काठमाडौं— काठमाडौंका तीन स्थानमा मंगलबार प्रदर्शन हुने भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासंघ र सहकारी तथा लघुवित्त पीडितले काठमाडौंका विभिन्न ठाउँमा कार्यक्रम गर्न लागेका हुन्।। राप्रपाले विभिन्न स्थानबाट र्याली निकालेर बल्खुमा विरोध कार्यक्रम गर्न प्रशासनबाट अनुमति पाएका छन्।त्यस्तै नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको बिचमा, सहकारी तथा लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्ने तय भएको छ । सवारी आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको छ। सूचना जारी
काठमाडौं— काठमाडौं मंगलबार पनि विश्वकै प्रदूषित शहरको पहिलो सूचीमा परेको छ। आईक्यू एअरका वायु गुणस्तर इन्डेक्सअनुसार अहिले काठमाडौंको एक्यूआई २७१ छ। एक्यूआई२०० भन्दा माथिलाई विश्व स्थास्थ्य संगठनले अति अस्वस्थकर सूचीमा राखेको छ।काठमाडौंपछि भारतको नयाँ दिल्ली दोस्रो तथा भियतनामको हानोई विश्वकै तेस्रो प्रदूषित शहर बनेका छन्। वायु प्रदूषण उच्च भएसँगै काठमाडौँमा बिरामीको संख्या पनि बढेको छ । काठमाडौंमा दिउँसोपख हल्का पानीसँगै हावाको बेग पनि केही मात्रामा बढ्ने हुँदा वायु प्रदूषण पनि कम हुने मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए।
काठमाडौं । काठमाडौंसहित देशका केही स्थानमा आज मध्यम वर्षाको सम्भावना रहेको छ ।बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेकाले वर्षाको सम्भावना बढेको हो ।मौसमविद्हरुका अनुसार आज वाग्मती, कोसी र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ ।काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना छ । दिउँसो काठमाडौं उपत्यकामा हल्का वर्षा हुनेछ ।काठमाडौंका केही स्थानमा हल्का र केही स्थानमा फाट्टफुट्ट वर्षाको सम्भावना छ । ठुलो हावा र वर्षा नभएसम्म काठमाडौंको प्रदुषण भने घट्ने सम्भावना नरहेको बताइएको छ ।
काठमाडौं— सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।सोमबार बिहान सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि राष्ट्रपति भवन शितलनिवास नजिकसम्म प्रदर्शन गरेका हुन् ।सहकारी पीडितहरुले शितल निवास अगाडि नै धर्ना दिने उद्देश्य बनाए पनि प्रहरीले निषेधित क्षेत्र तोड्न दिएन ।उनीहरुले समग्र वित्तीय शोषणको अन्त्य गर, वित्तीय माफियाहरुलाई संरक्षण गर्ने राजनीतिक दल मुर्दावाद, पीडितहरुको वचत अपचलन गर्ने ठगहरु विश्वासघातीहरुको सात पुस्ते सम्पनी जफत गरेर शिघ्र पीडितहरुलाई फर्काउने काम गर, सहकारी संस्थाको अनुगमन, नियमन र नियन्त्रण नगर्ने यो नाला
काठमाडौं— तीनकुनेमा चैत १५ मा भएको राजावादीको प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ । पत्रकार सुरेश रजक जलेको घरमा ताला लगाएर फर्केको आंशकामा कुँवरलाई पक्राउ गरेको हो । अभिनेत्री समेत रहेकी कुँवरले उक्त घरको गेटमा ताला लगाएर फर्केको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । घरमा आगजनी भएपछि उनले फेसबुक लाइभ गरेर ‘बचाउन आउनुहोला’ भनेर आग्रह गरेकी थिइन् । प्रदर्शन स्थलमा गएर अवाञ्छित गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले जानकारी दिए ।जिसीका अनुसार कुँवरलाई ललितप
काठमाडौं— काठमाडौं महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले तीन महिनाको तलब पाएका छन् । कर्मचारीको खातामा आज तलब पठाइएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।कुचीकारदेखि मेयरसम्मका पाँचहजार बढी कर्मचारी र जनप्रतिनिधिको बैंक खातामा आज (सोमबार) तलब पठाइएको मान्धरले बताए। लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिले तलब पाउन सकेका थिएनन् । चैत २१ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले कार्यालयमा हाजिर गरेपछि तलबको प्रक्रिया अगाडि बढेको थियो ।
काठमाडौं— नारायणघाट–बुटबल सडकखण्डमा पर्ने १४ किलोमिटर दाउन्ने सडकखण्डको विस्तार गर्न दैनिक ४ देखि ६ घण्टा बाटो बन्द गरी काम गरिने भएको छ। सोमबार एक सूचना जारी गर्दै सडकविस्तार गर्न ४ देखि ६ घण्टा बाटो बन्द गरेर काम गरिने भएको हो ।चैत २७ गतेदेखि वैशाख १५ गतेसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बाटो बन्द गरिने जनाएको छ । त्यसै गरी बैशाख १ गतेदेखि बैशाख १५ गतेसम्म प्रत्येक दिन राती ११ बजे देखि भोलिपल्ट बिहान ५ बजेसम्म दाउन्ने सडकखण्ड हुँदै गुड्ने सवारी साधनलाई रोकेर सडक निमार्ण गरिने भौतिक पूर्वाधार तथा मन्त्रालय सडक विभाग आयोजना निर्देशनालय (ए.डि.बी) काठमाडौंले जनाएको छ ।ट्रक, टिप
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विगतमा नेपाल शिक्षक महासङ्घसँग भएको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न सरकारसँग माग गरेको छ ।माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आज विज्ञप्ति जारी गर्दै संसद्को विशेष अधिवेशन वा अन्य उपायबाट सो ऐन जारी गरी आन्दोलनरत शिक्षकलाई शैक्षिक जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन आग्रह गरे ।शिक्षा क्षेत्रमा गुणात्मक सुधार आजको आवश्यकता भएको औँल्याउँदै माओवादी केन्द्रले विद्यालयस्तरमा लामो समयदेखि कार्यरत शिक्षकका लागि उत्प्रेणामुखी वातावरण सिर्जना गर्दै उनीहरूको पेसागत सुरक्षा अनिवार्य सर्त भएको जनाएको छ ।मा
भैरहवा (रूपन्देही) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने कारागार चलान भएका छन् । दुई दिन जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएका लामिछाने आज जिल्ला कारागार चलान भएका हुन् ।आज बिहान जिल्ला अदालत पेस गरेर आवश्यक प्रक्रिया पूरा गरिएपछि उनलाई कारागार चलान गरिएको हो । अदालत पेस गरेपछि उनलाई थुनुवा पुर्जी दिइएको थियो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीको नेतृत्वको टोलीले लामिछानेलाई अदालत पेस गरेलगत्तै थुनुवा पुर्जी प्रदान गर्ने प्रक्रिया पूरा गरेर कारागार लगिएको थियो । जिल्ला प्
गण्डकी । पोखरा महानगरपालिकाले कृषकलाई चैते धानको बीउ अनुदानमा उपलब्ध गराएको छ ।महानगरपालिकाले एक हजार ५०० किलोग्राम धानको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।चैते धानखेतीतर्फ कृषकहरूको आकर्षण बढाउने उद्देश्यका साथ विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिँदै आइएको बताउँदै उहाँले यस वर्ष पनि प्रतिरोपनी रु ५०० का दरले प्रोत्साहन रकम उपलब्ध गराइने जानकारी दिए । महानगरपालिकाअन्तर्गत वडा नं २६, २७, १४, १५ लगायतका वडामा कृषकले चैते धानखेती गर्दै आएका छन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.