काठमाडौं— नयाँ शक्ति (नेसपा), प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार समूहबीचको एकतापछि प्रगतिशील लोकतान्त्रिक पार्टी औपचारिक रूपमा सार्वजनिक गरिएको छ।

आइतबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा आयोजना गरिएको एकता समारोहमार्फत पार्टीको घोषणा गरियो। नयाँ रूपमा उदाएको यस पार्टीले आफ्नो चुनाव चिन्ह 'आँखा' रहेको जानकारी दिएको छ।