समाचार

    Showing 24,841-24,850 of 26,051 items.
  • कारको ठक्करबाट एकको मृत्यु, एक घाईते

    बिर्तामोड / झापाको बाह्रदशी गाउँपालिका –७ सिमल चौकमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका घर भई हाल कन्काई नगरपालिका –८ डेरा गरी बस्ने ३२ वर्षीया सरस्वती मगर रहेकी छिन् । आइतबार राती साढे १० बजे उत्तर जादै गरेको प्रदेश–१ –०१–०१२ प १९४२ नम्बरको स्कुटीलाई प्रदेश १–०१–००१ च ७२७७ नम्बरको कारले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी स्कुटी चालक बाह्रदशी गाउँपालिका –७ की २८ वर्षीया प्रमिता कार्की र पछाडि सवार सरस्वती घाईते भएका थिए । उनीहरूलाई उपचारको लागी बीएन्डसी अस्पतालमा पुर्‍याउन सा

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 75 पटक पढिएको
  • डाका मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

    विराटनगर  / डाका मुद्दाका फरार प्रतिवादी एक जनालाई १६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । मोरङको टाँडीबाट पदम विश्वकर्मालाई प्रहरीले पक्राउ गरेर हो ।विश्वकर्मा विरुद्ध धनकुटा जिल्ला अदालतले २०६२ भदौ १४ गतेको फैसलाबाट डाका मुद्दामा ६ वर्ष कैद र ४५ हजार रुपैयाँ जरिवाना आदेश गरेको थियो । यसैगरी धनकुटा जिल्ला अदालतले नै २०६२ असोज ११ गतेको फैसलाले ९ वर्ष कैद एक लाख ५५ हजार ५५० रुपैयाँ जरिवाना आदेश गरेको थियो ।उनी विरुद्ध दुई वटा डाका मुद्दामा कुल १५ वर्ष कैद र दुई लाख पाँच सय पचास जरिवाना ठहर भएपछि फरार भएका थिए । विश्वकर्मालाई १६ वर्षपछि प्रहरीले गत साउन २९ गते मोरङ मिक्लाजुङ टाँडीबाट पक्र

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 104 पटक पढिएको
  • अफगानिस्तानमा नेपाली श्रमिक पठाउने मेनपावर कम्पनीलाई उपस्थित हुन विभागको निर्देशन

     काठमाडौं//अफगानिस्तानमा नेपाली श्रमिक पठाउने मेनपावर कम्पनीलाई  बैदेशिक रोजगार विभागले बोलाएको छ। रोजगारीका लागि अफगानिस्तान पुगेका नेपालीको अवस्थाबारे छलफल गर्नका लागि भोलि (सोमबार) मेनपावर कम्पनीहरुलाई बोलाएको हो ।अफगानिस्तानको कुन ठाउँमा कुन अवस्थामा नेपालीहरु छन् भन्ने बारेमा जानकारी लिन ,यकिन विवरण जानकारीमा राख्न तथा उद्दारका लागि पहल गर्न मेनपावर कम्पनीहरुलाई विवरणसहित बोलाएको बताइएको छ । यस्तो गर्दा उनीहरुको उद्दार गर्न सहज हुने जनाइएको छ। यता विभिन्न देशले आ–आफ्ना नागरिक फिर्ता लैजान थालेका छन् ।विदेशी सैनिक फिर्ता हुन थालेपछि अफगानिस्तानमा विद्रोही संगठन तालिवानले विभिन्न

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • 95 पटक पढिएको
  • मोरङ ग्याङ फाइट हत्या प्रकरण :मुख्य अभियुक्त ११ महिनापछि पक्राउ

    मोरङ//मोरङमा भएको ग्याङ फाइट हत्याका मुख्य अभियुक्त ११ महिनापछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा ग्रामथान–२ का केके भन्ने ३१ वर्षीय कृष्ण चौधरी रहेका छन्।बेलबारी–५ कसेनी लोहन्द्रा खोलामा ग्याङ फाइट हत्याको घटनापछि फरार भएका चौधरीलाई मोरङबाट  सादा पोशाकमा खटिएको प्रहरी टोलीले लामो समयपछि पक्राउ गरेको हो। उनि दुहबीमा बस्दै आएका थिए। सुन्दरहरैंचा नगरपालिकाको बाँसबारीमा पक्राउ गरि उनलाई  मोरङ अदालतमा पठाएको मोरङ प्रहरी प्रवक्ता डिएसी दिपक श्रेष्ठले जानकारी गराएका छन्।  अदालतमा चौधरीको बयान र थुनछेक बहस सकिएपछि  अदालतले आदेश गर्ने उनले बताएका छन्। गत  भदौ १२ गते भएको ग्याङ

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • 96 पटक पढिएको
  • झापामा एक पुरुषको शव सडेको अवस्थामा फेला

    झापा//झापामा एक पुरुषको शव फेला परेको छ।कमल गाउँपालिका–२ क्याम्पाका ५० वर्षीया राजु लिम्बूको शव धानबारीमा फेला परेको हो।  आइतबार बिहान दुर्गन्धित अवस्थामा चोकबाट करिब ५० मिटर पूर्व धानबारीमा  उनको शव फेला परेको प्रहरीले जानकारी गराएको छ। शव सडेर दुर्गन्ध आउन थाले पछि स्थानीयवासीले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए।घटनाको कारण भने खुल्न सकेको छैन। । ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका लिम्बूको मृत्यु केही दिनअगाडि नै भएको हुनसक्ने प्रहरीको अनुमान छ।परिवारको पहिचानपछि शवलाई परीक्षण लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • 67 पटक पढिएको
  • भ्रष्टाचार गरेको आरोपमा प्रहरी पेट्रोल पम्पका एक असई बिरुद्ध मुद्दा दर्ता

    काठमाडौं//अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पेट्रोल पम्पको कारोबारमा भ्रष्टाचार गरेको भन्दै एकजना बिरुद्ध  मुद्दा दर्ता गरेको छ । प्रहरी कल्याण कोषद्धारा संचालित पेट्रोल पम्पको कारोबारमा भ्रष्टाचार गरेको भन्दै काठमाडौंको नक्सालस्थित पेट्रोल पम्पमा कार्यरत असई दीलिप कार्की  बिरुद्ध  मुद्दा दर्ता गरेको हो। कोषको संचालित खातामा अन्य ब्यक्तिले भुक्तानी गरेको रकमलाई पेट्रोल पम्पको आम्दानी देखाएर एक करोड तीन लाख  सन्तानब्बे हजार रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको उनीमाथि आरोप छ। आयोगले कार्की बिरुद्ध हिनामिना गरेको रकम भराउने र जेल सजायको मागदाबी सहित  आइतबार विशेष अदालतम

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • 102 पटक पढिएको
  • चामल बिक्रीमा अनियमितता गर्नेमाथि छानविन

    हुम्ला / हुमलाको सिमकोट गाउँपालिकामा लकडाउनको अवधिमा २० प्रतिशत सहुलियत दरको चामलमा कर्मचारीले घोटाला गरेको विषयमा छानविन गरिने भएको छ । छुटको चामल बिक्रीमा भएको अनियमितता छानविन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन सदस्यीय छानविन समिति गठन गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले छानविन टोली आज जिल्ला आउने जानकारी दिए । सरकारले निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेशनको चामल, पिठो, दाल, नून, चिनी खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने निर्णय गरेको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी जिल्ला शाखाका कर्मचारीले

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • 70 पटक पढिएको
  • खाग काटिएकाे अवस्थामा मृत गैँडा फेला

    चितवन / चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएको अवस्थामा मृत गैँडा फेला परेको छ ।निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हिलोमा गडेका मृतावस्थामा गैँडा फेला परेको जानकारी दिए ।दलदलमा फसेका अवस्थामा यही साउन ११ गते मृत गैँडा भेटिएपछि अनुसन्धान अघि बढाएको निकुञ्जले घटनाबारे आज मात्रै जानकारी दिएको हो । कम्तीमा दुई महिनाअघि मरेको हुनसक्ने आशङ्का गरिएको छ । खाग काटिएको र टाउकोका हड्डीमा गोली लागेको जस्तो चोट देखिएको बताइएको छ । उनले भने, “खाग काटिएका अवस्थामा मृत गैँडा भेटियो ।” नेप

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • 77 पटक पढिएको
  • झापामा एक पुरुष मृत फेला

    बिर्तामोड / झापामा एक जना पुरुष मृत फेला परेका छन् । कमल गाउँपालिका– २ स्थित क्याम्पा चोक नजिकै धानबारीमा स्थानीयवासी राजु लिम्बू मृत फेला परेका हुन् । नयाँ बस्तीमा बस्दैआएका अन्दाजी ५० वर्षीय लिम्बूको शव आज बिहान दुर्गन्धित अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका लिम्बूको मृत्यु केही दिन अगाडि नै भएको हुनसक्ने प्रहरीको अनुमान छ । शव खेतका बिचमा भएका कारणले सडेर दुर्गन्ध आउन थालेपछि स्थानीयवासीले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । घटनाबारे कारण खुल्न सकेको छैन् । परिवारको पहिचान पश्चात् शवलाई परीक्षण लागि अस्पताल पठाइएको जिल्ला प्रहरी क

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • 611 पटक पढिएको
  • मोरङ कारागारमा कैदीको मृत्यु

    विराटनगर  / विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको धरान –८ घर भएका ३० वर्षीय सुवास लिम्बू रहेका छन् । लिम्बुको शनिबार १ बजे उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको जेलर रामप्रसाद पोखरेलले जानकारी दिए ।लिम्बुकाे स्वास प्रश्वासमा समस्या भएपछि कारागार प्रशासनले अस्पताल लगेको थियो । अस्पताल पुर्‍याएर उपचारको क्रममा मृत्यु भएको हो ।लागूऔषध मुद्दामा पक्राउ परेका लिम्बुलाई मोरङ अदालतले ३ वर्ष कैद र १ लाख जरिवानाको फैसला सुनाएको थियो । लागूऔषध ल्याउने क्रममा मोरङ प्रहरीले लिम्बुलाई २०७४ चैत २३ गते पक्राउ गरेको थियो ।

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • 82 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.