झापा / श्रीमानको कुटपिटबाट सङ्खुवासभामा श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार सङ्खुवासभा पाँचखपन नगरपालिका –३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू) को मृत्यु भएको हो । प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार विष्णुमाया को हत्यामा संलग्न भएको आरोपमा दीपन राई पक्राउ गरेको छ । अधिकारीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।यस्तै मङ्गलबार सङ्खुवासभा खाँदबारी नगरपालिका –११ मा जीवन दर्जीको कुटपिटबाट ३० वर्षीय चन्द्रबहादुर दर्जीको मृत्यु भएको छ ।दुवै जनाबीच विवाद हुँदा कुटपिटबाट चन्द्रबहादुर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । कुटपिटम
काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकले दुई अध्यादेश स्वीकृत गरेको छ।बैठकले ‘यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ लाई बहुमतले स्वीकृत गरेको हो।दुवै अध्यादेशलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले स्वीकृत गरियोस् भनी छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका थिए।उक्त दुवै अध्यादेशलाई पारित गर्नु पूर्व बैठकले नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दिएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो।प्रतिनिधि सभाको अर्को बैठक यही पुस ७ गते अपराह्न १ बजे बस्नेछ।
झापा / नवलपरासी पूर्वमा सुनको सिक्री लुटेर भाग्दै गरेका तीनजनालाई पेस्तोल र गोलीसहित प्रहरीले पक्राउ गरेको छ ।गैँडाकोट नगरपालिका – १६, अमरापुरी स्थित पसलमा बसिरहेकी ४७ वर्षीया महिलाको सुनको सिक्री लुटेर भाग्दै गरेका उनीहरूलाई एकथान पेस्तोल र चार राउन्ड गोलीसहित सोमबार साँझ पक्राउ परेका हुन ।पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिमको रुपौलिया गाउँपालिका –१ बस्ने २२ वर्षीय रामबहादुर क्षेत्री, गैँडाकोट नगरपालिका –१४ बस्ने ३४ वर्षीय आशिष सुनार र नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका –९ बस्ने २० वर्षीय सञ्जय गुरुङ रहेका छन् ।ती महिला पसलमा बसिरहेको अवस्थामा लु ४० प ८४३६ नम्बरको मोटरसाइकलमा आएका त
झापा / महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ३ बरदाहा गाउँ बस्ने एक महिला चार दिनदेखि हराइरहेकामा सोमबार साँझ पोखरीमा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय फजेल राईकी पत्नी २२ वर्षीया रुक्साना खातुन गत शुक्रबारदेखि घरबाट हराएकी थिइन् । उनी घरबाट हराएपछि परिवारले प्रहरी चौकीमा निबेदन गरेपछि उनको खोजी भएको थियो । शव घर नजिकैको पोखरीमा तैरिइरहेको अवस्थामा फेला पारिएको हो । पानीमा चार दिनसम्म ढाडिएकाले शवको घाउखत स्पष्ट नदेखिएको र शङ्कास्पद मृत्यु भन्दै प्रहरीले शव परीक्षणका लागि जिल्ला अस्पताल पठाएको छ
बिर्तामोड / ट्रकको ठक्करबाट झापाको शिवसताक्षीमा एक पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका १० निवासी ४० वर्षीय यामनाथ राय रहेका छन ।प्रहरीका अनुसार सोमबार राति ८ बजे पूर्व - पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका १ मा मे १ ख १९५२ नम्बरको ट्रकले सडकमा हिँडिरहेका रायलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते रायलाई उपचारका लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएको र उनको उपचारको क्रममा मंगलबार बिहान पौने ४ बजे मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय अनारमनिले ट्रक र चालक इलामको सन्दकपुर गाउँपालिका ३ का रोशन लिम्बुलाई नियन्त
काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्याय सेवा आयोगको बैठक आव्हान गरेका छन् । लोकसेवा आयोगले लिएको परीक्षाको नतिजा प्रकाशित गरी जिल्ला न्यायाधीशमा नियुक्त गर्न प्रधानन्यायाधीश जबराले बुधबारका लागि बैठक आव्हान गरेका आयोगका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार आयोगले जिल्ला न्यायाधीशको १८ पदका लागि गत असोज १२ देखि १७ गतेसम्म परीक्षा लिएको थियो । उक्त परीक्षाको नतिजा प्रकाशन गर्न आयोगले दवाव दिएपछि प्रधानन्यायाधीश जबराले बैठक आव्हान गरेका हुन् । जिल्ला न्यायाधीशहरूको नियुक्तिका लागि लोक सेवा आयोगले परीक्षा लिएर न्याय सेवा आयोगलाई सिफारिस गर्ने व्य
काठमाडौं / चिट चोर्न नदिएको भन्दै काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) का विद्यार्थीले शिक्षकलाई कुटपिट गरेका छन । चिट चोरिरहेको फेला पारेपछि गार्ड बसेका शिक्षकले विद्यार्थी कुवेर जेठारालाई परीक्षा हलबाट बाहिर निकालेका थिए ।परीक्षा सकिएपछि विद्यार्थी जेठाराले आफ्ना अरू साथीहरूलाई पनि क्याम्पसमा बोलाएका थिए । विवाद भएपछि शिक्षक तथा विद्यार्थीबीच सहायक क्याम्पस प्रमुखको कोठामा छलफल पनि गरिएको थियो । त्यही बेला विवाद हुँदा विद्यार्थी जेठाराले सहायक क्याम्पस प्रमुख प्रकाश पुडासैनी माथि कुटपिट गरेका छन् । पुडासैनी नै आफैं परीक्षामा गार्ड बसेका थिए ।&n
ललितपुर / ललितपुरको चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिदा टिपर चालकको मृत्यु भएको छ । लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राति भाँच्चिदा एक टिपर चालक गोदावरी –७ बुरुञ्चुलीका अजय मार्फाको मृत्यु भएको हो । पुल भाँच्चिएर नख्खुबाट टिकाभैरवतर्फ जाँदै गरेको ना ८ ख ८१९१ नम्बरको ट्रिपरमा ठोक्किँदा चालक मार्फा घाइते भएका थिए । घाइते मार्फाको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त चापागाउँका सई पुरुषोत्तम आचार्यले जानकारी दिए ।
सुर्खेत / जिल्ला अदालत सुर्खेतले बलात्कार पीडित राउटे समुदायका युवतीको पहिचान खुलाएर समाचार प्रकाशन गर्ने पत्रकारलाई पाँच महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल इजलासले दाङबाट सञ्चालित राप्तीपश्चिम डटकमका सञ्चालक एग्गेबहादुर बुढामगरलाई उक्त सजाय तोकेको हो । बुढामगरले पीडित युवतीहरूको तस्वीर र नामसहित आफ्नो अनलाइनमा समाचार प्रकाशित गर्नुका साथै पीडकको तर्फबाट बहस गरेका वकिलहरूको विरुद्ध फेसबुकमा स्टाटस लेखेका थिए।बुढामगरले फेसबुकमा लेखेका थिए, – ‘अदालतभित्र राउटे युवतीलाई बलात्कार गर्ने राक्षसबाट मोटो रकम लिएर ती राक
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.