समाचार

    Showing 7,731-7,740 of 19,565 items.
  • विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको दुईवटा फैसलाउपर चित्त नबुझेको भन्दै आज सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।आयोगले पोखरा विश्वविद्यालयका उपप्राध्यापक रवीन्द्रप्रसाद बरालविरुद्ध दायर गरेको मुद्दामा विशेषले २०८० फागुन १३ गते फैसला गरेको थियो । सो फैसलाउपर चित्त नबुझेको भन्दै आयोगले सर्वोच्चमा आज पुनरावेदन गरेको हो ।यस्तै, मकवानपुर मनहरी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईँ र इन्जिनियर अमितकुमार ठाकुरका हकमा विशेष अदालतले गरेको फैसला चित्त नबुझेको भन्दै फैसलाउपर आजै सर्वोच्चमा पुनरावेदन गरेको हो । मनहरी गाउँपालिका–६ स्थित लोथर हाङलाङ फरिवा

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 169 पटक पढिएको
  • सेतो मच्छिन्द्रनाथको जात्रा चैत २३ देखि

    काठमाडौँ । सेतो मच्छिन्द्रनाथको जात्रा यही चैत २३ गतेदेखि सुरु हुँदैछ । स्थानीय भाषामा जनबहाः द्यः पनि भनिने यस देवतालाई बौद्धहरूले आर्यावलोकितेश्वर वा करुणामयको रुपमा पुज्छन् । हरेक वर्ष पौष शुक्ल पक्ष अष्टमीका दिन महास्नान गराई मनाउन सुरु गरिने जात्राको व्यवस्थापन यस वर्ष पनि जनबहाःद्यः रथ जात्रा व्यवस्थापन समितिले गरिरहेको छ । समितिले पछिल्लो १३ वर्षदेखि रथजात्राको व्यवस्थापन गरिरहेको छ । समितिका अनुसार यस वर्ष जात्रा व्यवस्थापनका लागि विभिन्न २० वटा उपसमितिहरु गठन गरिएका छन् ।जनबहाःद्यः रथ जात्रा व्यवस्थापन समितिका सचिव सुजिव बज्राचार्यले यस वर्ष रथजात्राको पहिलो दिन चैत २३ गते तीनधार

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 176 पटक पढिएको
  • मुस्ताङमा हालसम्म तीन लाख ९७ हजार पर्यटक भित्रिए

    मुस्ताङ । चालु आर्थिक वर्षको हालसम्म धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा तीन लाख ९६ हजार ९०१ पर्यटक भित्रिएका छन् । गत साउनदेखि चैत १८ गतेसम्मको प्रहरी तथ्याङ्कअनुसार मुस्ताङमा आन्तरिक तथा बाह्य गरी उक्त सङ्ख्यामा पर्यटक भित्रिएका हुन् ।मुस्ताङमा चालु वर्षको साउनदेखि हालसम्ममा तीन लाख ३३ हजार ८४५ आन्तरिक र ६३ हजार ५६ जना विदेशी पर्यटक जिल्लामा भित्रिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए । उनका अनुसार साउनदेखि हालसम्ममा दुई लाख ३८ हजार ३५४ पुरुष र ९५ हजार ४९१ महिला आन्तरिक नेपाली पर्यटक मुस्ताङ भित्रिएका हुन् । यसैगरी, ३५ हजार ६१८ पुरु

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 224 पटक पढिएको
  • पश्चिम नवलपरासीमा व्यावसायिक च्याउखेती

    नवलपरासी । पश्चिम नवलपरासीमा च्याउखेतीमा किसानको आकर्षण बढ्न थालेको छ । केही वर्षअघि सम्म परीक्षणका रूपमा खेती सुरु गरेका किसानले अहिले व्यावसायिक उत्पादन गर्न थालेका हुन् ।वैदेशिक रोजगारमा जानुभन्दा स्वदेशमा केही गर्नुपर्छ भन्ने उद्देश्य बोकेर ‘जय माँ दुर्गे बहुउद्देशीय कृषि फार्म’ दर्ता गरेर पाल्हीनन्दन गाउँपालिका–३ का ४५ वर्षीय तारेन्द्र बर्माले व्यावसायिक रूपमा च्याउखेती गर्न थालेका हुन् ।कुश्मा सेवा केन्द्रमा च्याउखेतीसम्बन्धी तालिम लिएर १० वर्षदेखि आर्गनिक खेती गर्दै आएको बर्माले बताए । करिब रु दुई लाख लागतमा एककठ्ठा जग्गामा दुई हजार ५०० सय प्लाष्टिकका थैलामा च्याउ उमारिएको बताउँदै सुरुक

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 268 पटक पढिएको
  • जलविद्युतको कामले स्थानीय र पर्यटकलाई सास्ती

    मनाङ । जिल्लाको नासोँ गाउँपालिका–९ दानाक्युमा १३५ मेगावाट क्षमताको निर्माणाधीन मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनाका कारण स्थानीय र पर्यटकले सास्ती भाग्नुपरेको छ । जलविद्युत्को टनेल, सुरुङ निर्माण तीव्र रूपमा सञ्चालन भइरहेको अवस्थामा ‘बमब्लाष्टिङ’ र ठूला सवारीसाधनको प्रयोगले स्थानीय तथा पर्यटकलाई समस्या हुँदै आएको हो ।मनाङ पर्यटकीय क्षेत्र भएकाले यो समय विश्वका पर्यटकको आगमन हुने गर्दछ । बिना जानकारी आयोजना निर्माणस्थलमा बमब्लाष्टिङ गरिँदा पैदलयात्रामार्फत यहाँ आउने पर्यटक तर्सने गरेका छन् । आयोजना निर्माण क्षेत्रमा पर्ने स्थान भएर आउने पर्यटकले ठूला सवारीसाधनबाट निस्कने धुलोले सास्ती हुने गुना

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 226 पटक पढिएको
  • नेपालगञ्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत बढ्दो

    राँझा (बाँके) । विद्युतीय सवारीसाधनको प्रयोग बढे पनि नेपालगञ्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत घटेकोे छैन । नेपालगञ्जस्थित नेपाल आयाल निगम लिमिटेड इन्धन डिपोको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यो वर्ष पेट्रोलियम पदार्थको बिक्रीदर बढेको हो । यहाँस्थित इन्धन डिपोका प्रमुख मनोहर डिसीले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म गत आवको सोही अवधिको तुलनामा पेट्रोल १०, डिजेल पाँच, मट्टितेल चार र एलपी ग्यास छ प्रतिशतले बिक्रीदर वृद्धि भएको जानकारी दिए ।उनका अनुसार चालु आवको फागुन मसान्तसम्म डिपोबाट पेट्रोल १९ हजार ७४२ केएल, डिजेल ५० हजार ७९८ केएल, मट्टितेल ३३२ केएल र एलपी ग्यास ३१ हजार ९६२ केएल बिक्

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 202 पटक पढिएको
  • भारततर्फ सामान निर्यातको बाटो खुल्यो

    काठमाडौँ । भारततर्फ केही नेपाली वस्तु निर्यातमा लगाइएको अवरोध फुकुवा भएको छ । भारतले नेपाली सिमेन्ट, जस्तापाता, प्लाइउडलगायतका सामग्रीको ब्यूरो अफ इन्डियन सर्टिफिकेट (बिआइएस) प्रमाणपत्र नवीकरण गरेपछि निर्यातको बाटो खुलेको हो ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही महिनापहिले आफ्नो भारत भ्र्रमणका क्रममा समकक्षी पीयुष गोयलसँग सो विषयमा छलफल गरेका थिए । उनले नेपाली वस्तु भारत निर्यात गर्न र भारतीय बजारमा बिक्री वितरणको सहजीकरणका लागि पहल गरेका थिए ।गत पुस २७ र २८ मा भएको नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठकमा बिआइएस प्राप्ति, नवीकरण तथा निर्यात सहजीकरणका विषयमा गहन छलफल भएको थियो

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 373 पटक पढिएको
  • शिक्षकले पाएनन् छ महिनादेखि तलब

    मान्म (कालीकोट) । कालीकोटको खाँडाचक्र नगरपालिकाका शिक्षक कर्मचारीहरूले छ महिनादेखि तलब पाएका छैनन् । नगरपालिका भित्रका ३९ सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले तलब नपाएका हुन् । चुलिमालिका मावि घोडेनाका प्रधानाध्यापक दीपबहादुर शाहीले छ महिनादेखि तलब सुविधा नपाएको बताए । ‘तलब नपाएका कारणले बाध्य भएर ज्ञापनपत्र बुझाएका छौँ’, उनले भने, ‘असोजदेखि तलब भत्ताका नाममा एक पैसा पाउन सकेका छैनौँ ।’तलब नपाउँदा आफ्नो दैनिक जनजीवन नै प्रभावित हुने गरेको शिक्षक पवित्राकुमारी शाहीले जानकारी दिइन् । ‘संसारमा काम गरेको घण्टाको हिसाबले तलब पाउँछन्,’ उनले भनिन्, ‘हामीले भने काम गरेको तलब पाउन पनि छ महिना कु

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 214 पटक पढिएको
  • जनकपुरका विद्यालयमा पाठ्यपुस्तकमा एकरूपता ल्याउने निर्णय

    महेन्द्रनगर (धनुषा) । जनकपुरधाम उपमहानगरपालिकाले नगरका सम्पूर्ण विद्यालयका पाठ्यपुस्तकमा एकरूपता ल्याउने निर्णय गरेको छ । नगर शिक्षा समिति तथा निजी विद्यालय सङ्गठन (प्याब्सन) का नगर संयोजक दीपक ठाकुरले आज एक विज्ञप्ति जारी गर्दै निर्णयबारे जानकारी दिएका हुन् । ‘विद्यार्थीहरूलाई समान शैक्षिक अवसर उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो, यस निर्णयले शिक्षामा गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीलाई समान अध्ययन वातावरण उपलब्ध गराउनेछ,’ उनले भने ।उनले स्थानीय शिक्षा समिति र सरोकारवालाहरूसँग समन्वय गरेर प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका छन् । प्याब्सन, एनप्याब्सनलगायतबीच छलफल गरी नगरका निजी तथा

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 336 पटक पढिएको
  • बसाइँसराइ रोक्न ग्रामीण क्षेत्रमा विकासका योजना सञ्चालनमा

    म्याग्दी । सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१÷८२ मा करिब रु. १७ करोडको लागतमा यातायात पूर्वाधार निर्माण सम्बन्धी १६ वटा योजना सञ्चालनमा ल्याएको छ । मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना पोखरा मार्फत् दुई झोलुङ्गे पुल, नौ वटा सडक र सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङ मार्फत् तीन वटा सडक योजना विभिन्न निर्माण कम्पनीसँग रु १५ करोड १७ लाख २२ हजार छ सय ४६ मा ठेक्का सम्झौता गरि कार्यान्वयन गरिएको हो । चालु आर्थिक वर्षमा रु. एक करोड ६० लाख बजेट बिनियोजन भएको दुई वटा योजना ठेक्का प्रक्रीयामा छन भने रु. एक करोड १० लाख बजेटका दुई वटा योजनालाई बहुबर्षीय ठेक्का आव्हान गर्न

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 217 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा