काठमाडौं— काठमाडौं महानगरपालिका–१०, देवीनगरमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काइएको छ । देवीनगरमा भद्रकुमारी स्पोर्ट्स पार्क बनाउने स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनालाई शुक्रबार महानगरले डोजर लगाएर भत्काएको हो ।

देवीनगर (धोबीखोला करिडोरखण्ड)स्थित सार्वजनिक जग्गामा भद्रकुमारी घले स्पोर्ट्स पार्क बनाउन केही दिनअघि शिलान्यास गरिएको थियो । पार्क बनाउने स्थानलाई खाली गर्न ती संरचना हटाइएको काठमाडौं महानगर प्रहरी बलका एसपी मनोजप्रसाद लामिछानेले जानकारी दिए ।

पार्क बनाउन लागिएको जमिनको क्षेत्रफल पाँच रोपनी १० आना दुई पैसा अर्थात् दुई हजार ८८० वर्गमिटर रहेको महानगरले जनाएको छ ।