समाचार

    Showing 7,471-7,480 of 19,565 items.
  • खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    काठमाडौं— भारतबाट सामान ल्याउँदा भन्सार छलीमा सहजीकरण गरीदिने भन्दै घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको प्रहरी चौकी दुर्गौलियामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) खिम बहादुर खड्काविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । भारतबाट रुपन्देही जिल्लाको दुर्गौलिया नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरीदिने भनी खड्काले ३० हजार रुपैयाँ घुस लिएको अख्तियारको आरोप छ ।उनलाई घुस लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको हो । खड्काविरुद्ध अख्तियारले ३० हजार रुपैयाँ बिगो र चार महिनासम्म कैद सजायको माग गरेको छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 308 पटक पढिएको
  • लागूऔषध गाँजा बोकेको २ वटा सवारी साधन सहित ३ जना पक्राउ

    विराटनगर ।  धनकुटा र सुनसरीबाट लागूऔषध गाँजा बोकेको २ वटा सवारी साधन सहित ओसार पसारमा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १५ गते राती विशेष सुचनाको आधारमा धनकुटाको इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी विट मौनावुधुकबाट खटिएको प्रहरी टोलीले चौबिसे गाउँपालिका-५ स्थितबाट ना.५ख ६१५७ नम्वरको ट्रकमा लोड भएको अवस्थामा ३८ बोरा (९ सय ४६ किलोग्राम) गाँजा बरामद गरेको हो । गाँजा बरामद भए संगै ट्रक र ओसार पसारमा संलग्न रहेका चौविसे गाउँपालिका-५ का मनोज लिम्वुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसै गरी बिशेष सुचनाको आधारमा सुनसरीको इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रह

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 320 पटक पढिएको
  • धरानबाट चोरी भएको बस विराटनगरमा फेला

     विराटनगर । सुनसरीको धरानबाट हराएको यात्रुबाहक बस चार दिनपछि विराटनगरमा फेला परेको छ।शुक्रबार बिहान धरान उपमहानगरपालिका–८ स्थित दुर्गापथको एक ग्यारेजबाट चोरी भएको प्रदेश १–०२–००१ च ९७४९ नम्बरको बस मंगलबार दिउँसो विराटनगर महानगरपालिका–१२, मंगलबारे क्षेत्रमा भेटिएको हो।बस ग्यारेजबाट हराएको अवस्थामा भेटिए पनि त्यसको पार्टपुर्जा निकालिएको थियो। बसका मालिक हरेन्द्र चेम्जोङ हुन्। प्रहरीले दिएको जानकारी अनुसार, बसका केही पार्टपुर्जा विराटनगर–६ स्थित गीतादेवी साहले सञ्चालन गर्दै आएको एक कबाडी गोदाममा भेटिएका छन्।सीसी क्यामेराका फुटेजमा उक्त बस पूर्वपश्चिम राजमार्ग हुँदै खोर्सानेबाट विराटनगरतर्फ ग

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 224 पटक पढिएको
  • बालाजुमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर किन लगाइन आगो?

    काठमाडौं । काठमाडौंको बालाजुमा एक महिलाले शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छन् । बालाजुस्थित जागृति टोलकी ४५ वर्षीया बिना श्रेष्ठले आफ्नै शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ। ति महिलाले गएराति करिब १० बजेतिर शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ । घरायसी विषयमा श्रीमानसँग विवाद भएपछि शरीरमा पेट्रेल छर्केर आगो लगाएको खुलेको छ । उनको पेट, छाती, घाँटी र बायाँ हातको भाग जलेको छ भने शरीरको करिब २५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । ती महिलाको नयाँ बजारस्थित  पिपल्स अस्पतालमा उपचार भइरहेको छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 258 पटक पढिएको
  • नगरपालिकाको दबाबपछि खुल्न थाले चितवन कालिकाका विद्यालय

    काठमाडौं— शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन रोकिएका चितवनको कालिका नगरपालिकाका सामुदायिक विद्यालयहरू नगरपालिकाको दबाबपछि खुल्न थालेका छन्।लामो समय विद्यालय बन्द रहँदा बालबालिकाको पढ्न पाउने अधिकार खोसिएको भन्दै नगरपालिकाले विद्यालय सञ्चालन गर्न कडा दबाब बढाएपछि सोमबारदेखि केही विद्यालय खुलेका हुन्। नगरपालिकाले गत शुक्रवार एक विज्ञप्ति जारी गरेर सबै सामुदायिक विद्यालयहरू तत्काल सञ्चालन गर्न आह्वान गरेको थियो।नगरपालिकाको दबाबपछि सोमबारबाट कालिका–७ भटेनी स्थित पृथ्वी माध्यमिक विद्यालय सञ्चालनमा आएको विद्यालयका प्रधानाध्यापक सूर्यभक्त अधिकारीले बताए। उनले स्थानीय सरकारले विद्यालय खोल्न दिएको र शि

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 256 पटक पढिएको
  • अनिश्चितकालका लागि स्थगित भयो नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्र

    काठमाडौं— नेपाल विद्युत् प्राधिकरणले जारी गर्ने भनिएको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित भएको छ ।  बर्खास्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा भए,गरेका काम र आर्थिक अवस्था देखाउन प्राधिकरणले श्वेतपत्र सार्वजनिक गर्ने तयारी गरे पनि तत्कालका लागि स्थगित भएको प्राधिकरण स्रोतले बतायो । प्राविधिक कारणले अर्को सूचना नआउँदासम्म कार्यकारी निर्देशकबाट श्वेतपत्र जारी गर्ने कार्यक्रम स्थगित गरिएको जानकारी कर्मचारीहरूमा दिइएको छ । प्राधिकरणमा कुलमान बर्खास्तमा परेर नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आएसँगै प्राधिकरणको आर्थिक अवस्था जटिल रहेको सार्वजनिक कार्यक्रमहरूम

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 136 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडिबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश,  गण्डकी  प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेश को तराईको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देख

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 200 पटक पढिएको
  • नेपाल प्रहरीका जनपथ तर्फ ६३ एसपीको सरुवा

    काठमाण्डौ । नेपाल प्रहरीका जनपथ तर्फ सोमबार ६३ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले सोमबार बैशाखदेखि नै खटाएको ठाउँबाट तलव भत्ता पाउनेगरी उनीहरूको सरुवा/काज गरेको हो ।हेर्नुहोस् एसपी सरुवा/काजको सूची:

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 451 पटक पढिएको
  • अभिभावकको दबाबले आखिर खुल्न थाले विद्यालय

    इलाम — शिक्षक आन्दोलनले झण्डै महिनौंदेखि प्रभावित गरिरहेको शैक्षिक गतिविधिहरू अब नयाँ मोडमा पुगेका छन्। विद्यालयहरू लामो समयदेखि बन्द भएपछि अब अभिभावकहरूले दबाब दिन थालेका छन्, जसको परिणामस्वरूप कतिपय विद्यालयहरू फेरि सञ्चालनमा आएका छन्। इलाम नगरपालिकाका पुवा मझुवाको विडापानी माध्यमिक विद्यालयका अध्यक्ष देवराज थापाले शिक्षकहरूलाई विद्यालय सञ्चालन गर्न आग्रह गर्दै भने, "अहिलेसम्म आन्दोलनलाई समर्थन गर्दै आएका हौं, तर अब अभिभावकको दबाब हामीसँग सहन गर्न सक्दैनौं।" यस पछि, विद्यालय फेरि खोलिएको छ।विभिन्न विद्यालयमा अभिभावकहरूले शिक्षकलाई स्कूल खोल्नका लागि दबाब दिएका छन्। नेपालटार माध्यमिक विद्यालय

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 309 पटक पढिएको
  • अध्यक्ष नेपाल र सम्मानित नेता खनाल सोमबार शिक्षक आन्दोलनमा जाने

    काठमाडौं— विगत २६ दिनदेखि जारी शिक्षक आन्दोलनको समर्थनमा सोमबार (आज) नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बानेश्वर क्षेत्र जाने भएका छन्। शिक्षक आन्दोलनको समर्थनमा ऐक्यबद्धता जनाउन  सोमबार दिउँसो १२ः३० बजे अध्यक्ष नेपालसहित पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल बिजुलीबजारमा जाने भएका हुन्। उपाध्यक्ष जगन्नाथ खतिवडाले उक्त क्षेत्रमा पूर्वप्रधानमन्त्रीद्धय नेपाल र खनाल जाने कुरा सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।उनले लेखेका छन, ‘२६ दिनदेखि चलिरहेको शिक्षक आन्दोलनको समर्थनमा एक्यबद्धता जनाउन र सरकारले गरेको हेलचेक्र्याइ, अपमान र दमनको बिरोध भोलि

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 412 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा