समाचार

    Showing 7,541-7,550 of 25,626 items.
  • विश्वासको मत नपुग्ने भएपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

    काठमाडौं— मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन्। विश्वासको मत पाउने आधार नदेखेपछि उनले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन्।तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले प्रदेश संसदीय दलका नेता यादवलाई कात्तिक २६ गते संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।उनको नियुक्ति असंवैधानिक भएको भन्दै नियुक्त बदर माग गर्न माग गर्दै नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले सर्वोच्च अदालतमा रिट हालेका थिए।रिटमाथि सर्वोच्च अदालतले मंसिर १५ गते २४ घन्टाभित्र विश्वासको मत लिन परमादे

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 463 पटक पढिएको
  • कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक सानेपामा

    काठमाडौं—  नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आज बसेको छ।बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा समितिका संयोजक तथा महामन्त्री गगनकुमार थापासहितको उपस्थितिमा उक्त बैठक बसेको हो।पार्टीको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय भएसँगै महामन्त्री गगनकुमार थापाले आफू संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठक बोलाएका हुन्। समितिमा केन्द्रीय सदस्यहरू योगेन्द्र चौधरी, सीता गुरुङ र प्रकाश रसाइली सदस्य छन्।

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 502 पटक पढिएको
  • ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्री छन्ः मेयर महर्जन

    काठमाडौं— ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्री भएको बताएका छन् । बुधबार ललितपुरमा आयोजित कार्यक्रममा उनले महानगरपालिकाले लगभग २३, २४ वटा वडा कार्यालय र धेरै वटा स्कुलहरु अपाङ्गतामैत्री बनाईसकेको बताए । उनले भने, ‘अहिले हामीले ललितपुर महानगरपालिकाको जे जति संरचनाहरु बनाएका छौ । ती संरचनाहरु सबै नै अपाङ्गतामैत्री छ । हामीले लगभग २३, २४ वटा वडा कार्यालय बनायौं । त्यो सबै नै अपाङ्गतामैत्री छ । हामीले धेरै वटा स्कुलहरु बनायौं त्यो सबै पनि अपाङ्गतामैत्री छ ।’यस्तै, गत वर्ष अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर अपाङ्ग भएका व्यक

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 585 पटक पढिएको
  • कालोसूचीबारे चिन्ता, तर योजनाको काम रोकिँदैनः अर्थमन्त्री खनाल

    काठमाडौं— बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष ०८२/०८३ को बजेट तथा कार्यक्रमको कार्यान्वयन अवस्थाबारे विस्तृत छलफल भएको छ । बैठकमा अर्थमन्त्री रामेश्वर खनालले बजेट कार्यान्वयन, ठेक्का प्रक्रिया, तरलता समस्या तथा ब्याज अनुदानका विषयमा आफ्नो धारणा प्रस्तुत गरे ।अर्थमन्त्री खनालले टेण्डर सकिएको र ठेकेदार छनोट भई काम सुरु भइसकेका परियोजनाहरू रोकिने नीतिगत आधार नरहेको स्पष्ट पारे । उनले धेरै कम्पनीहरू कालोसूचीमा पर्नु चिन्ताको विषय भए पनि चलिरहेको काम रोक्न नसकिने बताए ।उनले भने, ‘टेण्डर भैइसकेका र टेण्डर भएर ठेकेदार सेलेक्सन भैइसकेपछि काम प्रारम्भ भैइसकेको छ

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 449 पटक पढिएको
  • कोटेश्वरको जाम हटाउन सरकारले जापानसँग लियो १० वर्षका लागि ३१ अर्ब ऋण

    काठमाडौं— नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौता भएको छ ।अर्थमन्त्री  रामेश्वर प्रसाद खनालको सहभागितामा  बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको हो ।जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्व जापानी येन  अर्थात् नेपाली करिब ३१ अर्ब ७६  करोड बराबरको ऋण सहायता उपलब्ध गराएको छ। जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहने सम्झौतामा उल्लेख छ ।यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ, जसले काठमाडौं, ललितपुर, भक्तपुर तथा वि।

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 567 पटक पढिएको
  • काठमाडौंमा इजरायली पर्यटकमाथि कुटपिट भएको दाबी

    एजेन्सी— काठमाडौंमा सोमबार राति एक इजरायली पर्यटकलाई स्थानीय युवाहरूको समूहले कुटपिट गरेको इजरायलको सञ्चारमाध्यम वाईनेटले समाचार प्रकाशन गरेको छ ।आल्मोग आर्मोजा नाम गरेका २५ वर्षका इजरायलीले हिब्रु भाषा बोलिरहेको सुनेपछि युवाहरूले आक्रमण गरेको दाबी गरेका छन् । होस्टेल जाँदै गर्दा एक समूहले पछाडिबाट रडले प्रहार गरेको उनले बताए ।‘उनीहरूले आइन रडले मेरो टाउकोमा हाने,’ आर्मोजाले भने, ‘म भाग्न सफल नभएको भए नबाँच्ने सम्भावना थियो ।’आर्मोजाका अनुसार, इजरायली भएकैले उनीमाथि आक्रमण भएको हो । ‘म होस्टेल जाने गल्लीमा भएको उनीहरूलाई थाहा थियो र उनीहरूले मबाट केही चोरेनन्,’ उनले भने, ‘पहिलो प्रहारमै म बेहो

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 607 पटक पढिएको
  • भाँसिएको चार महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

    काठमाडौं— मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भाँसिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको थियो । चारमध्ये अस्थायी दुई लेन खण्ड सवारी चापका कारण चर्किएर गत साउन अन्तिम साता भाँसिएको थियो । भाँसिएको सडकखण्ड आजदेखि मर्मत गर्न थालिएको मुग्लिन पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बताए। उनका अनुसार करिब एक सय मिटर सडक भाँसिएपछि सो क्षेत्रमा सवारी आवागमन बन्द गरी एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । सडक भाँसिएको ठाउँमा कालोपत्र उप्काएर मर्मत गर्न थालिएको उनले जानक

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 486 पटक पढिएको
  • गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ

    काठमाडौं— गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।अनुसन्धानको लागि शाक्यलाई नियन्त्रणमा लिइएको सीआईबीका एआईजी डा.मनोज केसीले जानकारी दिए । प्रभु बैंकका सीईओ अशोक शेरचनसँग जोडिएको मुद्दामा अनुसन्धानका लागि उनी पक्राउ परेका हुन् ।गत असोज १४ गते शेरचन प्रभु बैंकको नायब कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ पक्राउ परेका थिए । गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यले सञ्चालन गरेको गुण एयरलाइन्स अहिले सञ्चालनमा छैन । 

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 495 पटक पढिएको
  • मन्त्री खरेल भन्छन देशभर अपाङ्गता सेवामा पहुँच कमजोर, निःशुल्क ह्वीलचेयर पनि उपलब्ध छैन

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका अपाङ्गता भएका व्यक्तिहरू अझै पनि सेवासुविधाबाट वञ्चित रहेको बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री खरेलले समाज र राज्य दुवैले अपाङ्गता भएका व्यक्तिहरूप्रति देखाउनुपर्ने संवेदनशीलता पर्याप्त रूपमा विकास नभएको उल्लेख गरेका हुन् ।उनले भने, ‘हामी हरेक व्यक्तिहरू चिन्तित हुन्छौं, खुसी हुन्छौं, सुख–दुःख भोग्छौं । तर जब हामी अपाङ्गता भएका व्यक्तिहरूलाई भेट्छौं, तब जीवनको असली परिभाषा तपाईंहरूभित्र देख्छौं । विभेद अन्त्यका अनेक प्रयास भए पनि अपाङ्गता भएका व्यक्

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 504 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं— आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज बढेर २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगबार ३५ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ११० रुपैयाँले बढेर ३६ सय ५५ रुपैयाँमा कारोवार भैइरहेको छ ।  

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 493 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.