बिर्तामोड / झापाको कन्काई नगरपालिका –१ मा एक जना पुरूष मृत फेला परेका छन्।घर निर्माणमा कार्यरत सोही ठाउँका ४८ वर्षीय बेनुप्रसाद उप्रेती आज बिहान खेतको खोल्सीमा मृत फेला परेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ। प्रहरीका अनुसार हिजो दिउँसो ३ बजेदेखि बेपत्ता भएका उप्रेती घर नजिकैको खोल्सीमा आज बिहान मृत फेला परेका थिए।माछा मार्न भन्दै घरबाट हिँडेका उप्रेतीको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको हुनसक्ने स्थानीयबासीले आशंका गरेका छन्।
काठमाडौँ / देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २९ जना पक्राउ परेका छन् । भक्तपुर नगरपालिका –७ गोल्मढी बस्ने ३८ वर्षीय राजेश खयामलीको किराना पसलमा तास खेलिरहेको अवस्थामा राजेश लगायत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ७ सय ५० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । तनहुँको शुक्लागण्डकी नगरपालिका –४ दुलेगौडा भिमसेन चोकस्थित थकाली भान्सा घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका –९ बस्ने ४० वर्षीय सूर्य बहादुर विक लगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो ईलाका प्रह
तेह्रथुम / तेह्रथुमको फेदाप गाउँपालिका –२ भित्री सडक खण्डमा आज बिहान भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ भने सह–चालक घाईते भएका छन् । आज (मंलबार) बिहान १ बजे ओसीडाँडा देखी सदरमुकाम म्याङलुङ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २७७० नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा ट्रक चालक काभ्रेपलान्चोकका २७ वर्षीय रोहित अधिकारी रहेका छन् । त्यस्तै सह–चालक २४ वर्षीय सुदिप राई घाईते भएका थिए ।घाइते राईको जिल्ला अस्पताल म्याङलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
विराटनगर / भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले अबको ६ देखि सात महिनाभित्रमा सुकुमबासीहरुलाई धनीपूर्जा बाँड्न नसके भूमि आयोगबाट आफूले राजीनामा दिने बताएका छन् ।नेकपा माओवादी केन्द्र कानेपोखरी गाउँपालिकाले मोरङको कानेपोखरी –६ बिहिबारे बजारमा आयोजना गरेको ‘भूमि समस्या तथा समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सुकुमबासीहरुलाई धनीपूर्जा वितरण गर्ने ग्यारेन्टी नभएको खण्डमा राजीनामा दिने बताए । ‘यो सहिदहरुको रगतले पोतिएको धर्ती हो कानेपोखरी, तपाईँहरू सुकुमबासीहरुको अगाडि उभिएर भनेको छु, समस्या सावधान गर्न लागि पर्नेछु ।अबको ६ देखि ७ महिनाभित्रमा तपाई
सोलुखुम्बु / सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा आएका तीन फ्रान्सेली नागरिक छ दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा फ्रान्सेली नागरिक थोमस, गाब्रियल र लुइस रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिइन् । उनीहरु आठ जनाको समूहमा होलिडे हिमालय ट्रेक्स एण्ड एक्सपिडीशन प्रालिमार्फत गत असोज १८ खाङतेका हिमाल आरोहणका लागि गएका थिए । तीनै जना यही कात्तिक ९ गतेदेखि सम्पर्कविहीन बनेपछि खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ ।बेपत्ताको खोजीका लागि सोमबारदेखि कैलाश एयरको हेलिकोप्टर प्रयोग गरिएको छ । एउटै समूहमा गएकामध्ये अन्य पाँच जना भन
नेपालगञ्ज / मंगलबार नेपालगञ्ज विमानस्थलमा सीता एअरको जहाज बँदेलसँग ठोक्किएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोट उड्ने क्रममा सीता एअरको डोर्नियर जहाज बँदेलसँग ठोक्किएको नेपालगञ्ज विमानस्थल स्रोतले जनाएको हो।जहाजमा सामान्य क्षति बाहेक यात्रु सुरक्षित रहेको बुझिएको छ ।अहिले जहाजलाई धावनमार्गबाट पार्किङमा ल्याइसकिएको छ । जहाजमा तीन जना चालक दलका सदस्यसहित १४ जना यात्रु थिए ।
राहदानी बनाउनेको भीड आइतबार हालसम्मकै उच्च बनेको छ । आइतबार पाँच हजार जनाले राहदानी बनाउनका लागि आवेदन भर्नका लागि टोकन लिएका थिए । राहधानी बनाउनेको भिडका कारण व्यवस्थापन गर्न कठिनाइ भएको विभागका कर्मचारीले बताएका छन् । अत्याधिक भीडले तिहारको किनमेलका लागि पैदलमार्ग हिँड्ने यात्रुले पनि सास्ती खेप्नु परेको छ । विभागले मङ्सिर महिनादेखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गर्दै छ । त्यसपछि माघदेखि औपचारिक रूपबाट विद्युतीय राहदानी वितरण पनि सुरु हुने छ । त्यसैले पनि तत्कालका लागि पुरानो प्रकृति बोकेको मेसिन रिडेबल राहदानी नलिन विभागले बारम्बार अनुरोध गरिरहेको छ । तर, अमेरिका जानका लागि खु
झापा / तिहार नजिकिँदै गर्दा मोरङ र सुनसरीको सीमावर्ती नाकाबाट भारतबाट तस्करहरूले विस्फोटक पदार्थ पटाका भित्र्याउन थालेका छन् ।तस्करहरुले मोरङमा मटेरुवा, दरैया, इस्लामपुर, रङ्गेली, डुमरिया, नोचालगायतका नाकाबाट र सुनसरीको भण्टाबारी, हुक्सी, लौकही, अमडुवालगायतका नाकाबाट पटका भित्रियाउन थालेका हुन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले मोरङको विभिन्न ठाउँबाट भित्र्याइएको ठुलो परिमाणको पटका बरामद गरी नष्ट गरेको छ । करिब ३ लाख ४८ हजार ८ सय मूल्य बराबरको पटका नष्ट गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । तस्करले खानेतेलको ग्यालेनमा राखेर पटका ल्याउने गरेको प्
ओखलढुंगा / जिल्ला प्रहरी कार्यालय ओखलढुंगा मातहतमा रहेको प्रहरी चौकी कोषाहाटको नवनिर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । आज (सोमबार) बिहान एक कार्यक्रमका बीच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बि.सी.ले उक्त भवनको उद्घाटन गरेका हुन् । १ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित १ करोड ८६ लाख १४ हजार ५ सय ४५ रुपैयाँको लागतमा प्रहरी चौकी कोषाहाटको कार्यालय भवन, आवास, भान्साघर तथा शौचालयको निर्माण सम्पन्न भएको हो ।भवनको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रममा बोल्दै प्रहरी नायब महानिरीक्षक बि.सी.ले गाँस बासको उचित ब
धनगढी / कैलालीबाट स्रोत नखुलेको आठ लाख नगदसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको मस्टा गाउँपालिका –१ कोटदेबलका २२ वर्षीय मुकेश खड्का, १८ वर्षीय किरण खड्का र २४ वर्षीय नारायण खड्का रहेका छन् ।उनीहरूलाई विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो ।उनीहरूलाई धनगढी बसपार्कमा रहेको होटल अमन प्लाजाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिए ।पक्राउ परेकाहरूको साथबाट ८ लाख ६९ हजार रुपैयाँ, ३४ ग्राम ३६० मिलिग्राम
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.