झापा / झापा अर्जुनधारा-४ मदनपुर स्थितबाट लागूऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मंगलबार ७ ग्राम खैरोहिरोईन ब्राउनसुगर सहित उनिहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा अर्जुनधारा-२ का १८ वर्षीय एबिट बुढाथोकी,३० वर्षीय सजित समाल र अर्जुनधारा-३ का २६ वर्षीय सौगात खतिवडा रहेका छन् । साथै उनीहरूको साथबाट नगद ४९ हजार ५ सय रुपैयाँ समेत फेला पारी बरामद गरिएको छ । पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान तथा लागूऔषध मुद्दामा कानुनी कारबाही अगाडि बढाइएको छ ।
धरान / केही दिन देखि निरन्तर परेको वर्षाका कारण पहिरो खस्दा चतरा – बराहक्षेत्र सडक खण्ड अवरुद्ध भएको छ । वराहक्षेत्र नगरपालिका –१ स्थित कोसिपुलबाट वराहक्षेत्र धाम जोड्ने चतरा–बराहक्षेत्र सडक अवरुद्ध भएको हो । सडकमा सोमबारदेखि पहिरो जान थालेको स्थानीय राजु घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार सोमबार सडक विभागका कर्मचारी सहित टेम्पाे व्यवसायीले पहिरो पन्छाएर सामान्य रुपमा यात्रा गर्न सक्ने बनाएका थिए । पुनः मंगलबार पहिरो गएपछि सडक अवरुद्ध भएको छ । पहिरोका कारण बराहक्षेत्र मन्दिर जाने बाटो अवरुद्ध भएको बराहक्षेत्र नगरपालिका –१ का अध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए ।
विराटनगर / मोरङको कानेपोखरीबाट पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीय रुद्रबहादुर सर क्षेत्री र पूर्णबहादुर बोहोरा रहेका छन् । हतियार लुकाएर राखेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल सुरक्षा बेस पथरीशनिश्चरे र प्रहरी चौकी रमाइलोको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरको हो । उनको साथबाट ‘मेड इन युएसए’ लेखिएको एउटा पेस्तोल, तीन राउण्ड गोली र एउटा खुकुरी बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धान र कारवाहीका लागि इलाका प्रहरी कार्यालय पथरीमा राखिएको प्रवक्ता श्रेष्ठले
सप्तरी / सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुरमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । करेन्ट लागेर पवन यादवको छोरा नौ वर्षीय अर्जुनकुमार यादवको मङ्गलबार राति मृत्यु भएको हो । गोठमा खेल्ने क्रममा भुइँमा लत्रिएको बिजुलीको नाङ्गो तारबाट करेन्ट लागी घाइते भएका बालकलाई उपचारका लागि कल्याणपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्युपछि शव फर्काएर घरमा ल्याई राखिएको प्राप्त सूचनाका आधारमा गएको प्रहरी टोलीले शव परीक्षणका लागि आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानका
मकवानपुर / मकवानपुरबाट ‘खैरो हेरोइन’ किनबेच गर्न लागेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका –५ का ३२ वर्षीय एन्जल मास्केको घरबाट सरोज डंगोल, सुशिल कुमार लामा र घरधनी मास्के रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेकाे हाे । उनीहरूको साथबाट प्रहरीले २५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।
अर्घाखाँची / पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पाणिती गाउँपालिका ७ अडगुरीमा आएको पहिरोले जीवनलाल सुनारकी नौ वर्षीय छोरी झरना सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको हो । प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार मङ्गलबार साँझ घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको र अन्य तीन जना घाइते भएका थिए । घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको जनाइको छ ।
ओखलढुंगा / ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा सिद्धिचरण नगरपालिका ७ टोड्केकी ४० बर्षिया मीनाकुमारी श्रेष्ठले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छिन् ।घरबाट करिब १ किलोमिटर टाढा रहेको टोड्के सामुदायिक वनपाखामा सोमबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । महिलाले आत्महत्या गरेको स्थान छेवैमा डिजेल प्रयोग गरिएको बोतल तथा सानो झोला समेत फेला परेको प्रहरीले जनाएको छ ।घटनापछि प्रहरीले शवको मुचुल्का उठाई शवलाई सोमबार पोस्टमार्टमपछि परिवारको जिम्मा लगाएको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । उक्त महिला केही समयअघि कोभिड संक्रमित समेत थिइन् । मृतकक
बिराटनगर / १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरमा सञ्चालित प्रहरी जवान १३८ औ समुहको आधारभुत तालिममा सहभागी ६७१ जना प्रहरी जवानहरू दीक्षित भएका छन् ।मिति २०७७ साल मंसिर ३ गते देखी सञ्चालित प्रहरी जवान १३८ औ समुहको २ सय ३४ कार्यदिनको आधारभूत तालिम पश्चात आज प्रशिक्षार्थीहरूलाई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानीको प्राङ्गणमा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बि.सी.को प्रमुख आतिथ्यमामा दीक्षान्त समारोह सम्पन्न भएको हो ।प्रहरी जवान १३८ औ समुहको आधारभुत तालिममा सहभागी १३३ जना महिला सहित ६७१ जना प्रहरी जवानहरू दीक्षित भएका हुन । १ नम्बर प्रदेश प्र
विराटनगर / प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरमा सञ्चालित ‘प्रहरी जवान आधारभूत तालिममा एक सय ३३ महिला सहित ६ सय ७१ दीक्षित भएका छन् । २०७७ साल मङ्सिरबाट सञ्चालित सय ३८ औँ समूहको सो तालिममा प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण र दङ्गा प्रहरी गण सुनसरी दुहबीबाट उनीहरु दीक्षित भएका हुन् । प्रशिक्षार्थीलाई प्रहरी सङ्गठनको परिचय, सुरक्षा प्रहरी कार्य, अपराध नियन्त्रण, अनुसन्धान, विद्यमान कानुन र प्रहरी नियुक्ति तथा कारबाही लगायत विषयवस्तुमा दुई सय ३४ दिन प्रशिक्षण दिइएको थियो ।तालिममा उत्तमकुमार मगर प्रथम, डम्बर सुन्दास द्वितीय, अध्ययनम
लमजुङ / लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ मा एक घरमा आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ । आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गएराति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताएका छन्। उनले भने, “आगलागीको कारण यही हो भन्न नसकिए पनि उनीहरू दुवै जना बढी मादक पदार्थ सेवन गर्ने र ग्यासबाट चुरोट सल्काउने गर्दथे । त्यही समयमा ग्यास लिग भएर आगलागी भएको हुनसक्छ । बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०/१५ दिनअघि मात्रै दुवै जना सुधार केन्द्रमा बसेर घर फर्किएका थिए ।” ढुङ्गामाटोका गाह्रो र जस्तापाताको छानो भएको धन्सार
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.