झापा / १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ परेका छन् । बर्दियाको मधुवन नगरपालिका- ३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारूलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
थारूले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धनौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।