समाचार

    Showing 24,881-24,890 of 26,051 items.
  • कुलमान घिसिङ पुन: प्राधिकरणमा

    काठमाडौं//नेपाल विद्युत् प्राधिकरणमा मन्त्रिपरिषद्ले कुलमान घिसिङलाइ पुन:  नियुक्त गरेको गरेको छ। ऊर्जा मन्त्रालयको प्रस्तावमा घिसिङलाई  प्राधिकरणको कार्यकारी निर्देशकमा पुन:  नियुक्त गरिएको एक मन्त्रीले जानकारी गराएका छन्।  ऊर्जा मन्त्रालयले घिसिङलाई फोन गरेर नियुक्तिबारे जानकारी समेत दिइसकेको छ । यता  वर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई भने आयोगमा विशिष्ट श्रेणी पद सिर्जना गरेर जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ। शाक्यले यसअघि आफूलाई अन्याय नहुने गरी अन्य जिम्मेवारी दिए जाने बताए अनुसार उनले अहिले खाइपाइ आएको सुविधा नघट्ने गरी आयोगमा सरुवा गरिएको मन्त्र

    • प्रकाशित मितिः साउन २७, २०७८
    • 84 पटक पढिएको
  • काठमाडौंबाट हुण्डी कारोबार गर्ने ४ जना पक्राउ

    काठमाडौं / हुण्डी कारोबारमा संलग्न चार जनालाई काठमाडौँको गणबहालबाट प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा तनुज अग्रवाल, नितेश श्रेष्ठ, नर बहादुर खड्का र अर्जुन चौलागाईं रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले जानकारी दिएका छन् । हुण्डी कारोबारका मुख्य आरोपी तनुज अग्रवाल रहेको र उनीहरुको साथबाट ९१ लाख ९६ हजार रुपैयाँ बरामद गरेको बस्नेतले जानकारी दिएका छन् ।महानगरीय प्रहरी परिसर काठमाडौंबाट परिचालन भएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–२२ गणबहाल स्थित तनुजको घरमा छापा मारेर सो रकम बरामद गरेको हो ।  बरामद भएको रकम सहित उनीहरुलाई नियन्

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 116 पटक पढिएको
  • काठमाडौँमा बेलुकी ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक

    काठमाडौँ / जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको निषेधाज्ञामा साउन २८ गतेबाट बिहीबार बेलुकी ८ बजेदेखि लागू हुने गरी सवारी साधन सञ्चालनमा रोक लगाएको उल्लेख भएको छ ।पछिल्लो समय कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकामा रात्रिकालीन सवारी साधनको आवतजावतमा कडाइ गरिएको उल्लेख भएको छ । आदेशमा अत्यावश्यक सवारीसाधन मात्रै सञ्चालन गर्न पाइने भनिएको छ । त्यसैगरी, निषेधाज्ञाको समय आगामी भदौ ८ गतेसम्म थप भएको र अन्य प्रावधान पहिलेकोलाई नै निरन्तर

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 83 पटक पढिएको
  • उपभोक्ता समितिका अध्यक्षद्वारा किर्ते हस्ताक्षर गरी रकम हिनामिना

    राजविराज / मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्षले हस्ताक्षर किर्ते गरी बैंकबाट रकम निकालेको भन्दै कोषाध्यक्षले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छिन् ।सप्तरीको महदेवा गाउँपालिका ५ मा निर्माणधीन राम जानकी मन्दिर  उपभोक्ता समितिका अध्यक्ष बिरेन्द्र मण्डल विरुद्ध कोषाध्यक्ष भुवनेश्वरी मण्डलले उजुरी दिएकी हुन् ।जिल्ला प्रशासन कार्यालय सप्तरीमा सोमबार  दर्ता भएको उजुरीमा गाउँपालिकाबाट प्राप्त बजेटमा निर्माण भइरहेको मन्दिरका लागि प्राप्त २ लाख २७ हजार रकम हनुमाननगर कंकालिनी नगरपालिकास्थित राष्ट्रिय वाणिज्य बैंकको खाता नं. २२२७ बाट आफूलाई थाहै नदिई अध्यक्ष मण्डलले किर्ते हस्ताक्षर प्

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 105 पटक पढिएको
  • राजस्वको स्टिकर सहित ३ भारतीय र २ नेपाली पक्राउ

    बिर्तामोड / प्रहरीले आन्तरिक राजस्व विभागको स्टिकर सहित पाँच जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको लखिमपुर खिरीका १९ वर्षीय संजित कुुमार र सोही ठाउँका २० वर्षीय रिङ्कुु कुमार र २२ वर्षीय सुरेश कुुमार छन् । उनीहरुसँगै रौतहटको गरुडा नगरपालिका–१ का ४० वर्षीय राजकुमार शाह र पर्साको वीरगञ्ज महानगरपालिका–१३ का ५५ वर्षीय विजय गुुप्ता पक्राउ परेका छन् ।उनीहरुलाई प्रहरीले कैलालीको गौरीगंगा नगरपालिका–७ तालबन्द सडकखण्डबाट पक्राउ गरेको हो । ना ३२ क ६२८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट प्रहरीले दुई लाख ८८ हजार ६ सय ७४ वटा आन्तरिक राजस्व विभागको स्टिकर बरामद गरेको छ ।प्रहरीले पक्राउ पर्नेको

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 151 पटक पढिएको
  • ब्राउन सुगर सहित पाँच पक्राउ

    इनरुवा / लागूऔषध ब्राउन सुगर सहित प्रहरीले सुनसरीको इनरुवा नगरपालिका ५ स्थित बसपार्कबाट कार सहित ४ जनालाई नियन्त्रणमा लिएको छ  । पक्राउ पर्नेको साथबाट १३० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी १४ का २० वर्षीय अमोद कुमार यादव, सप्तरीको तिलाठी कोलारी ४ का २० बर्षीय ईनर कुमार मुखिया, सप्तरी रामपुर मलहनिया १४ का २४ वर्षीय बिनोद कुमार कामत, सप्तरी तिलाठी कोलारी ४ का १९ वर्षीय रमेश मुखिया र तिलाठी कोलारी ४ का २२ वर्षीय फुल कुमार मुखिया रहेका छन् ।लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यलय सुनसरीको प्रहरी टोलीले  

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 152 पटक पढिएको
  • प्रतिबन्धित औषधी सहित एक जना पक्राउ

    मोरङ  / मोरङको लेटाङ नगरपालिका ९ बुढौली चौकबाट प्रतिबन्धित औषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा लेटाङ ८ का २४ बर्षीय पदम बहादुर राई रहेको ईलाका प्रहरी कार्यालय लेटाङले जानकारी दिएको छ ।सोमबार बेलुका साढे ५ बजे अस्थाई प्रहरी चौकी जातेबाट परिचालन भएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधी २ सय ट्याब्लेट र स्पासपेन १ सय ७० ट्याब्लेट सहित पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिएका छन् ।पक्राउ परेका राईलाई ईलाका प्रहरी लेटाङमा राखी थप

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 112 पटक पढिएको
  • प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु

    काठमाडौं / ईलाका प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमका इन्चार्ज प्रहरी निरिक्षक कपिल वाग्लेको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट घाइते भएका वाग्लेको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो । सोमबार राति लु १४ प ७५ नम्बरको मोटरसाइकलले चेकिङ ड्युटीमा रहेका वाग्लेलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी राजु लामाले जानकारी दिएका छन् । घाईते उनलाई तत्काल चिसापानी सामुदायिक अस्पतालमा उपचारपछि भैरहवा मेडिकल कलेजमा थप उपचारका लागि पठाइएको थियो । 

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 97 पटक पढिएको
  • मेची नदीले बगायो नेपाल–भारत मुख्य सीमा पिलर

    भद्रपुर //  मेची नदीले कचनकवल गाउँपालिका-५ स्थित पाठामारीमा रहेको एउटा मुख्य सीमा पिलर बगाएको छ।केही दिन अघि परेको अविरल वर्षाले  मेची नदीमा पानीको बहाव बढेको थियो। नदीले पाठामारीको तटीय क्षेत्र कटान गर्ने क्रममा नेपाल–भारतको एउटा मुख्य सीमा पिलर बगाएको हो।नेपाल–भारतको संयुक्त सीमा फिल्ड सर्वे टोलीले सीमा पिलरहरू केही समस्या देखिएमा संयुक्त रुपमा काम गर्नुपर्ने दुवै देशका  सरकारको नीति रहेपनि जिर्ण रहेको ११२ नम्बर सीमा पिलरको मर्मत गर्न नसकेकाले नदीले बगाएको हो । सीमा पिलर जोखिममा रहेको भन्ने बारेमा एक वर्षअघि नै सम्बन्धित निकायलाई जानकारी भएको भए तापनि कोरोना महामारीका कारण त्य

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 106 पटक पढिएको
  • बैकिङ कसुर मुद्दामा एक महिला पक्राउ

    बिर्तामोड / बैंकिङ कसुर मुद्दामा सजाय फैसला भएको एक महिलालाई झापा प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत बिराटनगरको इलाम इजलासले कैद तथा जरिवाना फैसला गरेका बिर्तामोड नगरपालिका –९ की गायत्री भंगडलाई प्रहरीले पक्राउ गरेको हो ।२०७६ पुषमा भंगडबिरुद्ध अदालतले बैंकिङ कसुर मुद्दामा फैसला गर्दै ११ दिन कैद र ८ लाख जरिवाना असुल गर्न फैसला गरेको थियो । सोही समयमा पक्राउ परेकी भंगडले ११ दिन न्यायिक हिरासतमा बसेर ५० हजार रुपैयाँ धरौटीमा रिहा भएकी थिइन् ।कैद सजाय भुक्तान गरेको भएपनि उनले अदालत साउन २५ गते (आज) को आदेश बमोजिमको रकम बुझाउन नसकेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।कानुन अनुसार भंगडले अब जरिवाना

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 233 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.