समाचार

    Showing 7,581-7,590 of 19,565 items.
  • वातावरण प्रदूषणक प्लाष्टिकका झोलामा प्रतिबन्ध लगायो भरतपुर अस्पतालले

     काठमाडौं— भरतपुर अस्पतालले वातावरण प्रदूषणक प्लाष्टिकका झोलामा प्रतिबन्ध लगाएको छ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालको फार्मेसी र अस्पतालभित्रका खाजा घरमा पनि प्लाष्टिकका झोला प्रयोगमा रोक लगाइएको हो। उनले भने, “फार्मेसीमा औषधि दिँदा र खाजाघरमा कागजको झोलाको प्रयोग गरिएको छ।”अस्पतालमा बिरामी भेट्न आउँदा कागजका झोला र कपडाका झोला प्रयोग गर्न अस्पतालले बिरामीका आफन्तहरुलाई आग्रह गरेको छ।अस्पतालले कुनै पनि कार्यक्रममा प्लाष्टिकका सामग्रीको प्रयोग नगर्ने उनले बताए। प्लाष्टिकका झोलाले वातावरणलाई हानि गर्ने भएकाले प्रयोगमा  रोक लगाइएको हो।

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 198 पटक पढिएको
  • काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा

    काठमाण्डौ  । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। बामगती प्रदेशमा पनि बिहानैदेखि वर्षा भइरहेको छ। अहिले काठमाडौं उपत्यकामा हावाहुरीसहित ठूलो वर्षा भएको हो।अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावा पश्चिमी भूभाग हुँदै काठमाडौंसम्म आइपुगेका कारण वर्षा भएको हो। स्थानीय वायु, पश्चिमी वायु र भारतबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव पनि सामान्य छ।बागमतीसाथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पनि बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो सुदूरपश्चिम र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। केही प्रदेशमा पूर्णदेखि आंशिक बद

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 264 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहनुका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ।जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था रहेको छ ।कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाड

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 251 पटक पढिएको
  • दुर्गा प्रसाईं र उनका अंगरक्षक पक्राउ

    काठमाडौं— प्रहरीले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पनि पक्राउ गरेको छ । दुबै जनालाई झापाको भद्रपुरबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरेको प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले जानकारी दिए । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न गरी राज्य विरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा फरार रहेका दुबै जनालाई पक्राउ गरिएको उनको भनाइ छ । प्रसाईं १५ गतेको घटनापछि भारत फरार भएका थिए ।

    • प्रकाशित मितिः चैत २९, २०८१
    • 351 पटक पढिएको
  • शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीरः देउवा

    काठमाडौं— नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा पार्टी गम्भीर रहेको बताए । नेपाल शिक्षक सङ्घका प्रदेश अध्यक्षहरूसँगको छलफलमा बिहीबार सभापति देउवाले शिक्षकका माग सम्बोधन हुनुपर्ने बताए। शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ दल एमालेसँग आफूले निरन्तर छलफल गरिरहेको समेत सो अवसरमा देउवाले बताए।कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरले कांग्रेस शिक्षकको साथमा रहेको बताए। शिक्षक महासङ्घसँग यसअघि भएको सहमति र सम्झौतालाई आधारमानी आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीर्ष वार्ताको पहल थाल्नुपर्ने सो अ

    • प्रकाशित मितिः चैत २९, २०८१
    • 345 पटक पढिएको
  • दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउने तयारी

    काठमाडौं— राजावादीको प्रदर्शनका नाइके दुर्गा प्रसाईंलाई नेपाल ल्याइएको छ। विहीबार पक्राउ परेका प्रसाईंलाई झापाको काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको हो । गत चैत १५ गते प्रदर्शन पछि प्रसाईं फरार भएका थिए। उनलाई शुक्रबार (आज) भद्रपुरबाट काठमाडौं ल्याइने तयारी छ। प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारतसम्म पुगेका थिए। नेपाल आइपुगेका प्रसाईँलाई प्रहरीले शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ। प्रसाईँ नेतृत्वको राजावादीको हिंसात्मक प्रदर्शनमा पत्रकार सुरेश रजक र प्रदशर्नकारी सविन महर्जनको मृत्यु भएको थियो। यस्तै प्रर्दशनकारीहरुले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्याप

    • प्रकाशित मितिः चैत २९, २०८१
    • 279 पटक पढिएको
  • महानगरप्रमुखको निर्देशनः पानीको परम्परागत स्रोतको पुनरुत्थान गर्नु

    काठमाडौं— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पानीको परम्परागत स्रोतको पुनरुत्थानका लागि सरोकार भएका निकायलाई निर्देशन दिएका छन् ।आज पुरातात्विक महत्त्वको भैरव हिटी उत्खनन कार्यको अनुगमन गर्दै उनले पानीको परम्परागत स्रोतको पुनरुत्थान गर्नुपर्नेमा जोड दिएका हुन् । उक्त हिटी कामपाको वडा नम्बर ७ गङ्गाहिटी मार्गमा पर्दछ । अनुगमनका क्रममा प्रमुख शाहले हिटीको प्राचीन पहिचान, उपयोग र अतिक्रमण, पानीको प्रवाह र निकासका बारेमा जानकारी लिएका थिए।भैरव हिटीभन्दा माथिल्लो भूगोलमा रहेको गङ्गाहिटीमा आउने पानीलाई भैरव हिटीमा आउने पानीको स्रोतका रूपमा उपयोग गर्न सुझाव प्राप्त भएपछि प्रमुख शाहले पुरान

    • प्रकाशित मितिः चैत २९, २०८१
    • 333 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदलीको अवस्था रहेको छ। कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।आज दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन , चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।तराई क्षेत्रम

    • प्रकाशित मितिः चैत २९, २०८१
    • 304 पटक पढिएको
  • दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले नेपालको सीमासम्म ल्यायो,ज्यानको सुरक्षाको अपिल

    काठमाण्डौ  ।  दुर्गा प्रसाईंलाई भारतको आसाम राज्यअन्तर्गत गुवाहाटीबाट त्यहाँको स्थानीय प्रहरीले नेपालको सीमासम्म सुरक्षित ल्याइपुर्‍याएको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले बताएको छ।भारतको आसाम प्रहरीसमक्ष सुरक्षा माग गर्दै प्रसाई पुगेको र सुरक्षित रुपमा नेपालको सीमासम्म ल्याइपुर्‍याएको समितिले जनाएको छ।समितिका तर्फबाट प्रवक्ता स्वागत नेपालले केहीबेरअघि विज्ञप्ति जारी गरी प्रसाईँको पक्राउ वा आत्मसमर्पण नभई स्थानीय प्रहरीसमक्ष ज्यानको सुरक्षाका लागि गएको दाबी गरेका छन्।नेपालले भनेका छन कि ‘क्यान्सरको बिरामी र अदालतको तारिखमा समेत रहेको हुँदा

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 555 पटक पढिएको
  • दुर्गा प्रसाईंद्वारा भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण, नेपाल ल्याइदै

    काठमाण्डौ  । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं  राजधानीको तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनमा हिंसा भड्काएको आरोप लागेका  प्रसाईं पक्राउ परेका छन् । आज (बिहिबार) बेलुका भारतको आसाम राज्यको गुहाटीमा दुर्गा प्रसाईले  भारतीय प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन। उनलाई आजै नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भारतिय प्रहरिको छ । आफ्नो ज्यानको सुरक्षाका लागि भारत स्थिति आसाम प्रहरी कहाँ पुगेका दुर्गा प्रसाईलाई आजै कोशि प्रदेशको काकरभिट्टा प्रहरीलाई बुझाउने र प्रसाईलाई नेपाल प्रहरीको विशेष टोलीले आजै काठमाडौँ ल्याउन

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 1,479 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा