काठमाडौं । एकेडेमी अफ कुलिनरी आट्र्स कलेजले आयोजना गरेको यःमरि बनाउने प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण गरिएको छ । 

बुधबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनबाट पुरस्कार वितरण गरिएको हो । 

पुरस्कार वितरण कार्यक्रममा मेयर महर्जनले यस्तो प्रतियोगिताले नेवारी समुदायको पहिचान संरक्षण, स्थानीय पर्यटन प्रवर्धन तथा परम्परागत सीपको जगेर्ना हुने बताए । 

कलेजले गत मङ्सिर १४ गते प्रतियोगिताको समापन गरेको थियो । सोही प्रतियोगिताको पुरस्कार भने आज वितरण गरिएको हो । 

उक्त समारोहमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेफ सन्तोष शाह लगायत विशिष्ठ अतिथिहरुको विशेष उपस्थिति रहेको थियो ।