काठमाडौं— काठमाडौं उपत्यकामा अहिले वर्षा भइरहेको छ। मध्याह्न,अपराह्न र राति पनि सामान्यरूपमा पानी पर्ने मौसमविद् डेभिड ढकालले जानकारी दिए । वर्षासँगै उपत्यकाका साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिकरूपमा हट्ने उनले बताए। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार कोशी र मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा एवं हिमपातको अनुमान छ।दिउँसो बागमती प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्
काठमाण्डौ । चैत १५ गते तीनकुनेमा राजसंस्था पुनः स्थापनाका लागि गरेको शान्तिपूर्ण कार्यक्रममा हिंसा भड्किएर भएको घटबारे अनुसन्धान गर्न देवेन्द्रलाल नेपालीको नेतृत्वमा नागरिक छानबिन आयोग गठन भएको छ ।संयुक्त जनआन्दोलन परिचालन समितिले उक्त घटनामा भएको मानवअधिकार हननको घटनाबारे अनुसन्धान गर्न नेपालीको नेतृत्वमा नागरिक छानबिन आयोग गठन गरेको समितिका प्रवक्ता स्वागत नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।आयोगको सदस्यमा पूर्व एआइजी रविराज थापा, डा.रामप्रसाद उप्रेती,डा.ज्ञान बस्नेत र हरि कट्टेल रहेका छन् ।
काठमाण्डौ । राजावादी संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले तीनकुने आन्दोलनपछि समातिएका नेताहरूलाई रिहा गर्न सरकारलाई वैशाख २१ गतेसम्मको अल्टिमेटम दिँदै, सरकारले सुनवाइ नगरेको खण्डमा २२ गते आफूहरूले सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन् ।
काठमाण्डौ । बझाङमा चट्याङ लागेर एक जनाको निधन भएको छ। बुधबार साँझ वित्थडचिर गाउँपालिका–३ मा पानी परेसङै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए। जिल्लामा वर्षा र चट्यानको जोखिम भएको हुँदा सबैलाई सतर्क रहन पनि उनले आग्रह गरे।त्यसैगरि केदारस्यूँ गाउँपालिका–९ को पौडी ढोड्याखेत बजार नजिकै जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। बुधबार साँझको पानीपछि पहिरो खस्दा सडक अवरुद्ध भएको हो।यस्तै, वित्थडचिर गाउँपालिकाको लिममा पनि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको जिल्ला छ।
काठमाडौं – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएको हो।महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकाका केही ठाउँमा भारी वर्षा भइरहेको छ। काठमाडौं, भक्तपुर र ललितपुरमा हावाहुरी र चट्याङसहित वर्षा भएको हो।यसैगरी, कोशी प्रदेशको झापा, सुनसरी, सोलुखुम्बु क्षेत्रमा वर्षा भइरहेको छ।अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको लमजुङ क्षेत्रमा मेघ गर्जनसहित वर्षा भइरहेको छ। महाशाखाका अनुसार केही समय रोकिए पनि बिहीबार दिनभर र शुक्रबारसम्म नै वर्षाको सम्भावना रहेको जानकारी छ। बुधबारसमेत काठमाडौं उपत्यकाका केही स्थानमा वर्
काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट निकालेका कांग्रेस नेता कर्णबहादुर मल्ल अन्ततः राजावादी मोर्चामा पुगेका छन् । आफ्नै गृहजिल्ला डडेल्धुराका काग्रेस सभापति मल्ललाई देउवाले १४औँ महाधिवेशनमा जिल्ला अधिवेशनदेखि नै वञ्चित गरी महाधिवेशनमा सहभागी हुनबाट रोकेका थिए । नेता विमलेन्द्र निधि क्याम्पमा उभिन पुगेपछि संकटमा परेका मल्ल त्यसपछि नेपाली कांग्रेस बीपीमा गएर उपसभापति बनेका थिए । अहिले भने उनले राजावादी मोर्चा रोजेका छन् । देउवाले राजावादी भएकै कारण आफूलाई पार्टीबाट निकालेको मल्लले स्वीकार गरेका छन् । “म कांग्रेसमै हुँदादेखि राजावादी थिएँ । राष्ट्रवादी भएकैले म
काठमाडौं— झापाको गौरादह नगरपालिका–५, बालुबथानमा चट्याङ लागेर बुधबार एकजनाको मृत्यु भएको छ । घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।उनका अनुसार मृतक लावती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुभोटे स्थायी घर भइ हाल झापाको गौरादहमा गोमनाथ चेम्जुङको खेती अधिया गर्दै आएका थिए । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं— बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर—३ का अध्यक्ष मृत भेटिएका छन् । काँक्राखोर बस्ने ५० वर्षीय वडाध्यक्ष कर्णबहादुर भण्डारी बुधबार बिहान मृत भेटिएका हुन् ।भण्डारी आफ्नै घरदेखि ५० मिटर उत्तरमा रहेको गोठमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थाहा पाएपछि इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायब निरीक्षक विष्णुप्रसाद शर्माको कमान्डमा गएको टोलीले थप अनुसन्धान सुरु गरेको बताएको छ ।पोस्टमार्टमपछि परिवारलाई शव हस्तान्तरण गरिने प्रहरीले जनाएको छ । गत स्थानीय निर्वाचनमा उनी माओवादीबाट निर्वाचित थिए ।
काठमाडौं— जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा वर्षा भइरहेको छ । महाशाखाका अनुसार अहिले झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ, पाल्पालगायत विभिन्न जिल्लाहरूमा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ ।हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ ।बुधबार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसमविद्ले जनाएका छन् । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू—भागका थोरै स्थानहरूमा मेघगर्जनरचट
काठमाडौं— तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा सहभागी थप दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा भोजपुरको अरुण गाउँपालिका—५ घर भएका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका—४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ छन् ।पक्राउ परेका उनीहरुविरुद्ध आपराधि उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट २० दिनको म्याद थप भएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.