सङ्खुवासभा / सङ्खुवासभाको चैनपुर नगरपालिका- १ नुनढाकीमा सुख्खा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरानका ३५ वर्षीय राम कुमार राई र चौदण्डीगढी नगरपालिका- ६ उदयपुरका २० वर्षीय हेम बहादुर मगर रहेका प्रहरीले जनाएको छ ।
चैनपुर नुनढाकी सडकखण्डमा तार जाली पर्खाल लगाउने क्रममा बुधबार बिहान ११ बजे अचानक माथिबाट सुख्खा पहिरो झरेर पुरिँदा सडक निर्माण कार्यमा खटिएका राई र मगरको घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले पहिरोमा पुरिएका दुबै जनाको उद्धार गरी शव परीक्षणको लागी जिल्ला अस्पताल खाँदबारी पठाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।