समाचार

    Showing 7,961-7,970 of 19,578 items.
  • ‘हाइब्रिड’ मकैको बीउ पाउन कठिन

    चितवन । नेपालमा उत्पादित हाइब्रिड मकैको बीउ बजारमा नपाउँदा विदेशी बीउको प्रयोग गर्न बाध्य भएको यहाँका किसानले गुनासो गरेका छन् । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनले आयोजना गरेको हाइब्रिड मकै बीउ उत्पादन तथा खेती प्रविधिसम्बन्धी आवासीय कृषक तालिमको समापनमा किसानले स्वदेशी हाइब्रिड बीउ पाउन समस्या हुने गरेको बताएका हुन् ।दैलेखबाट तालिममा सहभागी हुन आएकी खगेश्वरी बुढा नेपालीले हाइब्रिड बीउ बजारमा नपाउँदा समस्या भएको बताइन् । उनले भनिन्, ‘विदेशी बीउ बजारमा सहज रूपमा पाइन्छ । स्वदेशी उत्पादन पाउन कठिन छ ।’उत्पादन राम्रो र रोग कीराले नखाने भए अहिले लाइन बस्दा पनि नेपाली बीउ पाउ

    • प्रकाशित मितिः चैत १२, २०८१
    • 231 पटक पढिएको
  • कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय

    काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ।मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।घिसिङलाई २०७८ साउन २५ को मन्त्रिपरिषद बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। उनी २०८२ साउन २४ सम्मका लागि नियुक्त भएका थिए।गत बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रिपरिषदको फागुन २१ को निर्णयअनुसार तीन दिनभित्र सफाइ पेस गर्न पत्राचार गरेको थियो। मन्त्रालयले घिसिङलाई करार सम्झौताको दफा १०।३ को अवस्था उत्पन्न भएकाले सोही दफा १०।३ बमोजिम त

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 457 पटक पढिएको
  • सेकार्कु तातोपानीलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ सेकार्कुस्थित तातोपानी कुण्डलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण थालिएको छ । पहाडको फेद र कालीगण्डकी नदीको किनारमा रहेको मुहानबाट निस्कने पानीलाई पोखरीमा सङकलन गरेर स्नानको व्यवस्था मिलाउने र पर्यटक भित्र्याउने उद्देश्यले अन्नपूर्ण गाउँपालिकाले रू एक करोड १७ लाखको लागतमा पूर्वाधार निर्माण थालेको हो । अन्नपूर्ण गाउँपालिका–१ का वडाध्यक्ष दिलीप गर्बुजाले तातोपानी पानी सङेकलन गर्ने पोखरी, आश्रयस्थल, सार्वजनिक शौचालय, कपडा फेर्न कोठा, टिकट काउन्टर र रेष्टुराँका लागि आवश्यक पूर्वाधार तयार पार्न लागिएको जानकारी दिए ।‘कालीगण्डकी किनारको तातोपानी

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 302 पटक पढिएको
  • लहानमा आधुनिक तरकारी बजार

    सिरहा । लहान नगरपालिकाले कृषि उत्पादनको व्यवस्थित बजारीकरणलाई प्राथमिकता दिँदै यहाँको नयाँबजारस्थित खुट्टीखोला किनारामा आधुनिक तरकारी बजार बनाइने भएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले रु दुई करोड २९ लाख ७४ हजार पाँच सय २० लागतमा बन्ने पक्की संरचनाको आज शिलान्यास गरे ।जनसङ्ख्या र व्यपार व्यवसायका दृष्टिकोणले लहान मधेस प्रदेशकै तेस्रो स्थानमा पर्ने भएकाले यहाँका किसानका उत्पादनलाई व्यवस्थित गरी बजारीकरण गर्न आधुनिक संरचना निर्माण गर्न लागेका नगरप्रमुख चौधरीको भनाइ छ । ‘जनसङ्ख्या र व्यपार व्यवसायका हिसाबले वीरगञ्ज र जनकपुरपछि लहान मधेस प्रदेशकै ठूलो बजार हो । तत्कालीन सगरमाथा अञ्चलको सबैभन्द

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 289 पटक पढिएको
  • पुँजीबजारको ओरालो यात्रा थामियो, नेप्से परिसूचक २६ अङ्कले बढ्यो

    काठमाडौँ । गतसातादेखि निरन्तर ओरालो लागिरहेको पुँजीबजार आज थामिएर हरियो देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक २६ दशमलव १० अङ्कले बढेर दुई हजार छ सय ४० दशमलव ७८ को बिन्दुमा कायम भएको हो ।आज विभिन्न ३२६ कम्पनीका ९७ लाख ३९ हजार सात सय ३८ कित्ता शेयर ५८ हजार २३५ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ४८ करोड ३५ लाख ९९ हजार बराबरको कारोबार भएको छ ।आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै वित्त समूह तीन दशमलव ५२ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव ७१, विकास बैंक शून्य दशमलव ७१, होटल तथा पर्यटन एक दशमलव ०३, जलविद्युत् शून्य दशमलव ९५, लगानी शून्य दशमलव ८३, जीव

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 220 पटक पढिएको
  • ‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन

    इनरुवा (सुनसरी) । माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा चिट चोराउन मोबाइलको प्रयोग भएको पाइएको छ । यस वर्षको एसइई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’  प्रयोग भएको पुष्टि भएको हो । सुनसरी सदरमुकाम इनरुवा–९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको एसइई परीक्षा चलिरहँदा ‘ह्वाट्सएप’ मार्फत चिट चोर्न सहयोग गर्ने गार्ड रङ्गेहात पक्राउ परेका छन् । परीक्षा केन्द्रबाट ‘ह्वाट्सएप’ को प्रयोग गरी चिट चोराउने कार्यमा संलग्न दुई जना गार्डलाई पक्राउ गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । परीक्षा केन्द्र अनुगमनमा पुगेको प्रजिअसहितको टोलीलाई देख

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 235 पटक पढिएको
  • गुठी संस्थानको जग्गामा बनेका अवैध संरचनामा हटाउन डोजर चल्यो

    काठमाडौं— काठमाडौं महानगरपालिकाले कालोपुलमा गुठी संस्थानको जग्गा अतिक्रमण गरेर बनाइएका टहरामा डोजर चलाएको छ । महानगरपालिका र गुठी संस्थानको समन्वयमा टहरा भत्काइएको गुठी संस्थानका प्रवक्ता हरिप्रसाद सुवेदीले जानकारी दिए ।“त्यहाँ गुठी संस्थानको जग्गा अतिक्रमण भएर संरचना निर्माण गरिएको थियो, त्यसमा डोजर चलाइएको हो । अहिले संरचना भत्काउने काम भइरहेको छ,” सुवेदीले भने ।उनका अनुसार, लामो समयदेखि गुठी संस्थानको जग्गालाई अतिक्रमण गरेर संरचना बनाइएको थियो ।

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 277 पटक पढिएको
  • हुम्लामा रैथाने बालीको मूल्य निर्धारण

    हुम्ला । जिल्लामा उत्पादन हुने रैथाने बालीको मूल्य निर्धारण गरिएको छ । जिल्ला प्राथमिक खरिद समितिको बैठकले चालु आर्थिक वर्षका लागि सात प्रकारका रैथाने बालीको मूल्य निर्धारण गरेको जिल्ला खाद्य व्यवस्था समितिका सदस्य सचिव कृष्णबहादुर थापामगरले जानकारी दिए ।नयाँ मूल्यअनुसार चिनोको चामल प्रतिकेजी रु १८०, कागुनोको चामल प्रतिकेजी रु १८०, सिमी प्रतिकेजी रु १७०, तिते फापर प्रतिकेजी रु १००, मिठे फापर प्रतिकेजी रु १२०, उवा प्रतिकेजी रु १२० र कोदो प्रतिकेजी रु १०० मूल्य निर्धारण गरिएको छ ।चिनो, कागुनो र तिते फापरको मूल्य अघिल्लो वर्षको तुलनामा रु पाँचले बढाइएको छ भने सिमीमा प्रतिकेजी रु १० बढाइएको छ ।&nb

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 267 पटक पढिएको
  • अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल

    गण्डकी । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा पदयात्री पर्यटकको चहलपहल बढ्न थालेको छ । यस क्षेत्रमा चैत–वैशाख र असोज–कात्तिकको याम पदयात्राका लागि उत्तम मानिन्छ । ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले गत सातादेखि पर्यटकको आउजाउ बढेको बताए । ‘मौसम सफा छ, हिमाल खुलेको छ, पर्यटन क्षेत्र चलायमान बनेको छ’, उनले भने, ‘शरद ऋतुपछि यो याममा धेरै पर्यटक नेपाल भित्रन्छन् ।’अध्यक्ष आचार्यका अनुसार पदयात्रामा विदेशी पर्यटकसँगै पछिल्लो समय आन्तरिक पर्यटकको  पनि आकर्षण बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 396 पटक पढिएको
  • अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी

    दाङ । गएराति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको सो उद्योगमा लागेको आगो हालसम्म पनि नियन्त्रणमा आउन नसकेको हो ।अझैसम्म पनि उद्योगमा लागेको आगलागी पूर्ण नियन्त्रणमा आउन नसकेको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए । उनका अनुसार हाल सात वटा दमकलले आगो निभाइरहेका छन् । दाङको घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका तथा बर्दियाको बाँसगढी नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र रुपन्देहीबाट एउटा दमकल ल्याएर आगो निभाउने क्रम जारी छ । प्लाई बनाउन प्रयोग

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 250 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा