काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९२ रुपैयाँ २३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८० रुपैयाँ ७१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९५ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ २९ पैसा र बिक्री
मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)शुभचिन्तकहरूको साथ–सहयाेग जुट्नाले काममा उत्साह जाग्नेछ। लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार बढ्नेछ भने आम्दानी पनि प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। इच्छाशक्ति बढ्नुका साथै कीर्तिम
काठमाडौं । एकेडेमी अफ कुलिनरी आट्र्स कलेजले आयोजना गरेको यःमरि बनाउने प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण गरिएको छ । बुधबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनबाट पुरस्कार वितरण गरिएको हो । पुरस्कार वितरण कार्यक्रममा मेयर महर्जनले यस्तो प्रतियोगिताले नेवारी समुदायको पहिचान संरक्षण, स्थानीय पर्यटन प्रवर्धन तथा परम्परागत सीपको जगेर्ना हुने बताए । कलेजले गत मङ्सिर १४ गते प्रतियोगिताको समापन गरेको थियो । सोही प्रतियोगिताको पुरस्कार भने आज वितरण गरिएको हो । उक्त समारोहमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेफ सन्तोष शाह लगायत विशिष्ठ अतिथ
जनकपुर । मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरिएको छ ।प्रदेश प्रमुख कार्यालयले आज मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा स्वीकृत गरेको जानकारी गराउँदै नयाँ सरकार निर्माण गर्नका लागि दलहरुलाई आह्वान गरेको छ । प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम अगामी शुक्रवार १९ गते साँझ ५ बजे भित्रमा सरकार गठनका लागि दाबी पेश गर्नका लागि दलहरुलाई आह्वान गरेको छ ।यो संगै दलहरु पुनः छलफलमा जुटेका छन् । आज दिउँसो बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने भनिएकोमा उनले बैठकमै राजीनामा दिएको घोषणा गरेका थिए ।
काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारी, निर्देशक पदमा कार्यरत मुरारी भण्डारी, उपप्रबन्धक समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, विजय थापा गुरुदत्त अधिकारी, र एक इन्जिनियरिङ कम्पनीविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।प्रतिव्यक्ति १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ ७६ पैसा बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो ।भक्तपुरको नलिन्चोकमा निर्णमा गरिएको हेलिप्याड प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको हो।
काठमाडौं— नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आजको खेलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले पहिला ब्याटिङ गर्ने भएको छ ।बुधबार टीयु क्रिकेट मैदानमा विराटनगरविरुद्ध लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।५ खेल खेलेको विराटनगर ४ जितसहित तेस्रो स्थानमा छ । लुम्बिनी ५ खेलबाट २ खेल जित्दै छैटौं स्थानमा छ ।
काठमाडौं— ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा गठन गरिएको ‘उज्यालो नेपाल पार्टी’ आज औपचारिक रूपमा घोषणा गरिएको छ। काठमाडौंको राष्ट्रिय सभा गृहमा सुरु भएको घोषणा सभामा पार्टीका संस्थापक घिसिङ स्वयंले सम्बोधन गर्ने तयारी गरिएको छ।सभास्थलमा हरियो टोपी लगाएका तथा हरियो झन्डा बोकेका समर्थकहरूको बाक्लो भीड देखिएको छ। पार्टीको चुनाव चिह्न ‘बलिरहेको चिम’ रहेकाले प्रवेशद्वारमै ठूलो चिमको प्रतीकात्मक संरचना पनि स्थापना गरिएको छ, जसले समर्थकहरूको उत्साह झनै बढाएको छ।घोषणा सभामार्फत पार्टीले औपचारिक रूपमा आफ्नो नीति–कार्यक्रम सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
काठमाडौं— उज्यालो नेपाल पार्टीमा जोडिएकी कलाकार रिमा विश्वकर्माले जेनजी आन्दोनमा गोली चलाउन आदेश दिने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली जस्तो नेता अब यो देशलाई खाँचो नभएको बताएकी छिन् । बुधबार उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभामा बोल्दै उनले देशले जवाफदेही नेतृत्व खोजिरहेको बेला प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर गोली चलाउने आदेश कसले दियो मलाई थाहा छैन् भन्ने जस्तो गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिने नेता अब यो देशलाई नचाहिने बताएकी हुन् । उनले भनिन्, ‘यो देशको हालत हेरेर म कसैको भर गर्न सक्दिन् । म आफ्नै मात्रै भर गर्न सक्छु । देश र देशवासीको लागि उज्यालो दिप बनेर जल्ने
काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बहुदलीय व्यवस्थामा पिल्लर राजनीतिक दल भएको भन्दै दलहरुको गतिविधिलाई नियन्त्रण र नेतालाई अपमान गरेर चुनाव हुन नसक्ने धारणा राखेका छन् । बुधबार प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले चुनावी वातावरण बनाएपछि मात्रै निर्वाचन हुने बताउँदै चुनाव–चुनाव भनेर मात्रै केही नुहने बताएका हुन् । उनले भने, ‘चुनाव भन्ने भन्दापनि गर्नेे कुरा हो । चुनाव गर्ने हो भने चुनाव हुने खालको तयारी गर्नुपर्छ । चुनावको लागि अनुकूल वातावरण नबनाइकन कसरी चुनाव हुन्छ ? त्यसको लागि वातावरण त बनाउनुपर्यो नि । चुनावको वातावरण बनाउँदा यो सच्चाईलाई
काठमाडौं— साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ । बुधबार नेप्से परिसूचक १३.५२ अंक घटेर २६३१.१७ विन्दुमा झरेको हो । यस दिन यसदिन सेन्सेटिभ इण्डेक्स ३.०३ अंक, फ्लोट इण्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०४ अंक घटेका छन् ।यद्यपि, बजारको कारोबार रकममा भने वृद्धि भएको छ । मंगलबारको ४ अर्ब ४८ करोड रुपैयाँको तुलनामा यस दिन ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यस दिन ३३२ स्टकको ६७ हजार ४८५ पटक कारोबार भएको थियो ।यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिष्टिलरी, मिथिला लघुवित्त वित्तीय स
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.