काठमाडौं— गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले बिहीबार बिहानै एकता संवादका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नख्खु करागार गएका थिए।

फेसबुकमार्फत उनले ‘बालेन र कुलमानलाई मिलाएको’ उल्लेख गर्दै भनेका थिए ‘बालेन र कुलमानको एकतापछि, हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्दैछौं र उहाँको धारणा पनि सुन्नेछौं।’

गुरुङले रविलाई नख्खु कारागारमा भेटपछि उनले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै एकताबारे कुरा भएको सुनाए। उनका अनुसार रविले आफ्नो पार्टीले जेनजीहरुले उठाएको मुद्धामा पूरा साथ दिने बचन दिएका छन्।

गुरुङ र रबिको कुराकानी

जेनजीका लागि हामी सुरुदेखि नै साथमा थियौँ। अब चाहिँ हामी खुलेर साथ दिन्छौँ। भ्रष्टाचारविरुद्धको तपाईंहरूको जुन मुद्धा छ, सबैले उठाए। आफैले भ्रष्टाचार गर्ने, अनि आफैँ मुद्धा उठाउने भयो। आफैँ धामी, आझैँ झाँक्री हुने भए। म लगायत, मेरो सम्पूर्ण पार्टी साथमा छौँ। तपाईंहरुले उठाएको मुद्धामा, हरेक कुरामा अब रास्वपा पनि खुलेर लाग्छौँ ।

भेटमा रविले आफूलाई सहकारी ठगीका नाममा अनावश्यक मुद्धा मामिलामा फसाइएको गुनासो गरेका थिए। यसबारे अहिलेको सरकारे झन शक्तिशाली आयोग बनाएर छानबिन गर्न सक्ने समेत बताएको गुरुले उल्लेख गरे।

सहकारी पीडितको कुरा आफूहरुले पहिलेदेखि नै उठाएको भन्दै रविको कुरा यसमा के रहेछ भनेर बुझ्न पनि कारागार गएको गुरुङले बताए।