दाङ / दाङबाट प्रहरीले एक लाख ९८ हजार रुपैयाँ नगदसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ नपर्नेहरूमा तुल्सीपुर –११ का रोहित न्यौपाने, सोही स्थानका चित्रबहादुर बस्नेत, मिनकेतन गिरी, सुरेन्द्र लामा, वडा नम्वर –१२ का मानबहादुर रावत, दिपेन्द्र गिरी, विवेक मल्ल र दिगाम्बर गिरी रहेका छन् । शुक्रवार दिउँसो प्रहरी निरीक्षक रञ्जनबहादुर स्वाँरको नेतृत्वमा खटिएको प्रहरी टोलीले तुल्सीपुर –६ रजौरा टोलको एक खाली घरमा जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरेको दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।पक्राउ परेकाहरूको साथबाट प्रहरीले १ लाख ९८ हजार दुई सय रुपैयाँ नगद र १६ थान क
बिर्तामोड / वैदेशिक रोजगारीको क्रममा कुवेत गएका चार नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र एक पुरुष रहेका छन् । तेह्रथुम आठराई घर भएकी २६ वर्षीया सञ्चिता बस्नेतको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।यस्तै इलाम सन्दकपुरका प्रदीप फागुको गत शनिवार हृदयघातका कारण मृत्यु भएको बताइएको छ । फागु आफ्नै कोठामा मृत अवस्थामा फेला परेका थिए ।मृतक मध्ये अन्य दुई जनाको परिचय खुल्न सकेको छैन । फिङ्गर प्रिन्ट रिपोर्ट आएपछि शवको पहिचान हुने दूतावासले जनाएको छ ।
बाँके / बाँकेबाट चितुवाको छाला र हड्डीसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत पञ्चपुरी नगरपालिका –७ का २४ वर्षीय रमेश वयक, २८ वर्षीय वसन्त बिसी र बाँके राप्ती सोनारी गाउँपालिका –९ का ३५ वर्षीय हिरासिंह विक रहेका छन्।शुक्रबार बेलुका इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उनीहरूलाई कोहलपुर –११ स्थित सागर गेस्ट हाउसको कोठाबाट पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट प्रहरीले एक थान चितुवाको छाला र एक किलो ४० ग्राम हड्डी बरामद गरेको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
कैलाली / कैलालीमा चक्कु प्रहार गरी किशोरको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भजनी नगरपालिका –३ का १८ वर्षीय किरण साउद रहेका छन् । किरणले शुक्रबार राती टीकापुर नगरपालिका –८ कालीमाटीका १८ वर्षीय अनुप साउदको चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए । एसपी अधिकारीका अनुसार चक्कु प्रहारबाट गम्भीर घाइते भएका अनुपको उपचारका क्रममा शुक्रबार राति नै टीकापुर अस्पतालमा मृत्यु भएको हो ।चक्कु प्रहार गरेर फरार भएका किरणलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले नियन्त्रणमा लिएर अनुसन्ध
बिर्तामोड / नेपालमा हाल उल्लेखनीय मौसम प्रणाली नभएपनि देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको आँकलन गरिएको छ ।
काठमाडौं / राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय उपसमितिको टोलीले उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको अनुगमन गरेको छ । उपसमितिका सभापति अनिता देवकोटा, सदस्य नारायणकाजी श्रेष्ठ र इन्दिरादेवी गौतमसहित सचिवालयका दुई कर्मचारीको टोलीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै चीनको सिमानामा रहेको कोरला नाका जोड्ने १८६ किलोमिटर दूरीको सडक निर्माण अवस्थाको बारेमा जानकारी लिएको हो । संसदीय टोलीले स्थलगत निरीक्षणका साथै आयोजनाका अधिकारी, जनप्रतिनिधि, स्थानीयवासीसँग छलफल र निर्माण व्यवसायी तथा प्राविधिकलाई निर्देशन दिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ज
पोखरा / पोखराका पत्रकार श्रीप्रसाद बास्तोलाले सामाजिक सञ्जाल फेसबुकमा पत्र लेख्दै आत्महत्या गरेका छन् । पत्रकार, सामाजिक अभियन्ता तथा विद्यालय सञ्चालक समेत रहेका बास्तोलाले आफ्नै घरमा आत्महत्या गरेका हुन् । उनले फेसबुकमा १५ वर्ष अगाडि आमाले भनेको नमान्दा पैतृक सम्पत्ति, घर, खेत, जग्गा, सुन, गहना र स्कुल सबै चैट भन्दै आज आफूपनि चैट हुनुपरेको लेखेर आत्महत्या गरेका छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी सुवास हमालका अनुसार हिजो राति आफ्नै घरमा उनलाई झुण्डिएको अवस्थामा भेटिएको हो । बास्तोलाले हिजो राती साढे तीन बजे सामाजिक सञ्जाल फेसबुकमा आत्महत्या गर्नुपर्ने कारण र आफू
गौरादह / झापाको गौरादहमा मोटरसाइकल दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरादह –५ का ४० वर्षीय वेणु अधिकारी रहेका छन् ।शुक्रबार बिहान पूर्व देखि पश्चिम तर्फ जाँदै गरेको मे ९ प २७०३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ६ प ५४१६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुर्घटना भएको हो । दुर्घटनाबाट मे ९ प २७०३ को मोटरसाइकलका चालक अधिकारीको मृत्यु भएको हो। त्यस्तै गौरादह ५ चप्रामारीका ३० वर्षीय अनुप राजवंशी र १६ वर्षीय ललित शर्मा घाइते छन्।घाइते राजवंशी र शर्माको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।&
गण्डकी / गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ । नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द र काम गर्ने गरी बिहान तथा दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।सडक स्तरोन्नतिका लागि मुस्ताङको सिमानामा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेभीरमा मर्मत र सवारीसाधन एकसाथ आवतजावत गर्न नसक्ने तथा चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको प्रहरी नायब
काठमाडौं / बिहान–बेलुका दूधसँग मासिनो गरी पिसेको भात अनि अरु समयमा हर्लिक्स, बिस्कुट र झोल पिएर ११९ वर्षीय सर्वज्येष्ठ नागरिक बाटुली लामिछानेको दैनिकी बित्ने गर्छ । परिवारमा पाँच पुस्ताको फैलावट भइसके पनि हजुरआमा लामिछाने अहिलेसम्म स्वस्थ्य देखिन्छिन् । दाँत झरेका कारण मुखबाट समय–समयमा केही ¥याल आउँछ । फुलेका कपाल खासै झरेका छैनन् । आँखा तेजिला देखिन्छन् । बोली स्पष्ट नभए पनि अरुले कानमा पुगेर भनेका कुरा सुन्ने र बुझ्न सक्छिन् । नजिकै आएकालाई शरीरको हाउभाउबाट प्रतिक्रिया दिनसक्ने हजुरआमाका आमा लामिछाने सम्भवतः विश्वकै ज्येष्ठ नागरिक भएकाले उनको नाम ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा दर्ज गराउने अ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.