काठमाडौं— ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा गठन गरिएको ‘उज्यालो नेपाल पार्टी’ आज औपचारिक रूपमा घोषणा गरिएको छ। काठमाडौंको राष्ट्रिय सभा गृहमा सुरु भएको घोषणा सभामा पार्टीका संस्थापक घिसिङ स्वयंले सम्बोधन गर्ने तयारी गरिएको छ।
सभास्थलमा हरियो टोपी लगाएका तथा हरियो झन्डा बोकेका समर्थकहरूको बाक्लो भीड देखिएको छ। पार्टीको चुनाव चिह्न ‘बलिरहेको चिम’ रहेकाले प्रवेशद्वारमै ठूलो चिमको प्रतीकात्मक संरचना पनि स्थापना गरिएको छ, जसले समर्थकहरूको उत्साह झनै बढाएको छ।
घोषणा सभामार्फत पार्टीले औपचारिक रूपमा आफ्नो नीति–कार्यक्रम सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।






































