डोटी / डोटीमा शनिबार बिहान यात्रु बस दुर्घटना हुँदा १८ महिने बालक बेपत्ता भएका छन् भने १३ जना घाईते भएका छन् । 

कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको बस शनिबार बिहान ५ बजे शिखर नगरपालिका १ गेरुपानीमा दुर्घटना भएको थियो।

OM Sai Pathibhara Hospital

दुर्घटनामा अछाम चौरपाटी गाउँपालिका –६ का सुरेन्द्र शाहीका १८ महिने छोरा सुजन बेपत्ता छन् । 

१३ जना घाइते मध्ये बसका सहचालकसहित ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता डीएसपी भोलाकुमार भट्टले जानकारी दिए ।

भट्टका अनुसार अन्य ८ जनाको भने शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।