समाचार

    Showing 24,381-24,390 of 26,051 items.
  • मुगु दुर्घटना :ज्यान गुमाउनेको संख्या ३२ पुग्यो

    मुगु // मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ। नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१३६ नंम्बरको यात्रुवाहक बस  छायाँनाथ रारा नगरपालिका -७ पिना गाउँसातमोडमा दुर्घटना भएको हो।नेपालगन्जमा उपचारको क्रममा  चारसहित ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएकाहरुको नेपालगन्जमा उपचार भइरहेको बताइएको छ। बसको टायर पन्चड हुँदा बस सडकदेखि दुई सय मिटर तल खसेको प्रमुख जिल्ला अधिकारी रोम महतले जानकारी गराएका छन्। 

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 165 पटक पढिएको
  • विङ्गर र मोटरसाइकल ठोक्किँदा १२ घाइते

    धनगढी / कैलालीमा विङ्गर र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।दुर्घटनामा परी मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका –१५ का लक्ष्मण चौधरीसहितका १२ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तरगत धनगढीबाट जाँदै गरेको से १ ज ११०५ नम्बरको वीङ्गरले  से ६ प ५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।घाइतेहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ । उनीहरूमध्ये मोटरसाइकल चालक चौधरीको अवस्था गम्भीर छ भने अन्य खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 88 पटक पढिएको
  • अपडेट : सिटिजन्स बैंकबाट २१ लाख रकम गायब, एक नेपालीसहित दुई भारतीय पक्राउ

    मोरङ / मोरङको धनपालनाथ गाउँपालिकाको कर्सियाको सिटिजन्स बैंकबाट लुटेराको समूहले २१ लाख रुपैयाँ चोरी गरेको छ । सोमबार दिउँसो ४ बजे तिर पेस्तोलसहित आठ जनाको समूहमा आएका लुटेराहरूले बैँकका सुरक्षा गार्डलाई गोली हानी २१ लाख रुपैयाँ रकम चोरी गरेको मोरङ प्रहरीले जनाएको छ । लुटेरा समूहले पेस्तोलबाट २ राउन्ड गोली चलाएकोमा एक राउन्ड गोली सुरक्षा गार्डलाई लागेको र अर्को गोली भने लुटेरा समूहकै सदस्यलाई लागेको बताइएको छ । गोली लागेर घाइते भएका बैँकका सुरक्षा गार्ड ३७ वर्षीय शीतल कुँवरको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।बैंक लुट्नलाई भारतीय नागरिक प्रयोग गरिएको खुलेको छ । नेपाल

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 649 पटक पढिएको
  • डडेल्धुरामा बस दुर्घटना हँदा १६ जना घाइते

    डडेल्धुरा / धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ख १७४ नम्बरको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार नजिकै दुर्घटना भएको छ । दुर्घटनाबाट १६ जना घाइते भएका छन् । घाइते हुनेमा ६ महिला, २ बालबालिका र ८ पुरुष छन् ।बस ब्रेक फेल भएर मंगलबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । बसमा ५०र६० यात्रु रहेका र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए ।

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 88 पटक पढिएको
  • च्याङ्ग्राको भाउ बढ्दा, खसीबोकाको माग बढ्यो

    कास्की  / दसैँ सुरु भएपछि पोखराको याम्दी र सिम्पानीमा हिमाली च्याङ्ग्रा आउन सुरु हुन्छ । पोखरा–बाग्लुङ राजमार्गको सिम्पानीबाट हेमजाको विभिन्न स्थानमा च्याङ्ग्राको हुल बिक्रीका लागि राखिएको हुन्छ । च्याङ्ग्रा खरिद–बिक्रीको मेला लाग्दछ ।व्यवसायीले मुस्ताङ, डोल्पा, रोल्पा, बैतडी, बझाङलगायतका जिल्लाबाट दुई– तीन साता लगाएर हिँडाएर च्याङ्ग्रा बिक्री गर्न पोखरा ल्याइ पु¥याउँछन् । बजारमा च्याङ्ग्रा देखिन थालेसँगै सर्वसाधारणमा दसैँ आएको छनक आउँछ । हिमाली चिसो मौसममा हुर्केका, जडीबुटी खाएकाले च्याङ्ग्र्राको मासु दसैँमा उपभोक्ताको विशेष रोजाइमा पर्छ । स्वादिलो हुने भएकाले सकभर दसैँमा धेरैको भान

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 107 पटक पढिएको
  • मोरङको कर्सियामा सिटिजन बैंकमा लुटपाट, एक घाइते

    विराटनगर  / मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन बैंकमा लुटपाट भएको छ । समूहमा आएका लुटेरा समूहले बैंकका सुरक्षा गाडीमाथि तीन गोली चलाएर बैंकमा लुटपाट गरेको हो । गोली लागेका गार्ड घाइते भएका छन् भने लुटपाटको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गोली चलेको सूचना पाए लगत्तै मोरङ प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठका अनुसार पाँच जनाको समूहमा आएको लुटेरा समूहले लुटपाट गर्न खोज्दा गोली चलेको हो । लुटेरामध्ये दुई जना तल र दुई जना बैँकको काउन्टरसम्म पुगेको प्रत्यक्ष दर्शीले

    • प्रकाशित मितिः असोज २५, २०७८
    • 1,164 पटक पढिएको
  • अन्नपूर्णमा भएको दुर्घटनामा ८ जनाको मृत्यु

    बिर्तामोड / पर्यटकीय क्षेत्र अन्नपूर्ण गाउँपालिकामा भएको सडक दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका –११ घान्द्रुक जाँदै गरेको जिप दुर्घटनामा परी आठ जनाको मृत्यु भएको हो ।पोखराको हरिचोकबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको बोलेरो जिप अपराह्न २ः०० बजे  अन्नपूर्ण को कलाभीर भन्ने ठाउँमा सडकबाट  ११० मिटर तल खसेको थियो ।दुर्घटनामा परी जिपका चालकसहित ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट घुम्न गएका ६ पुरुष, १ महिला र जिपका चालक खुसीमान क्षेत्रीको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । जिपमा चालकसहित १० यात्रु सवार रहेका थिए ।घाईते एक जनाको

    • प्रकाशित मितिः असोज २५, २०७८
    • 107 पटक पढिएको
  • एनआरएनएको महाधिवेशन तथा विश्व सम्मेलन स्थगित

    बिर्तामोड / गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ ।संघको आइतबार भर्चुअल रुपमा सम्पन्न अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय बैठकले पूर्वनिर्धारित विश्व सम्मेलन तथा चुनावी कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।संघले अक्टोबर २० मा निर्वाचन र अक्टोबर २३ देखि २५ सम्म १० औं विश्व सम्मेलन गर्ने तयारी गरेको थियो । तर, प्रतिनिधि चयन लगायतका विषयमा उजुरी परेपछि परराष्ट्र मन्त्रालयले दुई पटकसम्म पत्र काटेर विवादको टुंगो नलागेसम्म निर्वाचन नगर्न पत्राचार गरेपछि संघको आइतबार बसेको बैठकले निर्वाचन तथा महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।संघका प

    • प्रकाशित मितिः असोज २५, २०७८
    • 153 पटक पढिएको
  • जेठी आमाको हत्याको आरोपमा युवक पक्राउ

    गुल्मी / गुल्मीमा आमाको हत्या गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका –१३ दुबिचौरका २५ वर्षीय प्रकाश बिक रहेका छन् । प्रकासले आइतबार साँझ मदिरा सेवन गरेर आफ्नी जेठी आमा ६० वर्षीया पार्वती विकलाई चिर्पट प्रहार गरेका थिए ।  चिर्पटको प्रहारबाट पार्वताको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोपालचन्द्र भट्टराई जानकारी दिए । 

    • प्रकाशित मितिः असोज २५, २०७८
    • 105 पटक पढिएको
  • यात्रुसँग बढी भाडा लिने सात पक्राउ

    काठमाडाैँ / दशैँ मनाउन घर जाने यात्रुसँग तोकिएको भन्दा वढी भाडा लिने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरूलाई यात्रुहरूसँग टिकट काउन्टरको कर्मचारी हुँ भनी पोसाक तथा परिचय पत्र साथमा नलिई अनधिकृत रूपमा भाडा उठाई बिचौलियाको काम गरेको भन्दै पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए । पक्राउ पर्नेमा कोटेश्वर एरियाको काउन्टरबाट खोटाङ ऐशेलुखर्क –३ का भीम निरौला र रञ्जित श्रेष्ठ, बल्खु एरियाको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एल एक्स चौधरी, मकवानपुर भिमफेदीका प

    • प्रकाशित मितिः असोज २५, २०७८
    • 141 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.