सप्तरी / चार किलो चाँदीका गहनासहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको मधुबनी जिल्ला खुटौनाग्राम पञ्चायत –११ का २२ वर्षीय वशिष्ट चौधरी रहेका छन् । 

सशस्त्र प्रहरी बलले सप्तरीको बोदे बर्साइन नगरपालिका –९ इँटाभट्टास्थित भारतीय सीमा क्षेत्रबाट चौधरीलाई पक्राउ गरेको हो।

OM Sai Pathibhara Hospital

चौधरीले कम्मरमा बाँधी लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा चार लाख ८८ हजार मूल्य बराबरको चार किलो चाँदीका गहना बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए। 

चौधरीलाई आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको प्रहरीले जनाएको छ।