समाचार

    Showing 7,461-7,470 of 19,565 items.
  • सरकार र शिक्षकहरूबिच वार्ता सुरु

    काठमाण्डौ । सरकार र शिक्षकहरूबिचको वार्ता सुरुभएको छ । शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्त र नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीसहितको वार्ता भैरहेको हो ।शिक्षक महासंघले प्रस्ताव गरेको ९ बुँदेमा सहमति जुटाउने गरी छलफल अगाडि बढेको छ । शिक्षकहरूले ऐन जारी गर्ने सुनिश्चतता खोजेपछि सरकारका गृहमन्त्री लेखक, दुई ठूला दलका प्रमुख सचेतक पनि बैठकमा सहभागी भएका हुन् ।वार्तामा नेपाल शिक्षक महासङ्घका पदाधिकारीसहित महासङ्घमा आबद्ध शिक्षक संगठनका प्रतिनिधिहरू र गृहमन्त्री रमेश लेखक, सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे पनि सहभागी भएका छ

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 250 पटक पढिएको
  • रेशम चौधरी पक्राउ गर्नू भनी पत्र काट्ने विष्ट पक्राउ

    काठमाडौं— नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नू भनी पत्र काट्ने अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतले दिएको जानकारीअनुसार उनलाई नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी परिसर ल्याइएको छ ।विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए । सोही आधारमा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पत्र लेख्ने विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको सर्वोच्चका एक अधिकारीले जानकारी दिए ।

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 230 पटक पढिएको
  • शिक्षकको अडान र सरकारको मौनताले सामुदायिक विद्यालयका विद्यार्थी र अभिभावकलाई यसरी हुँदैछ हानि

    काठमाडौं— शैक्षिक हड्ताल घोषणा गर्दै चैत २० गतेदेखि काठमाडौंका सडकमा आन्दोलन गर्दै आएका शिक्षकहरुको आज २९ औ दिन भएको छ । देशभरका विभिन्न ठाउँबाट आएका दशौँ हजार शिक्षक तथा विद्यालय कर्मचारीहरू एकसूत्रीय माग अघि सारेर सडक आन्दोलनमा होमिएका हुन् । उनीहरुले २०८० को असोज २ गतेदेखि काठमाडौंकेन्द्रित सडक आन्दोलन गरेपछि सरकारले ६ बुँदे सम्झौता गरेको थियो । उक्त सम्झौतामा शिक्षा मन्त्रालयले संसद्को सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद् सञ्चालनसम्बन्धी मौजुदा विधिबमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्ने भनिएको थियो । दुई पटक गरिएको ११ बुँदे सहमतिअनुसार सरकारले विद

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 719 पटक पढिएको
  • होटलमा आगलागी हुदा १५ जनाको मृत्यु

    एजेन्शी  ।  भारतको कोलकाता सहरको ऋतुराज होटलमा मङ्गलबार भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको भारतिय प्रहरीले बताएको छ ।आगलागी भएको होटलमा केही मानिस बच्नका लागि झ्यालबाट बाहिर र छतमा चढेर निस्किएका थिए ।होटलको कोठा र छतबाट धेरै मानिसलाई उद्धार गरिएको थियो।दुई बालबालिका र एक महिलासहित मृतकको सङ्ख्या १५ पुगेको छ। होटल ग्यास च्याम्बरमा परिणत भएर धेरै मानिसको निस्सासिएर मृत्यु भएको देखिन्छ ।आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भैरहेको छ।  आगलागी हुँदा ८८ जना पाहुना रहेको ऋतुराज होटल कोलकाताको केन्द्रीय भागको व्यापारिक क्षेत्रमा अवस्थित छ ।भारतमा अग्नि नियन्त्

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 305 पटक पढिएको
  • नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशमलाल चौधरी पक्राउ

    काठमाण्डौ  ।   नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशमलाल चौधरी पक्राउ परेका छन्।उनी आज बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका हुन्। प्रज्ञा प्रतिष्ठानमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकताको तयारी भइरहेकाबेला चौधरी पक्राउ परेका हुन्। उनलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी प्रज्ञा भवनमा पुगेका थिए । हाल चौधरीलाई डिल्लीबजार कारागारमा राखिएको जनमतका अध्यक्ष सीके राउतले बताएका छन्। ‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राउ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएक

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 622 पटक पढिएको
  • सुनसरीबाट लागूऔषध गाँजा सहित सिटी सफारी र चालक पक्राउ

    सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका-३ स्थितबाट लागूऔषध गाँजा ओसर पसारमा संलग्न सिटी सफारी सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ ।बैशाख १६ गते प्रहरी चौकी घुस्की र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खटिएको प्रहरी टोलीले हरीनगर-३ गौतमपुर स्थितमा  प्रदेश १-०२-००४ ह १६४३ नम्वरको सिटी सफारीलाई संका लागी चेकजाँच गर्ने  क्रममा ४१ किलोग्राम गाँजा फेला पारेको हो । उक्त गाँजा बरामद भए संगै सिटी र चालक इनरुवा नगरपालिका-७ का ३० बर्षीय अमिर मियाँलाई प्रहरीले पक्राउ गरेको हो । गाँजा सहित पक्राउ परेका मियाँको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट  थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 352 पटक पढिएको
  • प्रहरीले सबैसँग शिष्ट र मर्यादित व्यवहार गर्नुपर्ने गरी ऐन संशोधन हुँदै

    काठमाडौं— प्रहरीले शिष्ट र मर्यादित व्यवहार गर्नुपर्ने गरी प्रचलित ऐन संशोधन हुने भएको छ । सरकारले केही नेपाल ऐन संशोधन विधेयकमार्फत प्रहरी ऐन २०१२ मा संशोधन गर्न लागेको हो । यस निम्ति सरकारले ल्याएको विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।प्रतिनिधि सभाबाट पारित भएको केही नेपाल ऐन संशोधन विधेयकले प्रहरी ऐन २०१२ को दफा १५ र दफा ३६ मा संशोधन गरेको छ । दफा १५ मा संशोधन गर्दै प्रहरीले सेवाग्राही र सबैसँग शिष्ट र मर्यादित व्यवहार गर्नुपर्ने भनिएको छ । दफा ३६ मा प्रहरी विशेष अदालतको स्थापना र गठन सम्बन्धी व्यवस्था छ ।दफा ३६ को (ख) मा प्रहरी नायव निरीक्षकदेखि प्रहरी नायव उपरीक्षक सम्मको लागि क्षेत्रीय

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 331 पटक पढिएको
  • एमनेष्टी इन्टरनेसनल नेपाल भन्छ नेपालमा मानव अधिकारको अवस्था झन् खस्कियो

    काठमाडौं— एमनेष्टी इन्टरनेसनलले नेपालमा मानव अधिकारको अवस्था झन् खस्किएको जनाएको छ । मानवअधिकार अवस्थाबारे प्रतिवेदन सार्वजनिक गर्दै एमनेष्टी इन्टरनेसनलले विश्वव्यापी रूपमै ८० वर्षभन्दा बढी लगाएर प्राप्त गरेको समानता, न्याय र मर्यादाका उपलब्धि खतरामा परेको उल्लेख गरेको छ । यसको गम्भीर असर नेपालमा पनि परेको एमनेष्टीले जनाएको छ ।‘मानव अधिकारको अवस्थामा सन् २०२४ सन्तोषजनक छैन’ प्रतिवेदन सार्वजनिक गर्दै एमनेष्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भने ‘सरकार नै आलोचनालाई दबाउने कार्यमा लागि पर्‍यो।’प्रदर्शनकारीहरूमाथि प्रतिबन्ध लगाएर, गैरकानुनी बल प्रयोग गरेर र प्रदर्शनकारीहरूलाई बलपूर्वक

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 328 पटक पढिएको
  • डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, छ जना घाइते

    काठमाडौं— धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका–२ मेलखोला स्थित भीमदत्त राजमार्गमा गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।दुर्घटनामा ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका नेगीलाई धनगढीस्थित माया मेटो अस्पतालका डाक्टरले उपचार गर्नुपूर्व नै मृत घोषणा गरेका थिए ।  बैतडी डिलासैनी गाउँपालिका–४ का २७ वर्षीय धीरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय रामबहादुर नेगी, ६५ वर्षीया धना नेगी, २८ वर्षीय वीरबहादुर

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 295 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।   हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगाललको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीको अवस्था छ। कोशी प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा पनि भइरहेको छ।दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली हुने जनाएको छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको स

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 328 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा