पोखरा / महानगरपालिकाको मतगणना स्थलबाट आज (शुक्रबार) प्रहरीले दुई जना नक्कली प्रतिनिधिलाई पक्राउ गरेको छ ।
मतगणना स्थलको मुख्य प्रवेशद्वारबाट नक्कली कार्ड बोकेर मतगणना स्थलमा पुगेका दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये एक जनाले जनमत पार्टीको नक्कली प्रतिनिधि कार्ड भिरेका र अर्का व्यक्तिले नक्कली परिचय पत्र बनाएर लगाएको कास्की प्रहरीले जनाएको छ ।