काठमाडौं— ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्री भएको बताएका छन् । 

बुधबार ललितपुरमा आयोजित कार्यक्रममा उनले महानगरपालिकाले लगभग २३, २४ वटा वडा कार्यालय र धेरै वटा स्कुलहरु अपाङ्गतामैत्री बनाईसकेको बताए । 

उनले भने, ‘अहिले हामीले ललितपुर महानगरपालिकाको जे जति संरचनाहरु बनाएका छौ । ती संरचनाहरु सबै नै अपाङ्गतामैत्री छ । हामीले लगभग २३, २४ वटा वडा कार्यालय बनायौं । त्यो सबै नै अपाङ्गतामैत्री छ । हामीले धेरै वटा स्कुलहरु बनायौं त्यो सबै पनि अपाङ्गतामैत्री छ ।’

यस्तै, गत वर्ष अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर अपाङ्ग भएका व्यक्तिहरुको लागि पाटन क्षेत्र अवलोकन पनि सहज बनाउने कार्य भएको उनले जानकारी दिए । 

साथै, जलाइएको अपाङ्गतामैत्री गाडीेभन्दा राम्रो प्रविधि भएको अर्को गाडी किन्नको लागि टेन्डर छापि सकेको र दुई वटा दम्कलको लागि पनि काम अघि बढेको उनको भनाई छ ।