समाचार

    Showing 24,461-24,470 of 26,051 items.
  •  एक युवकलाई नाङ्गेझार पारेर लुट्ने धराने युवती प्रिया गुरुङ सहित ९ जना पक्राउ    

         काठमाण्डौ// काठमाण्डौमा एक युवकलाई नाङ्गेझार पारेर लुट्ने धरानकी प्रिया गुरुङसहित उनको समुहका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरानकी २२ वर्षीया प्रिया गुरुङ, मोरङको बेलबारी नगरपालिका -४ का २७ वर्षीय  यमन राई, दाङको घोराही नगरपालिका -१६ का  २१ वर्षीय अनिल मगर रहेका छन्। त्यसैगरी रुकुमको तकसेरा गाउँपालिका -४ का ३० वर्षीय सूर्य बूढा मगर, सिन्धुपाल्चोकको ठूलो पाखार का २५ वर्षीय विशाल केसी, काभ्रेपलाञ्चोक तामाघाट की २१ वर्षीया पूजा राई, कैलालीको सुखड नगरपालिका -१ की २२ वर्षीया सुषमा कार्की, काभ्रेपलाञ्चोक चौवास की २२ वर्षीया इस्मी कुँवर र काभ्रे

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 15,469 पटक पढिएको
  • अपहरणमा परेका शाहको नेपालबाट उद्धार

    काठमाडौँ / अपहरण गरी नेपाल ल्याइएका एक भारतीय नागरिकको सप्तरीबाट प्रहरीले उद्धार गरेको छ । भारतको बिहार राज्यका २२ वर्षीय शंकरकुमार साहलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सप्तरीको बलान विहुल गाउँपालिकाबाट उद्धार गरेको हो । शाह बलान बिहुल गाउँपालिका –५ रामनगरस्थित नेपाल भारत सीमानजिक झाडीमा खुट्टामा साङ्लोले बाँधेर राखिएको अवस्थामा फेला परेका सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । साहको अज्ञात समूहले अपहरण गरी नेपालको दशगजातर्फ लगेको सूचना भारतीय प्रहरीले दिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले अपहरितको खोजी गरेको थियो ।अपहरित साहलाई

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 188 पटक पढिएको
  • पोलभाडा नतिरेको भन्दै प्राधिकरणले काट्यो इन्टरनेट कम्पनीको तार

    बिर्तामोड / नेपाल विद्युत प्राधिकरणले पोलको भाडा नतिर्ने इन्टरनेट कम्पनीको तार काटेन थालेपछि देशभर इन्टरनेट अवरुद्ध भएको छ । इन्टरनेट कम्पनीले पोलको भाडा तिर्न नमानेपछि तार काटिदिएको प्रधिकरणले जनाएको छ । पछिल्लो समय प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीबीच पोल भाडाको विषयमा विवाद भइरहेको छ । प्राधिकरणले अव्यवस्थित तार व्यवस्थित बनाउने भन्दै पोल भाडा वृद्धि गरेपछि इन्टरनेट कम्पनीले पोल भाडा नतिर्ने भन्दै अडान लिइरहेको छ । ‘प्राधिकरणले देशभर रहेका आफ्ना १२९ वितरण केन्द्रमार्फत हरेक ठाउँमा सांकेतिक रुपमा तार काटेको इन्टरनेट सेवाप्रदायक संघ नेपालका अध्यक्ष सुधीर पराजुलीले बताए । &nbs

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 153 पटक पढिएको
  • त्रिशूली नदीमा पुरुषको शव फेला

    काठमाडौँ / चितवनको इच्छाकामना गाउँपालिका –४ स्थित धारापानी नजिकै त्रिशूली नदीमा एक युवकको शव फेला परेको छ । नदीको किनारामा अन्दाजी ३० वर्षका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको हालसम्म सनाखत नभएको प्रहरीले जनाएको छ । प्रहरीले सो क्षेत्र नजिक कोही मानिस हराइरहेको भए शवको पहिचानका लागि इलाका प्रहरी कार्यालय मुग्लिनमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 139 पटक पढिएको
  • फेक ईन्काउन्टर : नागरिक हत्याले बादलको राजनिति धरापमा

    बिर्तामोड / दुई वर्ष पुरानो निहत्था नागरिकको हत्याको फेक इन्काउन्टर प्रकरणका विषयमा जाहेरी दर्ता गरी अनुसन्धान गर्न सर्वोच्च अदालतले प्रहरीलाई आदेश दिएपछि दल वदलु नेता भनेर चिनिएका एमाले नेता राम बहादुर थापा बादलको राजनैतिक यात्रामा कालो बादल मडारिन थालेको छ ।२०७६ साल असार ५ गते दोहोरो भिडन्तका नाममा प्रहरीको  ‘फेक इन्काउन्टर’ मा मारिएका नेकपाको विप्लव समुहका नेता भनिएका कुमार पौडेलको हत्याका विषयमा जाहेरी दर्ता गरी अनुशन्धान गर्न अदालतले आदेश दिएपछि बादलको राजनिती संकटमा परेको हो ।माओवादी केन्द्र छाडेर एमालेमा नै बसेका बादल पनि हत्याको अभियोगमा अनुशन्धानको दायरामा तानिएका हुन् । आफु गृहम

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 117 पटक पढिएको
  • पहिरोको कारण मेची राजमार्ग अवरुद्ध

    बिर्तामोड / इलामको इलाम नगरपालिका –८ स्थित जिरो–धोबिधारा सडक खण्डमा पहिरो जाँदा मेची राजमार्ग अवरुद्ध भएको छ । शनिबार बिहान सो क्षेत्रमा सुख्खा पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको हो । पहिरोका कारण झापाबाट इलाम हुँदै पाँचथर, ताप्लेजुङ जाने र त्यहाँबाट तराई झर्ने सवारी साधनलाई आवतजावत गर्न रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ।ट्राफिक प्रहरी कार्यालयका अनुसार राजमार्गमा अवरुद्ध हुँदा वैकल्पिक बाटो प्रयोग गरेर साना सवारी साधनको आवागमनलाई सहज बनाइएको छ।सडकको करिब आधा भाग पहिरोले बगाएको छ । पहिरो गएको सडक क्षेत्रको अवस्था हेर्दा सडक निर्माण हुन केही दिन लाग्न सक्ने प्रहरीले

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 108 पटक पढिएको
  • यस्तो छ चाडपर्व लक्षित सुरक्षा योजना

    हेटौंडा /  मकवानपुर जिल्ला प्रशासन कार्यालयले दसैँ, दिपावली र छठ पर्वलाई लक्ष गरी सुरक्षा योजना बनाएको छ । नेपालीको प्रमुख चाडपर्वका बेला जिल्लाभित्र शान्तिसुरक्षा कायम राख्न र कोभिड–१९ का कारण जनस्वास्थ्यको सुरक्षाका लागि पनि उक्त योजना ल्याइएको हो ।कार्यालयद्वारा जारी सुरक्षा योजनाअनुसार सार्वजनिक यातायातका साधनमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्ने गरी क्षमताभन्दा बढी यात्रु राख्न रोक लगाइने र आवतजावतका क्रममा यात्रु ठगिने अवस्था आउन नदिन तथा हैरानी हुने अवस्था आउन नदिन हेटौंडा उपमहानगरपालिका क्षेत्रको बसपार्क र चौकी टोलमा रहेको सुमो काउन्टरमा ट्राफिकसहितको चाडपर्व लक्षित नागरिक सह

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 70 पटक पढिएको
  • पशुपतिका साधुमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ

    काठमाडौं / पशुपति क्षेत्रका साधुमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको जगतपुर नयाँबस्ती घर भएका ३७ वर्षीय ताराबहादुर लामिछाने रहेका छन् । लामिछानेलाई शुक्रबार बिहान हेपाली हाइटबाट पक्राउ गरेको महानगरीय परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार उनको साथबाट घटनामा प्रयोग भएको खुकुरी र झोला समेत बरामद गरिएको छ ।उनी गत असोज ११ गते पशुपतिस्थित विश्वरुपा क्षेत्रका सन्तोष भन्ने साधुलाई खुकुरी प्रहार गरेर फरार भएका थिए । 

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 181 पटक पढिएको
  • अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशले पाए सफाइ

    बिर्तामोड / अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधान्यायाधीशले सफाइ पाएका छन् । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधान्यायाधीशलाई सफाइ दिएको हो ।पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सफाइ पाएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले मागदाबी नपुग्ने फैसला सुनाएको छ ।चार पूर्व प्रधानन्यायाधीशले २४ पुस २०७७ मा संयुक्त विज्ञप्ति निकालेर ५ पुसमा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको वक्तव्य दिएका थिए ।अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरी स्वतन्त्र र निष्पक्ष न्याय सम्पाद

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 120 पटक पढिएको
  • १६४ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ

    धरान / सुनसरीबाट खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोशी गाउँपालिका –५ घर भएका ३८ वर्षीय नईसाद अलि मिया रहेका छन् । मियालाई प्रदेश एक प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले सुनसरीको कोशी गाउँपालिका –१ स्थित लौकही बजारबाट पक्राउ गरेको हो । पक्राउ परेका मियाको साथबाट प्रहरीले एक सय ६४ ग्राम खैरो हेरोइन बरामद गरेको छ । 

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 73 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.