समाचार

    Showing 7,681-7,690 of 19,565 items.
  • हलेसीमा रामनवमी मेला

    खोटाङ । धार्मिकस्थल खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर मेला आरम्भ गरिएको हो ।रामनवमी मेला भर्न छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट दर्शनार्थी हलेसी आउने गरेका छन् । हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजनले आफ्नै सवारीसाधन ल्याएर आउने गरेका पार्किङ गर्ने ठाउँ व्यवस्थापनमा समस्या देखिएको छ ।हलेसी आउने दर्शनार्थी तथा भक्तजनलाई सहज रूपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयंसेवक तथा प्रहरीसमेत परिचालन गरिएको हलेसी मन्दिरका मूल पुजारी गोपाल गिरीले जानकारी दिए । ‘रामनवमीको अ

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 449 पटक पढिएको
  • चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

    काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा आज बेलुकीदेखि सुरु भएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने सेतो मच्छेन्द्रनाथ रथयात्रामा हजारौँको सहभागिता जुटेको छ । रथयात्राका लागि दिउँसो करिब ४ः०० बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिएको थियो । बेलुकी त्यही रथमा राखी यात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । पहिलो दिन आज रथ असन पुर्याइएको छ । रथ असन पुगेपछि पूजा, आराधना गर्ने भक्तजनको घुइँचो लागेको छ । असनमा रातभर सेतो मच्छेन्द्रनाथको पूजाआराधना गर्ने नियम रहिआएको छ ।

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 352 पटक पढिएको
  • भारतीय एम्बुलेन्सबाट ठूलो परिमाणमा अवैध लागूऔषध बरामद

    काठमाण्डौ  ।   ललितपुर प्रहरीले भारतीय एम्बुलेन्सबाट ठूलो परिमाणमा अवैध लागूऔषध बरामद गरेको छ।शुक्रबार राति १ बजेर ५५ मिनेटमा ललितपुरको बागमती गाउँपालिका–३ छपेलीमा रहेको चेकपोष्टमा चेकजाँच गर्ने क्रममा काठमाडौंतर्फ आइरहेको भारतीय एम्बुलेन्सबाट ठूलो परिमाणमा अवैध लागूऔषध बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।मकवानपुरबाट कान्तिलोकपथ हुँदै काठमाडौं आउँदै गरेको बिआर ०५ प ०४२१ नम्बरको एम्बुलेन्समा ९४ हजार ८० वटा ट्याब्लेट ट्रामाडोल बरामद गरिएको हो। लागूऔषध कारोबारमा संलग्न चार जनालाई पक्राउ गरिएको उनले जानकारी गराए।पक्राउ पर्ने सबै भ

    • प्रकाशित मितिः चैत २३, २०८१
    • 327 पटक पढिएको
  • विसु पर्व नजिकिएसँगै चहलपहल बढ्यो

    अमरगढी (डडेल्धुरा) । विसु पर्व नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ । घर लिपपोतदेखि रोजगारी, शिक्षालगायतका प्रयोजनका लागि बाहिर रहेकाहरु घर फर्केने क्रम बढेसँगै चहलपहल बढेको हो । विसु पर्व सुदूरपश्चिमेलीले धुमधामसँग मनाउँछन् । विसु पर्व आउनुपूर्व नै सुदूर पहाडका घर रातो माटो र कमेरो माटोले रंगिन थालेका छन् । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर लिपपोत गरेमा वर्षभरी नै सुख, शान्ति र समृद्धि कायम हुन्छ भन्ने जनविश्वास रहेको पण्डित करुणाकर अवस्थी बताउँछन् ।चैत सुरु भएदेखि नै घर लिप्ने र पोत्ने काम सुरु हुन्छ भने यो काम चैत महिनामा नै सक्नुपर्छ । पाटन नगरपालिका–१० का सीता भट्टले लगभग तीन घण्टा

    • प्रकाशित मितिः चैत २३, २०८१
    • 354 पटक पढिएको
  • बुद्ध दर्शनको प्रचारप्रसार र लुम्बिनीको पर्यटन प्रवर्द्धनमा थाई सरकारको योगदान

    लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा थाई सरकार र थाई समुदायले बुद्धधर्म र दर्शनको प्रचारप्रसार तथा लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधिमार्फत योगदान पु¥याउँदै आएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा थाई सरकारका तर्फबाट धार्मिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय प्रवद्र्धनमा महत्वपूर्ण योगदान हँुदै आएको छ । यसले नेपाल र थाइल्याण्डबीचको बौद्ध धर्म एवं दर्शनले जोडेको हजाराँै वर्षदेखिको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने काम गरेको छ ।थाई सरकारका तर्फबाट लुम्बिनीस्थित थाई विहारमार्फत लुम्बिनीको सांस्कृतिक, धार्मिक र पर्यटन प्रवद्र्धनसँगै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा काम गर्द

    • प्रकाशित मितिः चैत २३, २०८१
    • 383 पटक पढिएको
  • वडा कार्यालयमा दर्ता गराएर मात्र कुकुर बिरालो पाल्न काठमाडौं महानगरको अनुरोध

    काठमाडौं— काठमाडौं महानगरपालिकाले  वडा कार्यालयमा दर्ता गराएर मात्र कुकुर बिरालो पाल्न अनुरोध गरेको छ । महानगरले एक सूचना जारी गर्दै भनेको छ, ‘काठमाडौं महानगरपालिका क्षेत्रमा कुकुर बिराला चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो आइरहेको हुँदा आफ्ना कुकुर बिरालोलाई माइक्रोचिप लगाई सम्बन्धित बडा कार्यालयमा दर्ता गराएर मात्र पाल्नुहुन सम्बन्धित सबैमा अनुरोध छ ।’साथै, काठमाडौं महानगर क्षेत्रबाट वा क्षेत्रभित्र कुकुर बिरालो बिक्री वितरण गर्ने व्यक्ति तथा संस्थाले अनिवार्य रूपमा माइक्रोचिपिङ गरेर मात्र बिक्री वितरण गर्नु/गराउन समेत सूचनामार्फत अनुरोध गरिएको छ ।

    • प्रकाशित मितिः चैत २३, २०८१
    • 315 पटक पढिएको
  • ललितपुर प्रहरीद्वारा एम्बुलेन्सबाट लागुऔषध बरामद

    पाटन (ललितपुर) । बागमती गाउँपालिका–३ छपेलीबाट प्रहरीले भारतीय नम्बर प्लेटको एम्बुलेन्ससहित लागुऔषध बरामद गरेको छ । मकवानपुरबाट कान्तिलोकपथ हुँदै काठमाडौँ आउँदै गरेको बिआर ०५ प ०४२१ नम्बरको एम्बुलेन्समा लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।रेग्मीका अनुसार भट्टेडाँडामा नियमित जाँचका क्रममा एम्बुलेन्समा ९४ हजार ८० वटा ट्याब्लेट ट्रामाडोल बरामद गरिएको हो । लागुऔषध कारोबारमा संलग्न केही व्यक्तिहरूलाई पनि पक्राउ गरिएको उनले जानकारी गराए ।‘बिरामीलाई उपयोग गरेर लागुऔषध ओसारपसार भएको छ, आठ वर्षको बच्चा, १६ वर्षको युवा र बि

    • प्रकाशित मितिः चैत २३, २०८१
    • 265 पटक पढिएको
  • चैते दसैँमा बागलुङ कालिकामा भक्तजनको भिड

    ढोरपाटन (बागलुङ) । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ । बागलुङ कालिका मन्दिरमा विहानैदेखि भक्तजनको घुइँचो लागेको छ । बागलुङ तथा जिल्ला बाहिरबाट आउने भक्तजनका लागि विहानै ४ बजेदेखि मन्दिर खुला गरेपछि भक्तजनको घुइँचो लागेको हो ।बागलुङमा चैतेदसैँलाई भव्य रूपमा बनाउने गरिन्छ । चैते दसैँका अवसरमा भारतीय पर्यटकको पनि उल्लेख्य उपस्थिति छ । चैते दसैँलाई बागलुङको पहिचानका रुपमा समेत लिइन्छ । भक्तजनको घुइँचो बढेपछि बागलुङ भगवती गुठी व्यवस्थापन समितिले सुरक्षाकर्मी परिचालन गरेर पूजाआजा गर्ने व्यवस्था मिलाएको बागलुङ कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । गण्डकी प्रदेशकै

    • प्रकाशित मितिः चैत २३, २०८१
    • 205 पटक पढिएको
  • करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना

    किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको सभापोखरी गाउँपालिकाले करेन्ट लगाएर माछा मारे रु एक लाखसम्म जरिवाना गर्ने निर्णय गरेको छ । गाउँपालिकाले निषेधित क्षेत्र तोकेको सभाखोला र लङ्खुवा खोलामा करेन्ट लगाएर माछा मारे रु एक लाखसम्म जरिवाना गर्ने निर्णय गरेको हो । सभापोखरी गाउँपालिकाको २१ गते बसेको कार्यपालिका बैठकले सभाखोला र लङ्खुवा खोलाको संरक्षण क्षेत्रमा वा निषेधित क्षेत्रमा करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना गर्ने निर्यण गरिएको सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंले जानकारी दिए ।त्यस्तैगरी क्षेत्रमा जाल हान्ने, बल्छी, घरुवा, दुवालीको प्रयोग गरी माछा मार्नेलाई रु ५० हजार

    • प्रकाशित मितिः चैत २३, २०८१
    • 201 पटक पढिएको
  • व्यास नगरपालिकाको ‘शीतभण्डार’ सञ्चालनमा

    तनहुँ । व्यास नगरपालिका–११ गैह्राबारीमा तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको शीतभण्डार शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ । यासनगर प्रमुख बैकुण्ठ न्यौपानेले आलु भण्डारण गरेर सो शीतभण्डार उद्घाटन गर्नुभयो । एक सय तीस मेट्रिक टन क्षमताको भण्डार गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा शीतभण्डार निर्माण गरिएको हो । शीतभण्डार निर्माणका लागि विसं २०७८ भदौ १३ गते निर्माण कम्पनीले सम्झौता गरी निर्माणकार्य अघि बढाइएको थियो । विद्युत् प्राधिकरणले थ्री फेजको ट्रान्समिटर जडान गरेपछि शीतभण्डार सञ्चालनमा ल्याइएको व्यास नगरपालिका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकार

    • प्रकाशित मितिः चैत २३, २०८१
    • 267 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा