समाचार

    Showing 22,481-22,490 of 26,011 items.
  • दुई दिनका लागि एआईजी बने बसन्तकुमार लामा

    बिर्तामोड / सरकारले डीआईजी बसन्तकुमार लामालाई एआईजीमा बढुवा गरेसँगै उमेर हदका कारण लामा दुई दिनका लागि मात्र एआईजी बनेका छन् । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले लामालाई दुई दिनका लागि एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । ५६ वर्षे उमेर हदका कारण लामाको कार्यकाल यही ७ जेठको मध्यरातसम्म मात्र रहेको छ । त्यसपछि उनी अनिवार्य अवकाशमा जानेछन् ।  सरकारले लामालाई एआईजीमा बढुवा गरेपछि शुक्रबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिह्न प्रदान गरेका थिए । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले गत २३ वैशाखमा प्रहरीको एआईजीमा लामालाई एकल बढुवा सिफारिस गर्ने निर्

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 107 पटक पढिएको
  • मोरङको जहदा –२ मा श्रीमतीको हत्या गरेर श्रीमान् फरार

    विराटनगर / मोरङको जहदा गाउँपालिका –२ मा श्रीमतीको हत्या गरेर श्रीमान् फरार भएका छन् । जहदाको बर्खीबैरिया बस्ने ४० वर्षीय दिनेश राजभरले ३५ वर्षीया गीतादेवी राजभरको हत्या गरेर फरार भएका हुन् ।मोरङ प्रहरीका अनुसार हिजो राती हत्या गरेर उनी फरार भएको सूचना पाएपछि अहिले प्रहरी चौकी मझारेको टोलीले घटनास्थल सुरक्षित गरेर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली समेत घटनास्थलमा पुगेको छ ।

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 92 पटक पढिएको
  • देशभर आज हल्कादेखि मध्यम वर्षा हुने

    झापा / नेपालमा अहिले स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्युन चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेको छ । देशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदलीको अवस्था रहने छ । सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।आज प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र अन्य प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पू

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 63 पटक पढिएको
  • बस दुर्घटना हुँदा १३ जना घाईते

    डोटी / डोटीमा शनिबार बिहान यात्रु बस दुर्घटना हुँदा १८ महिने बालक बेपत्ता भएका छन् भने १३ जना घाईते भएका छन् । कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको बस शनिबार बिहान ५ बजे शिखर नगरपालिका १ गेरुपानीमा दुर्घटना भएको थियो।दुर्घटनामा अछाम चौरपाटी गाउँपालिका –६ का सुरेन्द्र शाहीका १८ महिने छोरा सुजन बेपत्ता छन् । १३ जना घाइते मध्ये बसका सहचालकसहित ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता डीएसपी भोलाकुमार भट्टले जानकारी दिए ।भट्टका अनुसार अन्य ८ जनाको भने शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । 

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 59 पटक पढिएको
  • रूख ढलेर अटो रिक्सा र भ्यानलाई थिच्दा तीन जनाको मृत्यु

    चितवन /  हावाहुरी कारण शुक्रबार साँझ रूख ढलेर अटो रिक्सालाई थिच्दा चितवनमा तीन जनाको मृत्यु भएको छ । पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना २ ह २२४७ नम्बरको अटोलाई रुखले थिच्दा घटनास्थलमा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।रुखले अटोलाई थिच्दा भरतपुर –११ लामाटोलका प्रदीप लामा र गोरखा गण्डकी गाउँपालिका –६ घर भई भरतपुर –७ बस्ने माया गुरुङको घटनास्थलमै मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।यस्तै, भोजाडमै ना १ ज ६१४० नम्बरको म्याजिक भ्यानलाई रुखले थिच्दा भरतपुर –११ का लोकनाथ न्यौपानेको घटनास्थलमै मृत्यु भएको प्र

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 67 पटक पढिएको
  • मतपेटिका लुट्ने पूर्वप्रहरी हवल्दार पक्राउ

    रौतहट  / रौतहटमा मतपेटिका लुटेर भागेका मुख्य आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका –२ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेका छन् । उनलाई प्रहरीले बिहीबार राति उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ मा रौतहटको यमुनामाई -२ स्थित श्री मावि भेडियाही स्कुलमा रहेको मतदान केन्द्रबाट मतपेटिका लुटिएको थियो।मतदान स्थगित भएपछि मानिसहरूको हुलले जबरजस्ती प्रवेश गरी बैठाले मतपेटिका लुटेर भागेका थिए।  प्रहरीले हवाई फायर गरेपछि बैठाले मतपेटिका छाडेर भागेका थिए । घटन

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • 122 पटक पढिएको
  • नक्कली कार्ड बोकेर मतगणना स्थलमा पुगेका दुई जना पक्राउ

    पोखरा / महानगरपालिकाको मतगणना स्थलबाट आज (शुक्रबार) प्रहरीले दुई जना नक्कली प्रतिनिधिलाई पक्राउ गरेको छ । मतगणना स्थलको मुख्य प्रवेशद्वारबाट नक्कली कार्ड बोकेर मतगणना स्थलमा पुगेका दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेकामध्ये एक जनाले जनमत पार्टीको नक्कली प्रतिनिधि कार्ड भिरेका र अर्का व्यक्तिले नक्कली परिचय पत्र बनाएर लगाएको कास्की प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • 85 पटक पढिएको
  • यौनहिंसाका आरोपितलाई कारबाही गर्न सरकारलाई सभामुखकाे निर्देशन

    काठमाडौँ / सभामुख अग्निप्रसाद सापकोटाले आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरिएको घटनाको छानबिन गर्न सरकारलाई निर्देशन दिएका छन् ।शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले सामाजिक सञ्जालमा एक युवतीले आफूलाई बलात्कार गरिएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गरेका थिए ।  । त्यसपछि सभामुख सापकोटाले सांसद थापाको कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सो घटनाको सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • 56 पटक पढिएको
  • न्यायाधीश नियुक्तिको नयाँ निर्देशिका : जिल्ला र उच्चको न्यायाधीश हुन स्वघोषणा गर्नुपर्ने प्रस्ताव

    बिर्तामोड / न्यायपरिषद्ले जिल्ला तथा उच्च अदालतको न्यायाधीश बन्न चाहनेले स्वघोषणा सहित तोकेको ढाँचामा विवरण पेस गर्नुपर्ने मापदण्ड प्रस्ताव गरेको छ । ११ वैशाखमा न्यायाधीश नियुक्तिका लागि निर्देशिकाको मस्यौदा तयार गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी, न्यायपरिषद्का सदस्य रामप्रसाद भण्डारी र परिषद् सचिव देवेन्द्रराज ढकालसहितको समिति गठन गर्ने निर्णय गरिएको थियो । समितिले २५ वैशाखमा सरोकारवालाहरूलाई सुझावका लागि पठाएको मस्यौदाको दफा ४ मा परिषद् सचिवालयले उच्च र जिल्ला अदालतहरूमा रिक्त न्यायाधीशको पद संख्या यकिन गरी संविधानबमोजिम योग्यता पुगेको र परिषद्लाई विवरण

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • 66 पटक पढिएको
  • सवारी दुर्घटनामा परी दुईको मृत्यु

    बिर्तामोड / झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानमा बिहीवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका –२ रामचोकमा प्रदेश १-०१-००१ ख ३५९४ नम्बरको ट्रकले ठक्कर दिँदा पैदल यात्री बिर्तामोड –४ का ५२ वर्षीय टंक काफ्लेको मृत्यु भएको हो । रोकेर राखेको ट्रक सडकमा निकाल्नका लागी ब्याक गर्ने क्रममा ट्रकको पछाडिको भागले ठक्कर दिँदा घाईते भएका काफ्लेलाई उपचारको लागी बिर्तासीटी अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।  यसैगरी  मोरङको सुनवर्षी नगरपालिका –६ मा ट्याक्टर दुर्घटना हुँदा १ जनाको म

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • 77 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.