काठमाडौं / सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन दिन मिल्ने भएपनि रकम भुक्तानी गर्नका लागि भने कार्यालय सम्मै पुग्नुपर्ने भएको छ ।

अनलाइन भुक्तानी सुविधा नभएका कारण भुक्तानी भौचर डाउनलोड गरी कार्यालयमै गएर शुल्क बुझाउनु पर्ने भएको हो ।

OM Sai Pathibhara Hospital

विभागले एक सूचना जारी गर्दै अनलाइन आवेदनको लागि अनलाइन भुक्तानी प्रणाली विकास गरिएको भए पनि तत्कालका लागि प्राविधिक तयारी नसकिएकाले अनलाइन भुक्तानी सफल नहुने बताएको छ ।

साथै सेवाग्राहीहरूको चाप बढी भएका कारण सर्भर डाउन हुने समस्यालाई पनि चाँडै नै समाधान गरिने भन्दै विभागले सेवाग्राहीलाई धैर्य गर्न समेत अनुरोध गरेको छ ।