बिर्तामोड  / आज (बुधबार) बिहान झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज काठमाडौं फिर्ता भएको छ । 

त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार टायरमा समस्या देखिएपछि भद्रपुरका लागि १०:४३ मा उडेको जहाज बीचबाट फर्किएको हो । 

OM Sai Pathibhara Hospital

फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ जहाज ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको प्रवक्ता सिटौलाले बताए । 

६९ जना यात्रु सवार रहेको उक्त जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको प्रवक्ता सिटौलाले जानकारी दिए ।