समाचार

    Showing 7,521-7,530 of 19,565 items.
  • गत चैत १५ गते राजावादीको आन्दोलनमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ

    काठमाडौं— काठमाडौंको तीनकुनेमा राजतन्त्र पक्षधरहरूको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–१ घर भइ कलङ्की बस्ने सन्तोष कुमार सिलवाल छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गए राति कोटेश्वरबाट पक्राउ गरेको हो । ३४ वर्षीय सिलवाल पूर्वराजा समर्थहरूको बिचमा सन्तोष राजावादी भनेर चिनिन्छन् । काठमाडौं–३२ कोटेश्वर स्थित महादेवस्थानबाट पक्राउ गरेर उनलाई कानुनी कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको ब्युरोका एकजना अधिकृतले जानकारी दिए । 

    • प्रकाशित मितिः वैशाख ६, २०८२
    • 203 पटक पढिएको
  • सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी चयन

    काठमाडौं— सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी चयन भएकी छिन्। नवौँ महाधिवेशनबाट उनी अध्यक्षमा भयन भएकी हुन्। उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव (सर्वसम्मत) राधा खनाल, सचिव उर्वशी बस्न्यात र कोषाध्यक्ष साजना तामाङ चयन भएका छन्।नयाँ कार्यसमितिममा कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईँ र दीपा रेग्मी सदस्य चुनिएका छन्।

    • प्रकाशित मितिः वैशाख ६, २०८२
    • 150 पटक पढिएको
  • सञ्चारमन्त्री गुरुङ भन्छन दर्ता नगर्ने भए फेसबुकसहितका सञ्जालमा प्रतिबन्ध लाग्छ

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्ने स्पष्ट पारेका छन् ।शुक्रबार काठमाडौंमा सञ्चारिका समूह नेपालको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सवै सामाजिक सञ्जाल प्ल्याट्फर्महरुले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिवन्ध लाग्ने स्पष्ट पारेका हुन् ।सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एकमहिनाको म्याद सकिन केही दिन बाँकी रहेको भन्दै उनले फेसबुक लगाएतका सामाजिक सञ्जाल दर्ता हुन नआएको उल्लेख गरे ।‘एक महिना पुग्न दुई त

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 315 पटक पढिएको
  • नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (नेपोन) को अध्यक्षमा पाण्डे चयन

    काठमाडौं— नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (नेपोन) को अध्यक्षमा विनोद पाण्डे चयन भएका छन् । काठमाडौंमा सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पाण्डे चयन भएका हुन ।उपाध्यक्षमा क्याप्टेन लालकाजी गुरुङ, महासचिवमा मदन केसी, उपमहासचिवमा तीर्थराज घिमिरे, सचिव (सङ्गठन विभाग) मा केदारप्रसाद देवकोटा, सचिव (विदेश विभाग) मा नारायणबहादुर श्रेष्ठ, सचिव (प्रचार विभाग) मा ध्रुवराज कार्की र सचिव (अर्थ) मा चन्द्रकुमार महतरा निर्वाचित भएका हुन।महाधिवेशनबाट लेखा आयोग अध्यक्षमा मनोहरि कार्की, अनुशासन आयोगमा मिठाराम केसी, भेटरन कमिटी आयोगमा पुष्पराम केसी, सुरक्षा तथा स्वयंसेवक आयोगमा उद्धव

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 305 पटक पढिएको
  • दर्ता नगरेका कारण कर्णालीमा ५ हजारभन्दा बढी उद्योग खारेज

    काठमाडौं— कर्णाली प्रदेशका १० जिल्लामा पाँच हजारभन्दा बढी उद्योग खारेजीमा परेका छन् । उद्योग दर्ता गरेर नियमित सञ्चालन नगरेका कारण पाँच हजार ३६३ उद्योग खारेजीमा परेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका प्रमुख देवीलाल सापकोटाले बताए ।खारेजीमा सबैभन्दा बढी दैलेखमा स्थापना गरिएका उद्योग छन् । दैलेखमा एक हजार ६७५ वटा उद्योग खारेज भएका छन् । दोस्रो खारेजीमा पर्नेमा सुर्खेत छ । सुर्खेतमा एक हजार ४५५ वटा खारेज भएका छन् ।कालिकोटमा चार सय ७८, जुम्लामा पाँच सय ८७, मुगुमा २१, सल्यानमा पाँच सय दुई, जाजरकोटमा चार सय २७, डोल्पामा ५१ वटा उद्योग खारेज भएका छन् । त्यस्तै हुम्लामा नौ र रुकुमप

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 150 पटक पढिएको
  • सिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु, १० जना पक्राउ

    काठमाडौं— डोटीमा जंगली जनावरको सिकार खेल्न गएका बेला अर्का व्यक्तिले बोकेको भरूवा बन्दुक पड्किंदा एक युवकको मृत्यु भएको छ ।बडिकेदार गाउँपालिका—१ को बर्छैन जंगलमा सिकार खेल्न गएका बेला बिहीबार दिउँसो भरूवा बन्दुक पड्किएर गोली लाग्दा सोही गाउँपालिका—२ बस्ने २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।बडिकेदार गाउँपालिका—१ रजेडा बस्ने ४८ वर्षीय कमलसिंह खड्काले बोकेको भरुवा बन्दुकको बट रुखमा ठोक्किंदा बन्दुक पड्किएर सार्कीको छातीमा गोली लागेको डोटीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विनोद शर्माले जानकारी दिए ।दाँया छातीमा गोली लागेका सार्कीको घटनास्थलमा मृत्यु भएको उनले बताए । घटनाको अनुसन

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 167 पटक पढिएको
  • घुस दिँदादिँदै पक्राउ परेका अधिकृत सापकोटा दोषी ठहर

    काठमाडौं— विशेष अदालतले अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशत्रय रामबहादुर थापा, मुरारीबाबू श्रेष्ठ र रितेन्द्र थापाको इजलासले सापकोटालाई दोषी ठहर गर्दै २ महिना १५ दिन कैद र ५० हजार बिगो जरिवानाको सजाय कायम गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ पुस २५ मा सापकोटा जिल्ला नुवाकोट, किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत रहँदा विशेषमा अभियोग पत्र दायर गरेको थियो । मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहँदा खरिद कार्यमा अनियमितता गरेको

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 126 पटक पढिएको
  • अवैध लागु औषधसहित ५ जना पक्राउ

    काठमाडौं— अवैध लागु औषधसहित ५ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। गएराति अन्दाजी ११ः४५ बजे जीतपुर सिमरा उपमहानगरपालिका ३ बजनी स्थित हेटौडाबाट वीरगन्ज तर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई रोकी चेक जाँच गर्दा लुकाई छिपाई राखिएको ३०५ किलो गाँजासहित ३ जनालाई प पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरका राजन लामा, ट्रकमा सवार ईश्वर लोप्चन  र ओसार पसारमा संलग्न  जीवन ठोकर रहेका छन् । त्यस्तै ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोली प्रसौनी  ४

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 161 पटक पढिएको
  • छ महिनापछि हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा

    काठमाडौं— हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको छ । उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि गत मङ्गलबारदेखि सिमेन्ट उत्पादन गर्न चुनढुङ्गा तयार पार्न प्रारम्भ भएको छ ।उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अुनसार एक दुई दिनपछि सिमेन्ट उत्पादन थालिने छ । अब दैनिक रुपमा ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ । विसं २०३३ मा जडान गरिएका यन्त्र थोत्रा भएकाले नयाँ खरिद गर्नुपर्नेमा उनले जोड दिए ।नेपाल विद्युत् प्राधिकरणलाई बिजुली महसुल र कर्मचारीलाई पारिश्रमिकको व्यवस्था गर्न कठिन भएको अवस्थामा नयाँ यन्त्र खरिद असम्भव भएको दुखेसो गर्दै उनले उद्योगका समस

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 245 पटक पढिएको
  • गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

    काठमाडौं— कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि गोली प्रहार भएको छ। गएराति मायादेवी गाउँपालिका–१ पकडी स्थित उनको निवासमा नै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए। राति विद्युत गएको समयमा चौधरी शौचालय गएर फर्कने क्रममा आफू माथि गोली प्रहारको प्रहरीको भनाइ छ। उनको अवस्था खतरामुक्त भएको प्रहरीको भनाइ छ।

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 313 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा