समाचार

    Showing 7,621-7,630 of 25,627 items.
  • नेपाल राष्ट्र बैंकको लचिलो मौद्रिक नीति

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको हो ।मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको पछिल्लो अवस्था र वित्तीय क्षेत्र लगायत अर्थतन्त्रको उपर्युक्त परिदृश्यको आधारमा मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिई विभिन्न ९ वटा नियामकीय व्यवस्थामा परिमार्जन गरिएको राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंकले स्थायी तरलता सुविधा र नीतिगत दरलाई घटाएको छ । ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी क्र

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 295 पटक पढिएको
  • भदौ २३ गते जेन-जी शहीद दिवस मनाउने निर्णय

    काठमाण्डौ  ।  सरकारले प्रत्येक बर्ष भदौ २३ गते जेन-जी शहीद दिवस मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिएका छन ।बैठकले शहीदमा आश्रित परिवार आमा-बा, श्रीमान वा श्रीमती र छोराछोरीलाई शहीद परिवार परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ । यसैगरी, बैठकले आगामी माघ १ गतेदेखि एकपटकमा ५ लाख रुपैयाभन्दा बढी रकम बैँक तथा वित्तिय संस्थामार्फत मात्र कारोवार गर्ने निर्णय गरेको छ । बैठकले प्रेस काउन्सिल नेपालको अध्यक्षमा कुमार

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 270 पटक पढिएको
  • आज एनपीएलमा चितवन र जनकपुर, पोखरा र कर्णाली मैदानमा

    काठमाण्डौ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्नेछन् । अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले प्लेअफको दौड कायम राख्न चाहन्छ । चार खेलबाट दुई खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा र कर्णालीबीच भिडन्त हुनेछ । यी दुवै टोलीका लागि यो खेल

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 322 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।दिउँसो कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 280 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर, युरोलगायतका विदेशी मुद्राको मूल्य आज भने वृद्धि भएको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ १६ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ १३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९४ रुपैयाँ

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 291 पटक पढिएको
  • आज २०८२ साल मंसिर १६ गते मङ्गलबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आजको समय अनुकूल रहनेछ। नयाँ अवसरको सम्भावना प्रबल छ। सामाजिक भेटघाट तथा विशेष समारोहमा सहभागी हुने अवसर मिल्नेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)निर्णय गर्दा विशेष सतर्कता आवश्यक छ। अवसरको नाममा प्रलोभन दिने व्यक्तिलाई पहिचान गर्नुपर्छ। आर्थिक लाभ अपेक्षाकृत सीमित रहने देखिन्छ।मिथुन - Gemini(का, कि, कु, घ, ङ, छ, के, को, ह)आम्दानीमा वृद्धि हुने संकेत छ। व्यवसायमा लाभप्रद परिणाम मिल्नेछ। साझेदारीमा सकारात्मक प्रगति सम्भावित छ।कर्कट - Cancer(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)कार्य सम्पन्न गर्न दोहोरिएको प्रयास आवश्यक हुनेछ। स्वास्थ्यमा सान

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 351 पटक पढिएको
  • भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्चबाट बदर

    काठमाण्डौ । सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय बदर गरिदिएको छ ।  सोमबार न्यायाधीश शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको इजलासले सरकारको आयोग खारेज गर्ने निर्णय बदर गरिदिएको हो ।गत असोज २३ गते  बसेको मन्त्रिपरिषद बैठकले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको थियो । बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेपछि त्यसका विरुद्ध आयोगका अध्यक्ष हरिप्रसाद रिजालले गत कार्तिक ९ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।यसअघि उक्त रिटमा सर्वोच्चले सरकारको निर्णय तत्काल कार

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 242 पटक पढिएको
  • कोशी प्रदेश सरकार जनभावनाअनुसार काम गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जनताको अपेक्षा र आवश्यकता अनुरूप काम गर्न प्रदेश सरकार दृढताका साथ लागेको बताएका छन् । सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा नवनिर्मित ब्याडमिन्टन कवर्डहल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सीमित स्रोत–साधनका बाबजुद जनचाहनालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता दोहोरयाए ।मुख्यमन्त्री कार्कीका अनुसार प्रदेश र स्थानीय तहमा जनताका असंख्य आवश्यकता पूरा गर्ने दबाब छ, तर बजेट अभावका कारण धेरै योजना अघि बढ्न नसकेको चुनौती छ । ‘थोरै बजेटमा धेरै काम गर्ने बाध्यताले कतिपय योजना अलपत्र परे। अब त्यसमा सु

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 219 पटक पढिएको
  • विराटनगरमा नेकपाको ‘पार्टी एकता सन्देश सभा’ : शीर्ष नेताहरूले के–के बोले ?

    विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले कोशी प्रदेशको राजधानी विराटनगरमा सोमबार भव्य ‘पार्टी एकता सन्देश सभा’ आयोजना गर्यो ।सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूले एकता, स्वाधीनता र समसामयिक राजनीतिक मुद्दामा आफ्ना धारणा राखे ।संयोजक ‘प्रचण्ड’ले मुलुक गम्भीर सङ्कटको अवस्थामा रहेको उल्लेख गर्दै नेपाली जनताको आत्मसम्मान र स्वाधीनताको रक्षा वामपन्थी एकताको मुख्य आधार भएको बताए । उनले सम्राज्यवादविरुद्ध लड्न नेपाल सेना वा प्रहरी मात्र पर्याप्त नहुने भन्दै ‘सबै नेपाली फौजी जस्तै उभिनुपर्छ’ भन्ने अभिव्यक्ति दिए । जेनजी आन्दोलनले दलहरूलाई सचेत बनाएको उल्लेख गर्दै उनले पार्

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 215 पटक पढिएको
  • बालेनका बुबा रामनारायणको अन्त्येटि, श्रद्धाञ्जलीका लागि उच्च अधिकारीहरु आर्यघाटमा

    काठमाडौंं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का बुबा रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।लामो समयदेखि  मधुमेह साथै पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित शाहको ७७ वर्षको उमेरमा आइतबार (मंसिर १५) १२ः२० मा निधन भएको थियो ।अस्वस्थ भएपछि उपचारका लागि नयाँ बानेश्वस्थित निजामती अस्पतालमा भर्ना भएका उनको आइतबार मध्यान्हमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो । आयुर्वेदिक डाक्टर समेत रहेका रामनारायणलाई श्रद्धाञ्जली दिन उच्च पदाधिकारीहरु आर्यघाट पुगेका थिए । उर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल, खेलकुदमन्त्री बब्लु गुप्ता, प्रहर

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 213 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.