समाचार

    Showing 7,591-7,600 of 19,565 items.
  • सामाजिक सञ्जालमार्फत् चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

    काठमाडौं— सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर–४ शान्तपुर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारीलाई प्रहरीले पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका एसपी दिपकराज अवस्थीले जानकारी दिए । सामाजिक सञ्जालमार्फत् प्रेम सम्बन्धमा रहेका पीडित महिलाले आफ्नो प्रेमीलाई पठाएको गोप्य भिडियो सम्बन्ध छुटेपछि प्रेमीकाको साथीले दुरुपयोग गरी पैसा माग्ने, आपत्तिजनक शब्दहरु प्रयोग गरी शारीरिक सम्बन्ध राख्न बोलाउने र नआएमा उक्त भिडियो सामाजिक सञ्जालमा राखी भाइरल गरिदिन्छु भनी पीडितलाई मानसिक तना

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 359 पटक पढिएको
  • नेपाल बार: नयाँ नेतृत्वको सबै पदमा मिश्रको प्यालन निर्वाचित

    काठमाडौं— नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा वरिष्ठ अधिवक्ता प्राध्यापक डा. विजयप्रसाद मिश्रको प्यानल निर्वािचत भएको छ । पाँचहजार ५२ मत ल्याएर मिश्र अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले दुईहजार ६२१ मत पाए । मिश्रले श्रेष्ठलाई दुईहजार ४३१ मतान्तरले हराएका हुन् ।अध्यक्षमै उमेदवारी दिएका राजु कैतीले ४८, उज्वल घिमिरेले ४५ र आशिष पौडेलले ५४ मत ल्याए ।यसैगरी, उपाध्यक्षमा पनि महिलासहित सबै प्रदेशबाट मिश्रकै प्यालन निर्वाचित भएको छ । उपाध्यक्ष कोसी प्रदेशमा पदमप्रसाद लिम्बुले पाँचहजार २०० मत पाएर निर्वाचित भए । उनीसँग पराजित भएका कर्णबहादुर राईले दुईहजार ११६

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 307 पटक पढिएको
  • वैशाख १ गतेदेखि सदर चिडियाखाना बेलुकी ८ बजेसम्म सञ्चालन हुने

    काठमाडौ— जावलाखेलस्थित सदर चिडियाखाना नयाँ वर्ष २०८२ सालदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ।चिडियाखानाद्वारा आज यहाँ आयोजित कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जनताको मागअनुसार आगामी वैशाख १ गतेदेखि चिडियाखाना बेलुकी ८ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए।उनले भने, “त्यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषको बोर्डबाट निर्णय गरी आवश्यक तयारी र प्रक्रिया अघि बढिसकेको छ।”चिडियाखाना हाल विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने गरेको छ।चिडियाखानाभित्र रहेको फल्चा र शिशु स्तनपान कक्षको उद्घाटन गर्दै मन्त्री शाहीले चिडियाखाना परिसरलाई प्रकृति र वन्यजन्तुका सा

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 369 पटक पढिएको
  • नौ दिनपछि कार्यालय गए मेयर बालेन

    काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नौ दिनपछि बिहीबार कार्यालय पुगेका छन् । मेयर बालेन आज एकछिन कार्यालय आएर निस्किएको महानगर स्रोतले जनाएको छ ।“आज एकछिन कार्यालय आउनुभएको थियो, फेरि निस्किनुभयो,” महानगर स्रोतले भन्यो ।बालेनका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले भने मेयर बालेन कार्यालयमै रहेको दाबी गरे । “मेयर कार्यालय नआएर कहाँ जाने? अहिले पनि मेयर साब कार्यालयमै हुनुहुन्छ,” उनले भने ।प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर हुनुअघिदेखि नै बालेन बिदामा बसेका थिए । गत हप्ताको बिहीबार गुरागाईं कार्यालयमा हाजिर भएका थिए । महानगर प्रहरी बलको अवरोधका बाबजुद उनल

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 364 पटक पढिएको
  • अर्थमन्त्री पौडेल भन्छन, अनुशासित ढंगले स्रोत व्यवस्थापन गरेर बजेट ल्याउने

    काठमाडौं— उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित ढंगले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२/८३ को बजेट ल्याउने बताएका छन् ।राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहीवारको बैठकमा अर्थमन्त्री पौडेलले स्रोत व्यवस्थापन गर्दै त्यसको परिचालन सही रुपमा नगरे अब अप्ठ्यारोमा पर्ने खतरा रहेको बताएका हुन । पौडेलकाअनुसार संविधान निर्माणसँगै जनतामा समृद्धी र विकासको आकंक्षालाई पूरा गर्ने दिशामा सरकार अग्रसर हुनेछ । सांसदहरुको भुमिका विधि निर्माणसँगै विकास निर्माणमा समेत रहने बताउँदै पौडेलले विकास निर्माण र विधि निर्माणलाई समन्वयात्मक हिसावले अघि बढाउनुपर्ने

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 329 पटक पढिएको
  • बाँकेमा हावाहुरीका कारण विद्युत् आपूर्ति अवरुद्ध

    काठमाडौं— नेपालगन्जमा गएराति आएको हुरीबतासले बाँकेको कोहलपुरमा ३३ केभी प्रसारणलाइनका तीनवटा पोल ढल्दा जिल्लाका केही ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । राति १० बजेदेखि अवरुद्ध भएको विद्युत् आपूर्ति व्यवस्था अहिलेसम्म हुन नसकेको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए । उनले विद्युत् आपूर्ति हुन अझै केही समय लाग्ने बताए । मुख्य प्रसारणलाइनको काम सकिएपछि अन्य ठाउँको काम सुरु हुने उनको भनाई छ । खराब मौसमका कारण ३३ केभी प्रसारणलाइनका ‘टावर’मा असर परेकाले विद्युत् प्रवाहका लागि काम भइरहेको जानकारी दिँदै लामिछानेले कहाँकहाँ के समस्

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 254 पटक पढिएको
  • ५ वर्ष कैद सजाय र नगद २५ हजार रुपैयाँ जरिवानाका तोकिएका प्रतिवादी पक्राउ

    काठमाडौं— प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी  गोरखा नगरपालिका–११ घर भएका २१ वर्षीय नीरज ढकाललाई मङ्गलवार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौंको गत मङ्सिर ५ गतेको फैसलाले उक्त मुद्दामा ५ वर्ष कैद सजाय र नगद २५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई मानव बेचबिखन ब्युरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखासँगको समन्वयमा गोरखा नगरपालिका–११ बाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानक

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 156 पटक पढिएको
  • आन्दोलनरत शिक्षक र सरकारबीच आज वार्ता हुने

    काठमाडौं— आन्दोलनरत शिक्षक र सरकारबीच आज छलफल हुने भएको छ। शिक्षा विधेयकका सम्बन्धमा छलफल गर्न भन्दै शिक्षा मन्त्रालयले बोलाएपछि नेपाल शिक्षक महासंघ संवादका लागि तयार भएको हो।छलफलका लागि मन्त्रालयले बोलाए पनि समय यकिन भइनसकेको शिक्षक महासंघकी सहअध्यक्ष एवं काठमाडौं केन्द्रित आन्दोलनकी संयोजक नानुमाया पराजुलीले जानकारी दिइन्।मन्त्रालयबाट महासंघको समय अनुकुल आउन भनिएको जानकारी दिँदै पराजुलीले आन्तरिक छलफलपछि जाने बताइन्। महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीका अनुसार सरकारसँग वार्तामा बस्न लागेको नभई मन्त्रालयमा आफ्ना कुरा राखेर फर्कने जानकारी दिए। ‘नेपाल शिक्षक महासंघले सरकारलाई रेस्पोन्स

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 285 पटक पढिएको
  • झ्याप भएर गाउँपालिका पुगेका उपाध्यक्षले गरे कम्प्युटर तोडफोड गरेपछि...

    काठमाडौं— जाजरकोटको जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष बीरेन्द्र शाहीले कार्यालय समयमा गाउँपालिकाको योजना शाखामा प्रवेश गरेर कम्प्युटर तोडफोड गरेका छन् ।मदिरा सेवन गरेर योजना शाखामा गएका शाहीले योजना शाखामा जडान गरेको कम्प्युटर तोडफोड गर्दा क्षती भएको प्रहरीले जनाएको छ ।तोडफोडबाट दुई थान कम्प्युटर फुटेको प्रहरीले बताएको छ । यो भन्दा अगाडी पनि आफ्नै कार्यकक्षमा मदिरा सेवन गरेर जथाभावी गरेपनि उनको भिडियो समाचार सञ्जालमा सार्वजनिक भएको थियो ।गाउँपालिकाका अध्यक्ष बेदबहादुर शाही समेत मदिरा सेवन गरेर कार्यालयमा आउने गरेको आरोप लागेको छ ।मदिरा सेवन गरेर तोडफोडमा उत्रिएका शाहीले गाउँपालिकाका अध्यक्षले आ

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 320 पटक पढिएको
  • २७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान्

    काठमाडौं— नेपाल सरकारले म्यान्मार सरकारलाई करिब २७ टन बराबरको राहत सामग्री सहयोगस्वरूप पठाएको छ । परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारी, पत्रकारलगायत १६ सदस्यीय टोली उक्त राहत सामग्री लिएर बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।टोलीले आज बिहान राहत सामग्री म्यान्मार सरकारका प्रतिनिधिलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एसिया महाशाखा प्रमुख तापस अधिकारीले जानकारी दिए । निजी क्षेत्र र सरकारको तर्फबाट २७ टन सामग्री हस्तान्तरण गर्न लागिएको हो ।म्यान्मारमा गत शुक्रबार सात दशमलव सात म्याग्निच्युडको भूकम्प गएको थियो । जसबाट तीन हजार बढीको मृत्यु भएको छ । भू

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 188 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा