समाचार

    Showing 22,281-22,290 of 26,011 items.
  • सङ्खुवासभामा सुख्खा पहिरोले पुरिएर दुई जनाको मृत्यु

    सङ्खुवासभा / सङ्खुवासभाको चैनपुर नगरपालिका- १ नुनढाकीमा सुख्खा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  सुनसरी  धरानका ३५ वर्षीय राम कुमार राई र चौदण्डीगढी नगरपालिका- ६ उदयपुरका २० वर्षीय हेम बहादुर मगर रहेका प्रहरीले जनाएको छ । चैनपुर नुनढाकी सडकखण्डमा तार जाली पर्खाल लगाउने क्रममा बुधबार बिहान ११ बजे अचानक माथिबाट सुख्खा पहिरो झरेर पुरिँदा सडक निर्माण कार्यमा खटिएका  राई र  मगरको घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले पहिरोमा पुरिएका दुबै जनाको उद्धार गरी शव परीक्षणको लागी जिल्ला अस्पताल खाँद

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 61 पटक पढिएको
  • सवारी चालक अनुमतिपत्रको आवेदन अनलाइनमा : भुक्तानी गर्न भने कार्यालयमै जानुपर्ने

    काठमाडौं / सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन दिन मिल्ने भएपनि रकम भुक्तानी गर्नका लागि भने कार्यालय सम्मै पुग्नुपर्ने भएको छ । अनलाइन भुक्तानी सुविधा नभएका कारण भुक्तानी भौचर डाउनलोड गरी कार्यालयमै गएर शुल्क बुझाउनु पर्ने भएको हो ।विभागले एक सूचना जारी गर्दै अनलाइन आवेदनको लागि अनलाइन भुक्तानी प्रणाली विकास गरिएको भए पनि तत्कालका लागि प्राविधिक तयारी नसकिएकाले अनलाइन भुक्तानी सफल नहुने बताएको छ ।साथै सेवाग्राहीहरूको चाप बढी भएका कारण सर्भर डाउन हुने समस्यालाई पनि चाँडै नै समाधान गरिने भन्दै विभागले सेवाग्राहीलाई धैर्य गर्न समेत अनुरोध गरेको छ ।   

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 69 पटक पढिएको
  • २९ वर्षीय युवकको हत्या आरोपमा दुई जना पक्राउ

    काठमाडौं / चन्द्रागिरी नगरपालिका - १० बोसीगाउँ बस्ने उदयपुर तामिल्छा नगरपालिका- ८ घर भएका २९ वर्षीय अरुण खत्रीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका ३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जन रहेका छन् ।सोही नगरपालिका- ३ ढाल्पास्थित सडकमा उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका अरुणको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । 

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 72 पटक पढिएको
  • चार किलो चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

    सप्तरी / चार किलो चाँदीका गहनासहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको मधुबनी जिल्ला खुटौनाग्राम पञ्चायत –११ का २२ वर्षीय वशिष्ट चौधरी रहेका छन् । सशस्त्र प्रहरी बलले सप्तरीको बोदे बर्साइन नगरपालिका –९ इँटाभट्टास्थित भारतीय सीमा क्षेत्रबाट चौधरीलाई पक्राउ गरेको हो।चौधरीले कम्मरमा बाँधी लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा चार लाख ८८ हजार मूल्य बराबरको चार किलो चाँदीका गहना बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए। चौधरीलाई आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 67 पटक पढिएको
  • १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ

    झापा / १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ परेका छन् । बर्दियाको मधुवन नगरपालिका- ३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारूलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।थारूले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धनौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 69 पटक पढिएको
  • बाबुछोराको हत्यामा संलग्न रहेको आरोपमा बुहारीसहित ३ जना पक्राउ

    झापा / सिरहामा बाबुछोराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले  बुहारीसहित ३ जनालाई पक्राउ गरेको छ । जिल्लाको अर्नामा गाउँपालिकामा एक साताअघि भएको बाबुछोराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बुहारी २६ वर्षीया शान्तिदेवी, स्थानीय ४८ वर्षीय जनिफ मियाँ र सिरहाको गोलबजार नगरपालिका- ४ का ६५ वर्षीय बेचु पाललाई पक्राउ गरेको हो । आफ्नै घरमा सुतिरहेको अवस्थामा गत जेठ ७ गते राति अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमारको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।घटनालगत्तै सङ्घीय प्रहरी एकाइ कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहाक

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 69 पटक पढिएको
  • गैरआवासीय नेपालीको बौद्धिक र भौतिक सम्पत्ति भित्र्याउन राज्यले पहल गर्नुपर्छः मन्त्री कार्की

    बिर्तामोड /  प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले गैरआवासीय नेपालीहरूको बौद्धिक र भौतिक सम्पत्तिको समुचित प्रयोग गर्न सके नेपालको विकासमा टेवा पुग्न सक्ने बताएका छन् । मन्त्री कार्कीले राज्यले यसको उपयुक्त वातावरण बनाउनु पर्नेमा जोड दिए ।बेलायतको स्कटल्याण्डस्थित इडनबर्गमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीले गैर आवासीय नेपालीहरुसँग भएको बौद्धिक क्षमता र भौतिक सम्पत्तिको समुचित प्रयोग गर्न सके विकासमा टेवा पुग्नसक्ने बताए । “भूकम्प जाँदा अथवा बाढीबाट पीडित भएकाहरूको लागि मात्र होइन गैर आवासीय नेपालीहरूले विकासका धेरै क्षेत्रमा लगानी गर्न सक्छ

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 62 पटक पढिएको
  • दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

    बिर्तामोड / धनकुटा र मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खाँदबारी नगरपालिका- १० सङ्खुवासभा घर भई धनकुटा नगरपालिका- ६ मा डेरा गरी बस्ने २४ वर्षीय पुरन राई रहेका छन् । बुधबार राती २ बजे धनकुटा नगरपालिका- ६ मा धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परि घाईते भएका राईको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । यसैगरी  गत सोमबार साँझ साँढे ६ बजे मोरङको विराटनगर महानगरपालिका- १० मा को ३९ प &

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 61 पटक पढिएको
  • भद्रपुर उडेको बुद्ध एयरको जहाजकाे टायरमा समस्या देखिएपछि काठमाडौं फिर्ता

    बिर्तामोड  / आज (बुधबार) बिहान झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार टायरमा समस्या देखिएपछि भद्रपुरका लागि १०:४३ मा उडेको जहाज बीचबाट फर्किएको हो । फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ जहाज ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको प्रवक्ता सिटौलाले बताए । ६९ जना यात्रु सवार रहेको उक्त जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको प्रवक्ता सिटौलाले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 156 पटक पढिएको
  • मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ

    बिर्तामोड / मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका- ५ निवासी २१ वर्षीय चन्द्रकुमार योङवा र सोही ठाउँका २० वर्षीय सुरेन्द्र भन्ने जीवन कुरुवाङ रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिएका छन् ।  झापाबाट चोरी भएका मोटरसाइकल पहाडी जिल्ला लगेर बेच्ने गरेको खुलासा भएको छ ।दमक नगर क्षेत्रभित्र पार्किङ गरी राखिएका मोटरसाइकलहरू धमाधम चोरी हुन थालेपछि सवारी धनीले प्रहरीमा उजुरी दिन थालेका थिए। प्रहरीमा एकपछि अर्को गर्दै उजुरी पर्न थालेपछि चोरी भएका मोटरसाइकल खोजतलास गर्ने क्रममा झापा प्रहरीले चार वटा मोटरसाइकल पाँचथरको मिक

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 82 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.