झापा । धान, सुपारी, रबर, मकैपछि झापामा माछा र तरकारी जोन कार्यक्रम सञ्चालनमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लाको चार पालिकामा ‘माछा जोन कार्यक्रम’ थपिएको हो ।चालु आर्थिक बर्ष २०८१÷८२ बाट शिवसताक्षी, गौरादह, कमल र गौरीगञ्ज पालिकाको सबै वडामा ‘माछा जोन कार्यक्रम’ सञ्चालन भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी रविन निरौलाले बताए । समान किसिमको बालीको उत्पादन हुने ५०० हेक्टर क्षेत्रफललाई समेटेर सरकारले जोन घोषणा गर्दै विभिन्न सहुलियत र सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ ।चार पालिकाका ४९ कृषि फार्म र चार कृषक समूहका ११६ महिलासहित २२० कृषक
मुस्ताङ । च्याङ्ग्राको उत्पादनदर वृद्धि गरी बाह्य देशबाट हुने मासुको आयात प्रतिस्थापन तथा च्याङ्ग्रापालनबाट यहाँका किसानलाई पश्मिना उद्योगतर्फ प्रोत्साहित गर्दै लैजाने उद्देश्यका साथ हिमाली जिल्ला मुस्ताङमा पाँच वर्षका लागि च्याङ्ग्रा जोन विकास कार्यान्वयनमा रहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले आव २०७८÷७९ देखि च्याङ्ग्रा जोन विकास कार्यक्रम सञ्चालनमा ल्याएको हो ।मुस्ताङमा पुस्तौँपुस्तादेखि व्यावसायिक रुपमा यहाँका स्थानीय किसानले च्याङ्ग्रापालन व्यवसायलाई पेशाका रुपमा अपनाउँदै आइरहेका छन् । च्याङ्ग्रा पालन व्यवसायलाई परिस्कृत गर्दै लैजाने र च्याङ्ग्रा पा
काठमाडौं— मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान गरेको छ । हालै गएको विनाशकारी भूकम्पका कारण भएको व्यापक धनजनको क्षति पश्चात् नेपाल सरकारको निर्णयबमोजिम मेडिकल राहतसहित सेनाको टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको हो।प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना ‘क्रु मेम्बर’सहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको सिएन २३५ सिएएकए विमानद्वारा म्यानमारतर्फ प्रस्थान गरेको हो ।विभिन्न प्रकृतिका आवश्यक औषधि एवम् इक्युप्मेन्टहरूसहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू संलग्न रहेका छन् । उक्त टोली
काठमाडौं— गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम पूरा भएको छ । त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागले रजकको जलेर मृत्यु भएको निष्कर्ष निकालेको छ।फोरेन्सिक विशेषज्ञका अनुसार, रजकको शरीरमा गोली लागेको कुनै प्रमाण भेटिएको छैन । चिकित्सकले भने, “उहाँको श्वासप्रश्वास नलीमा धुँवाको मुस्लो देखिएको छ, जसले आगलागी हुँदा उहाँ जीवित नै हुनुहुन्थ्यो भन्ने पुष्टि गर्छ। मृत्युको कारण जलन नै हो ।”यसअघि केही मिडिया र सामाजिक सञ्जालमा रजकलाई गोली लागेको दाबी गरिएका समाचारहरू आएका थिए । यही कारण चिकित्सकहरूले एक्स–रे
काठमाडौं— वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएपछि ८ वटा मध्ये एउटा फर्मको रोक्का गरेको छ भने सात वटा फर्मलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।विभागद्वारा गरिएको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ को उल्लङ्घन गरेको पाइएपछि विभागले सम्बन्धित व्यवसायीलाई आवश्यक निर्देशन तथा कारबाही गर्नुका साथै एउटा फर्मको बिक्री रोक्कासहित सात वटा फर्मलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको हो ।अनुगमनका क्रममा स्पार्क अटो केयर प्रालि (काठमाडौं महानगरपालिका–८) को बिक्री वितरण रोक्का गर्दै सम्बन्धित कागजातसहित
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८६ अङ्कले बढेर दुई हजार सात सय दशमलव शून्य चारको बिन्दुमा कायम भएको हो ।आज तीन सय १८ कम्पनीको एक करोड चार लाख ४२ हजार ६८३ कित्ता शेयर ५३ हजार ८८४ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ४४ करोड ४४ लाख ३५ हजार ९०१ बराबरको कारोबार भएको छ । आजको कारोबारमा उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी व्यापार समूह नौ दशमलव ४४ र वित्त समूह तीन दशमलव १२ प्रतिशतले बढेको छ । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्म
काठमाडौं— नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले सुनसरीको हरिनगर गाउँपालिका–५ स्थितका १२ घर अग्नि पिडित परिवारहरुलाई राहत वितरण गरेको छ ।संघले सोमबार १२ घर अग्नि पिडित घर परिवारका सदस्यहरुलाई ओढ्ने ब्लाङ्केट, म्याट, त्रिपाल, चामल, दाललगायत खाद्यान्नका सामग्री वितरण गरेको हो ।कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती सुस्मिता के.सी., जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना तथा हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारीको विशेष आतिथ्यतामा राहत सामग्री वितरण गरिएको
काठमाडौं— कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा एक कार्य दिनको दुर्व्यसन विरुद्दको अभियान प्रशिक्षक प्रशिक्षण तालिम(Fight Against Narcotics Instructor Training) दोस्रो समुहको समापन तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा भएको समापन तथा अन्तरकृया कार्यक्रमलाई सम्वोधन गर्दै उनले लागूऔषध दुर्व्यसन विरुद्धको अभियान (FAN) लाई व्यवस्थित तथा प्रभावकारी बनाउन तालिम प्रदान गरिएको बताए ।तालिम प्राप्त दक्ष जनशक्ति तयार गर्ने उद्धेश्यका साथ (FAN) मा रहने प्रहरी कर्मचारी
काठमाडौँ । नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुईवटा र गैरसरकारी पक्षबीच छवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।समझदारीपत्रमा हस्ताक्षर समारोहअघि प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले द्विपक्षीय भेटवार्ता गरेका थिए। सो अवसरमा राजनीतिक तथा द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, उड्डयन, पर्यटन तथा संस्कृति, विकास सहकार्य, तथा क्षेत्रीय र बहुपक्षीय मुद्दाका सम्बन्धमा आ–आफ्ना धारणा व्यक्त गरेका हुन् ।दुवै देशका प्रधानमन्त्रीको समुपस्थित
काठमाडौँ । आँखा उपचार सेवाको विकास र विस्तारका लागि नेपाल नेत्रज्योति सङ्घ र थाइल्याण्डको महिडोल युनिभर्सिटीका बीचमा आपसी सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्को समुपस्थितिमा आज ती दुई संस्थाहरुबीच बैँककमा आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी भएको यहाँस्थित नेपाल नेत्रज्योति सङ्घले जनाएको छ । आँखा उपचार सेवाको विकास र विस्तारका लागि ज्ञान, विशेषज्ञता र प्रविधिहरू आदान–प्रदानका लागि दुई संस्थाहरुका बीचमा समझदारी भएको जनाइएको छ । उक्त सम्झौतापत्रम
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.