका चुनावमा पत्रकार महासङ्घका सदस्यता लिएका व्यक्तिहरू पनि चुनिएको र प्रतिस्पर्धा गरेको भन्दै महासङ्घले सदस्यता खारेज गर्ने चेतावनी दिएको हो । पत्रकार महासङ्घको विधानले पत्रकार महासङ्घका पदाधिकारी वा सदस्यले पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ सङ्गठनको कुनै पनि तहको विभाग वा समितिमा रहेर काम गर्न नपाउने व्यवस्था गरेको छ । कुनै पनि दलको कार्यकारी पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारित
धनकुटा / धनकुटाको छथरजोरपाटी गाउँपालिका –३ चिउरीबोटेबाट भरुवा बन्दुक प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय राजन लिम्बु रहेका छन् । शनिबार बेलुका ५ बजे प्रहरी चौकी छथर जोरपाटीबाट खटिएको प्रहरी टोली राईले आफ्नो गाईगोठमा लुकाई छिपाई राखेको एक थान भरुवा बन्दुक बरामद भए सँगै राई पक्राउ गरिएको हो ।
मोरङ / मोरङको रंगेली नगरपालिका –१ विशाल बजार चौक स्थितमा को १ ह ४८०२ नम्बरको टेम्पोबाट १६ केजी गाँजा बरामद भएको छ । हिजो राती ८ बजे इलाका प्रहरी कार्यालय सखरदिनाबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा सो परिमाणको गाँजा फेला परेको हो । गाँजा फेला परे पश्चात टेम्पो चालक मोरङ बेलबारी नगरपालिका –३ का २४ वर्षीय बुद्दराज राईलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
झापा / झापाको छुट्टा छुट्टै स्थानबाट प्रहरीले ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका –५ का २४ वर्षीय अभिसेक राजवंशी, ताप्लेजुङको श्रीजंगा गाउँपालिका –३ की २० वर्षीया अनिसा भट्टराई र इलाम नगरपालिका –६ की २८ वर्षीय मनिस राई रहेका छन् । शनिबार बेलुका साढे ५ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका –११ स्थित बसपार्कबाट राजवंशीलाई पक्राउ गरेको हो । राजवंशीको साथबाट प्रहरीले ३ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।&n
झापा / झापाको दमक नगरपालिका –४ मा रहेको रातो भाले सेकुवा कर्नर होटलबाट साढे दुई लाख नगदसहित प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका –६ का ६६ वर्षीय विश्वराज पराजुली, झापा बुद्धशान्ति गाउँपालिका –३ का ४५ वर्षीय सोनी तामाङ, होटल सञ्चालक दमक नगरपालिका –४ का ४७ वर्षीय शेर बहादुर कार्की, सोही स्थानका ५३ वर्षीय रेवत वुढाथोकी, ४६ वर्षीय चेत बहादुर कुँवर र दमक नगरपालिका –९ का ४६ वर्षीय रविन श्रेष्ठ रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शनिबार राती साढे १० बजे उक्त ह
उदयपुर / उदयपुरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका नगरपालिका –५ की ७० वर्षीया इच्छा कुमारी राई रहेकी छिन् । शनिबार बेलुका साढे ६ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३४ प २०३७ नम्बरको मोटरसाइकलको ठक्करबाट राई गम्भिर घाईते भएकी थिइन् । घाइते राईको धरान घोपामा उपचारको क्रममा शनिबार राती साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सो दुर्घटनाबाट मोटरसाइकल चालक सप्तरी सप्तकोसी नगरपालिका –१ का ३५ वर्षीय आलोक राई समेत घाईते भएका छन् । उनको सोही अस्पतालमानै उपचार भइरहेको छ ।
काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रीएका कानुन व्यवसायिहरुले आज गृहमन्त्री खाँडको पनि राजिनामा माग गरेका छन् । सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग भएको भन्दै कानुन व्यवसायीहरूले गृहमन्त्री बालकृष्ण खाँणको राजिनामा माग गरेका हुन् । गत कात्तिक १४ गते देखि प्रधानन्याधिश विरुद्ध प्रदर्शन गर्दै आएका कानुन व्यवसायीहरूले आइतबारको विरोध प्रदर्शनमा गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएका छन् ।कानुन व्यवसायिहरुकाे मंसिर २ गतेको विराेध प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.