समाचार

    Showing 7,761-7,770 of 25,627 items.
  • सशस्त्र प्रहरी बलले मिनि ट्रक सहित लत्ताकपडा बरामद

    सुनसरि  ।  मिनि ट्रक सहित लत्ताकपडाहरु बरामद  गरेको छ। सुनसरी ईटहरी उ.म.न.पा. १५ झोराहाट स्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे.क्वा. सुनसरीबाट सप्रनाउ मातृका पौडेलको कमाण्डमा खटिएको १० जनाको मोवाईल गस्ती टोलीले भारतबाट अवैध रुपमा भन्सार छली अन्दाजी मुल्य रु२३,००,०००।- (तेईस लाख) बरावरको मिनि ट्रकमा लोड गरी नेपालतर्फ ल्याउदैँ गरेको अन्दाजी मुल्य. ७,१५,३६०।- (सात लाख पन्ध्र हजार तिन सय साठी) बरावरको लत्ताकपडाहरु सहित जम्मा अन्दाजी मुल्य. ३०,१५,३६०।- (तिस लाख पन्ध्र हजार तिन सय साठी) बरावरको मिनी ट्रक र लत्ताकपडाहरु बरामद गरी भन्सार बुझाउने प्रकृयामा रहेको जनाएको छ।

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 600 पटक पढिएको
  • दुई पाइलट क्याप्टेन लामा र राणालाई कारबाही

    काठमाण्डौ । उडान सञ्चालनसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका दुई पाइलटलाई कारबाहीस्वरूप ग्राउन्डेड गरेको छ। क्यानले शुक्रबार निगमलाई लिखित पत्राचार गर्दै वाइडबडी जहाजका क्याप्टेन विजय लामा र क्याप्टेन सोनी राणालाई उडानमा रोक लगाउन निर्देशन दिएको हो।प्राधिकरणले दिएको निर्देशनअनुसार उडानमा रहेको अवस्थामा फोटो वा भिडियो खिच्नु उड्डयन सुरक्षा मापदण्डविपरीत हुने उल्लेख गरिएको छ। सोही आधारमा दुवै पाइलटलाई ‘अर्को सूचना नआएसम्म’ का लागि रोस्टर-अफ (उडान तालिकाबाट हटाइएको) गरिएको हो ।

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 332 पटक पढिएको
  • वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति

    काठमाडौँ। नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति जनाएको छ ।एशोसियसनले आज एक विज्ञप्ति जारी गरी मङ्सिर १० देखि लागू हुनेगरी वैदेशिक रोजगारमा जाने कामदारका लागि एकैपटक ठूलो भार पर्नेगरी स्वास्थ्य शुल्क बढाएकामा आपत्ति जनाएको हो ।सरकारले युएई मुलुकका हकमा रु चार हजार ५०० बाट दोब्बर बढाएर रु नौ हजार ५०० र अन्य मुलुकको हकमा रु छ हजार ५०० बाट रु नौ हजार ५०० पु¥याएको छ । शुल्क वृद्धिले वैदेशिक रोजगारमा जाने गरिबी र विपन्न अवस्थाका कामदारमाथि निकै भार परेको एशोसिएसनको बुझाइ रहेको एशोसियसनका अध्यक्ष दीपक थापाद्वारा जा

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 313 पटक पढिएको
  • लागू औषध गाँजाको बोट तथा बिरुवा फडानी गरी नष्ट

    विराटनगर । भोजपुर र धनकुटा जिल्लाका बिभिन्न स्थानका डाँडा पाखामा प्राकृतिक रुपमा आफै उम्रिएका तथा लगाएका गाँजाको बोट तथा बिरुवाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ । मंसिर ११ गते भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले हतुवागडी र आमचोक गाउँपालिकाका बिभिन्न स्थानका करिव ४२ रोपनी क्षेत्रफलमा रहेका ४ हजार ७ सय वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरि नष्ट गरेको छ।धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ र राजानरीबाट खटिएको प्रहरी टोलीले सहिदभुमी र चौबिसे गाँउपालिकाका डाँडापाखामा करिव ७.५ रोपनी क्षेत्रफलमा रहेको १ हजार ९

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 374 पटक पढिएको
  • देवीनगरमा महानगरले चलायो डोजर

    काठमाडौं— काठमाडौं महानगरपालिका–१०, देवीनगरमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काइएको छ । देवीनगरमा भद्रकुमारी स्पोर्ट्स पार्क बनाउने स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनालाई शुक्रबार महानगरले डोजर लगाएर भत्काएको हो ।देवीनगर (धोबीखोला करिडोरखण्ड)स्थित सार्वजनिक जग्गामा भद्रकुमारी घले स्पोर्ट्स पार्क बनाउन केही दिनअघि शिलान्यास गरिएको थियो । पार्क बनाउने स्थानलाई खाली गर्न ती संरचना हटाइएको काठमाडौं महानगर प्रहरी बलका एसपी मनोजप्रसाद लामिछानेले जानकारी दिए ।पार्क बनाउन लागिएको जमिनको क्षेत्रफल पाँच रोपनी १० आना दुई पैसा अर्थात् दुई हजार ८८० वर्गमिटर रहेको महान

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 226 पटक पढिएको
  • सुन तोलामा २ हजार २ सयले बढ्यो

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन २ हजार २ सयले बढेर २ लाख ५० हजार ६ सय कायम भएको हो । बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ४८ हजार ४ सयमा कारोबार भएको थियो ।  यस्तै, चाँदी प्रतितोला ६५ रुपैयाँ बढेको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार २ सय ८० मा कारोबार भएको चाँदी आज ३ हजार ३ सय ४५ मा कारोबार भईरहेको छ । 

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 235 पटक पढिएको
  • नेपाल–भारत डिजिटल करिडोर अवधारणागत ढाँचा सार्वजनिक

    काठमाडौं— कम्प्युटर एसोसिएसन नेपाल (क्यान) ले नेपाल–भारत डिजिटल करिडोरको अवधारणागत ढाँचा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।दक्षिण एसियाको डिजिटल रूपान्तरणलाई तीव्र गतिमा अघि बढाउने उद्देश्यसहित तयार गरिएको यो फ्रेमवर्क क्यान फेडरेसनका वरिष्ठ उपाध्यक्ष तथा आइसीटी नीति विशेषज्ञ चिरन्जिबी अधिकारीको नेतृत्वमा विकसित गरिएको हो ।अधिकारी विगत तीन दशकदेखि नेपालमा डिजिटल नीति निर्माण, आइटी कानून, इ–शासन (ई–गर्भनेन्स), एआई नीति तथा डिजिटल सरकारका लागि रणनीति निर्माणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका वरिष्ठ आइसीटी नीति विशेषज्ञ हुन् ।डिजिटल करिडोरले नेपालको आइटी दशक २०२४–२०३४ को लक्ष्यलाई भारतको डिजिटल प

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 254 पटक पढिएको
  • एनआरएनएमा एकताको तयारी, अभियन्ता र नेतृत्वहरु काठमाडौं आउन थाले

    काठमाडौं— लामो समयदेखिको विवाद, विभाजन र तिक्तता अन्त्य गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)मा ऐतिहासिक एकता नजिकिएको छ।दसौं महाधिवेशनदेखि निरन्तर तीव्र बनेको विवाद समाधान गर्दै ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा.बद्री केसी नेतृत्व र एकताको महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठ नेतृत्वबीच विस्तृत छलफल, कानुनी व्याख्या तथा संस्थागत विश्लेषणपछि पूर्ण सहमति फाइनल गरिएको हो। सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम प्रधानमन्त्री सुशीला कार्कीको प्रत्यक्ष रोहवरमा सम्पन्न हुने तयारी अन्तिम चरणमा पुगेको छ।एकता सभाको पूर्वसन्ध्यामा दुवै पक्षका शीर्ष नेताहरू काठमाडौं आइपुगेका छन्। एकताको अ

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 372 पटक पढिएको
  • चिस्यान केन्द्र सञ्चालनमा

    तनहुँ। जिल्लाको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा रु एक करोड ९१ लाख ३२ हजार ७२२ को लागतमा  चिस्यान केन्द्र निर्माण गरिएको छ । केन्द्र सफल परीक्षणपछि सञ्चालनमा आएको छ । तीन रोपनी क्षेत्रफलमा १३० मेट्रिक टन क्षमताको केन्द्र गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको हो ।किसानका उत्पादन निःशुल्क भण्डारण गरिने तथा जोखिम नगरपालिकाले बेहोर्ने जनाइएको छ । नगरपालिकामा चिस्यान केन्द्र निर्माण भएपछि जिल्लाका किसानको वार्षिक रु पाँच करोड बचत भएको व्यास नगरका प्रमुख वैकुण्ठ न्यौपानेले राससलाई बताउनुभयो । 

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 316 पटक पढिएको
  • पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव

    गण्डकी । कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ भोलि पोखरा महानगरपालिका–१९ पुरनचौरको चुरुङ्गामा दोस्रो संस्करणको दाइँ महोत्सव हुने भएको छ । पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा महोत्सव गर्न लागेको हो । कृषि पर्यटनमार्फत देशको पर्यटन क्षेत्रलाई अझै फराकिलो बनाउन, नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउनुुका साथै आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा टेवा पुु¥याउन महोत्सव आयोजना गरिएको परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिनुुभयो ।कृषिका माध्यमबाट पर्यटन प्रवर्द्धन, कृषकलाई

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 292 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.