बिर्तामोड / धनकुटा र मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खाँदबारी नगरपालिका- १० सङ्खुवासभा घर भई धनकुटा नगरपालिका- ६ मा डेरा गरी बस्ने २४ वर्षीय पुरन राई रहेका छन् । 

बुधबार राती २ बजे धनकुटा नगरपालिका- ६ मा धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परि घाईते भएका राईको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 

OM Sai Pathibhara Hospital

यसैगरी  गत सोमबार साँझ साँढे ६ बजे मोरङको विराटनगर महानगरपालिका- १० मा को ३९ प  ७८९५ नम्बरको मोटरसाइकलले पैदल यात्री स्थानीय ८५ वर्षीय मुसा यादवलाई ठक्कर दिँदा घाईते भएका यादवको उपचारको क्रममा हिजो साँझ नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो । दुबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।