काठमाडौं— गेट हिल्ड विथ आयुष केन्द्रको दोस्रो शाखा बुटवलमा संचालनमा आएको छ । जसलाई नेपालका मानसिक स्वास्थ्य र वैकल्पिक उपचार क्षेत्रका अग्रणी हिप्नोथेरापिस्ट, ऊर्जा उपचारकर्ता, र मनोवैज्ञानिक परामर्शदाता आयुष चन्द्र रेग्मीले संचालनमा ल्याएका हुन् ।

अमेरिका, अष्ट्रेलिया र काठमाडौँमापछि आयुषले नेपालको दोस्रो शाखा बुटवलमा संचालनमा आएको जानकारी दिए । आयुषले  प्राचीन उपचार पद्धति र आधुनिक विज्ञानको संयोजन गर्दै हिप्नोथेरापी, ऊर्जा उपचार, तन्त्र  र समग्र मानसिक–शारीरिक सन्तुलनका लागि विशेष सेवा प्रदान गर्दै आएका छन्।

उनले हालसम्म ४ हजार भन्दा बढी केसहरू समाधान गरी मानिसको मानसिक स्वास्थ्य र भावनात्मक सन्तुलनमा उल्लेखनीय योगदान दिएका छन् ।

बुटवल शाखामा आयुषले व्यक्तिगत सत्र, कार्यशाला, र समूह शिक्षणमार्फत ग्राहकहरूको मानसिक स्वास्थ्य र भावनात्मक सन्तुलनमा ध्यान केन्द्रित गर्ने योजना बनाएका छन्।

केन्द्रले हिप्नोथेरापीमार्फत तनाव, भय, बानी, र मानसिक चुनौतीहरू समाधान गर्न सहयोग गर्नेछ भने ऊर्जा उपचार र तन्त्र विधिहरूले भावनात्मक स्वास्थ्य, ऊर्जा सन्तुलन र आत्म–साक्षात्कारमा योगदान पुर्याउनेछ।