काठमाडौं— दृष्टिविहीन महिला राष्ट्रिय क्रिकेट टोली टी–२० विश्वकप खेलेर स्वदेश फर्किएको छ। आइतबार सम्पन्न फाइनल खेलमा भारतसँग ७ विकेटले पराजित भएपछि टोली आज नेपाल फिर्किको हो।
नेपालले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको फाइनलसम्मको यात्रा तय गरेको थियो। तर उपाधि भिडन्तमा भारतले बलियो खेल प्रस्तुत गर्दै नेपाललाई पराजित गरेको थियो।
फाइनल हारका बावजुद पनि नेपाली टोलीले विश्वकपमा देखाएको खेल प्रदर्शन प्रशंसनीय मानिएको छ। टीमले भविष्यमा अझ बलियो पुनरागमन गर्ने विश्वास व्यक्त गरिएको छ।






































