झापा / नेपालमा अहिले स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्युन चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेको छ । 

देशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदलीको अवस्था रहने छ । सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

OM Sai Pathibhara Hospital

आज प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र अन्य प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।