समाचार

    Showing 24,721-24,730 of 26,051 items.
  • घुस लिएको आरोपमा माओवादीका दुई कार्यकर्ता पक्राउ

    काठमाडौँ / घुस मागेको आरोपमा माओवादीका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोट घर भएका तिलक बहादुर उपाध्याय र रोल्पाका दत्त बूढा रहेका छन् । उनीहरूले महानगरीय प्रहरी वृत्त स्वयम्भूको हिरासतमा रहेका थुनुवालाई ‘छुटाउँछौँ’ भनेर घुस लिएको अनुसन्धानबाट खुलेको काठमाडौँ परिसरका प्रवक्ता (एसपी) रमेश बस्नेतले जानकारी दिए । पक्राउ परेका उपाध्याय माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य हुन् भने दत्त पूर्व विद्यार्थी नेता हुन् । जुवा खालबाट पक्राउ परेकाहरूसँग उनीहरूले ३ लाख नगद लिएका थिए ।

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 71 पटक पढिएको
  • मोटरसाइकलको ठक्करबाट ओखलढुङ्गामा पैदल यात्रीको मृत्यु

    ओखलढुङ्गा  / ओखलढुङ्गा मानेभन्ज्याङ गाउपालिका-५ ताराबारी स्थित सिद्धिचरण राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही पालिका ओखरबोटकी ५० वर्षीया कर्ममाया मगर रहेकी छन् । बुधवार बेलुका पौने ५ बजे ओखलढुंगा सदरमुकामबाट हर्कपुर तर्फ जादै गरेको बा ३६ प ३५२२ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भिर घाईते भएकी उनको मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालक सोही स्थानका २१ वर्षीय रेवत बहादुर पुलामी मगर प्रहरी चौकी मानेभन्ज्याङको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 67 पटक पढिएको
  • गाउँपालिकामा बेथिति : सरकारी कोषमा जनप्रतिनिधिको रजाई

    राजविराज / सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष – उपाध्यक्ष सहितका जनप्रतिनिधि र प्रशासकीय अधिकृतले सरकारी कोषमा रजाई गरेको सार्वजनिक भएको छ ।सवारीसाधन खर्चका नाममा उनीहरूले सरकारी कोषको चरम दुरुपयोग गरेको महालेखा परीक्षकको प्रतिवेदनले समेत ठहर गरेको छ । महालेखाले गाउँपालिकाबाट सवारीसाधन खर्चका नाममा जनप्रतिनिधि र कर्मचारीले दोहोरो सुविधा लिइरहेको ठहर गरेको हो । प्रतिवेदनमा गाउँपालिका कोषबाट सवारी साधन खर्चका नाममा १४ लाख २६ हजार २ रुपैयाँ खर्च देखाएको भन्दै त्यसमा प्रश्न उठाइएको छ ।गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले तिन ओटा मोटर साइकल प्रयोग गरिरहेको भन्दै त्यसमा पनि महालेखाले प्रश्न उठाएको

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 66 पटक पढिएको
  • खोलाले कार बगाउँदा चार जनाको मृत्यु

    दाङ  / दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा घोराही उपमहानगर –१३ की ४० वर्षीया रितामाया पुन, सोही ठाउँकी ३५ वर्षीया सुशीला श्रेष्ठ, घोराही १५ की ३३ वर्षीया राधा कुँवर, सोही ठाउँकी ४३ वर्षीया विमला केसी रहेका छन् । बुधबार राति ११ बजे घोराही उपमहानगरपालिका –४ स्थित सिस्ने खोलामा आएको बाढीले ३–०१–०२४ च ४४४० नम्बरको कार बगाउँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।काफ्लेका अनुसार कारका चालक घोराही १३ का ४३ वर्षीय नरबहादुर पुन गम्भीर घाइते छन् । उनको दायाँ खुट्टा, ढाड र बायाँ

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 91 पटक पढिएको
  • सरकारी वेबसाइटले गोपनीयता राख्नुपर्ने

    काठमाडौँ /  सरकारले  सरकारी वेबसाइटले प्रचलित कानुनबमोजिम गोपनीयता राख्नुपर्ने व्यवस्था गरेको छ । सरकारी वेबसाइटले प्रचलित कानुनबमोजिम गोपनीयता राख्नुपर्ने व्यवस्थासहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी कार्यालयको आधिकारिक वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०६८ भने खारेज गरिएको छ । निर्देशिकाले कार्यालय, कार्यालयको सेवा, कर्मचारीको विवरण, सम्पर्क नम्बर तथा इमेल, नागरिक बडापत्र, फारमसहितका विवरण राख्नुपर्ने, सबै सरकारी कार्यालयका वेबसाइटमा एक रुपताका लागि सूचना प्रविधि विभागले तयार गर

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 81 पटक पढिएको
  • बर्थडेको गिफ्ट भन्दै गाँजा तस्करी गर्ने एक दम्पत्ती सहित ३ पक्राउ

     इटहरी//बर्थडेको गिफ्ट भन्दै गाँजा तस्करी गर्ने  एक दम्पत्ती सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटाको साँगुरी गढी - ८ घर भई इटहरी ४ मा डेरा गरी बस्ने २७ वर्षीय दीपेन्द्र राई र उनकी श्रीमती २५ वर्षीया शर्मिला राई रहेका छन्। इटहरीबाट प्र.१–०२–०४३ प.८८०४ नं. को मोटरसाइकलमा  विराटनगरतर्फ जाँदै गरेका उनीहरुलाई कोशी राजमार्गको खनारबाट २१ किलो गाँजासहित पक्राउ गरेको हो। उनीहरुले ह्याप्पी बर्थडे लेखिएको रंगीचंगी र्‍यापिङ पेपरले बेरेको कार्टुन बोकेको प्रहरीले बताएको छ। शंका लागी चेकजाँच गर्दा २१ पोका गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जयसिंह

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 83 पटक पढिएको
  • चर्चित मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन

     काठमाडौं //चर्चित मोडल तथा कलाकार निशा घिमिरेको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखी उपचार गरिएको घिमिरेको आज साँझ ६ः५१ बजे मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ।नर्भिक अस्पतालले अचेत अवस्थामा घरमै थन्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते उद्वार गरेको थियो । उद्वार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।  लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन। खाना पनि पाइपबाट खुवाउने गरिएको थियो ।  उनका शरीरमा रहेका घाउहरू समेत लामो समयसम्म पुरिन नसकेको उपचारमा संलग्न एक चिकित्सकले बताएका छन् । गम्भीर अवस्थाम

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 160 पटक पढिएको
  • शर्मा प्रधान सेनापतिमा नियुक्त

    काठमाडौं / रक्षा मन्त्रालयले बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधान सेनापतिमा नियुक्त गरेको छ । बुधबार रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले शर्मालाई प्रधान सेनापतिको नियुक्ति पत्र प्रदान गरेका हुन्।शर्मा अहिले कायममुकायम प्रधान सेनापतिको रुपमा कार्यरत छन्। शर्मालाई रक्षा सचिव पौडेलले बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।शर्मालाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रावण २६ गते प्रधान सेनापतिमा नियुक्त गरेकी थिइन्।

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 70 पटक पढिएको
  • ताप्लेजुङमा चार महिनापछि निषेधाज्ञा हट्यो

    ताप्लेजुङ / ताप्लेजुङमा चार महिनापछि निषेधाज्ञा हटाइएको छ । जिल्लास्थित कोरोना सङ्कट व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकले निषेधाज्ञा हटाएको हो ।जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई सयभन्दा कम रहेको र दैनिक सङ्क्रमित हुने दरमा पनि घटेकाले निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।निषेधाज्ञा हटाए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्य रुपमा पालना गर्नुपर्ने छ । मास्क नलगाएको र भौतिक दूरी कायम नगरिएको पाइए प्रतिव्यक्ति  एक सय रुपैंया जरिवाना तिराउने वैठकले निर्णय गरेको छ ।

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 78 पटक पढिएको
  • कुटपिटमा परि महिलाको मृत्यु

    लहान / सिरहाको कल्याणपुर नगरपालिका– ९ डुमरीमा आज बिहान दुई परिवारबीच विवाद हुँदा एक महिलाको मृत्यु भएको छ । सामान्य विषयलाई लिएर दुई परिवारबीच विवादसँगै कुटपिट हुँदा स्थानीयवासी ६५ वर्षीया भालसैरदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।विवाद बढ्दै गएपछि भएको कुटपिटमा भारसैरदेवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभास बुढाथोकीले जानकारी दिएका छन् ।भारसैरदेवीको मृत्यु भएलगत्तै कुटपिटमा संलग्न भएको आरोप लागेका जयकुमार र श्रीदेव फरार भएको उपरीक्षक बुढाथोकीले बताएका छन् । भारसैरदेवीको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 91 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.