पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिएको छ। रातभरी परेको वर्षाका कारण सडकको भाग भासिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नहुने।तत्काल मर्मतसम्भार गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको छ। करिब २० मिटर सडक भासिएको छ।
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशकसहित चार जना विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।अख्तियारले चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम, तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुँइटेल र लेखा अधिकृत टंकप्रसाद ओलीविरुद्ध आरोपपत्र दायर गरेको हो । उनीहरूले २०७२ सालमा प्रकाशित कर्मचारी पदपूर्तिका क्रममा न्यूनतम शैक्षिक योग्यता नहेरी योग्यता नपुगेका आवेदकको दरखास्त फारमहरु ठीक छ भनी प्रमाणित गरी गलत प्रतिवेदन स्वीकृत गरेको अख्तियारको आरोप छ । राष्ट्रिय
चितवन / पूर्वी चितवनको राप्ती नगरपालिकामा एक युवतीलाई दुई महिनादेखि बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका- ९ चौधघरे बस्ने ४५ वर्षका पूर्ण घलान रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले बताए ।घलानले राप्ती नगरपालिका-६ आदर्शटोलस्थित माछापोखरीमा रहेको आफू बस्ने घरमा राखेर २७ वर्षीया युवतीलाई दुई महिनादेखि बन्धक बनाएको प्रहरीले जनाएको छ । काठमाडौं बसेर ज्याला मजदुरी गर्दै आइरहेकी पीडित युवती १० चैतमा भाउजूको घर पिप्ले आएकी थिइन् ।बसबाट राति भण्डारा बजारमा ओर्लिएकी युवतीलाई घलानले पिप्ले धेरै टाढा भएक
झापा / सडक निर्माणको क्रममा डोजरले फालेको ढुंगा लागेर गुल्मीको मुसीकोट नगरपालिकामा एकजना विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसीकोट नगरपालिका वडा नं- ३ का १४ वर्षीय गगन रायमाझीको रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार बिहीबार बिहान विद्यालय जाने क्रममा बालकलाई ढुङ्गाले लागेको थियो । डोजरले बाटो खन्दै गर्दा फालेको ढुङ्गाले लागेर गम्भीर घाइते भएका बालकको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खरेलले जानकारी दिए । स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गराएपछि थप उपचारका लागि गुल्मी अस्पताल लैजाने क्रममा बालक
काठमाडौं / काठमाडौंको लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल) मा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका इकाई कमिटी सहसचिव पंकज पाण्डेले उपप्राध्यापक दिवाकर पाण्डेलाई कुटपिट गरेका छन् । खेलकुद तथा विद्यार्थी कल्याणकारी विभाग प्रमुख रहेका उपप्राध्यापक दिवाकरलाई पंकजले सल्लाह गर्नुछ भनेर एकान्तमा लगेर आइतबार कुटेको कलेजका प्रमुख लोकबहादुर बरालले बताए । अनेरास्ववियुका विद्यार्थीहरूमाथि दर्ता भएको कीर्ते मुद्दा फिर्ताका लागि दबाब दिन उपप्राध्यापकमाथि कुटपिट भएको हो ।अनेरास्ववियुका पूर्व इकाई प्रमुख कमलराज जोशीले बिएससी सीएसआईटीको भर्ना प्रक्रियामा कीर्ते नामावली तयार
काठमाडौं / बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गराएर हडपेको प्रकरणमा मुछिँदै थुनामा रहेका आरोपी शोभाकान्त ढकालको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ ।मुद्दाको पेसी न्यायाधीशहरू सपना मल्ल प्रधान, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको पूर्ण इजलासमा तोकिएको थियो ।यसअघि २९ वैशाखमा न्यायाधीशहरू आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लको इजलासमा पेसी तोकिएको थियो । तर, त्यसबेला मुद्दालाई ‘हेर्न नमिल्ने’ सूचीमा राखियो ।न्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश भट्टराईको संयुक्त इजलासले २४ वैशाखमा रायबुझी हुने आदेश दिएको थियो ।सोही कारण मुद्द
विराटनगर / नेकपा एमाले प्रदेश १ संसदीय दलको बैठकले प्रदेशको नामाकरणको सहजीकरणका लागि दलको तर्फबाट पाँच सदस्यीय समिति गठन गरेको छ ।एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीका अनुसार बिहीबार बसेको एमाले संसदीय दलको बैठकले पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीको संयोजकत्वमा प्रदेश नामाकरण समिति गठन गरेको हो । समितिको सदस्यहरूमा पूर्व सामाजिक विकास मन्त्रीद्वय जीवन घिमिरे र उषाकला राई, पूर्व उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीश प्रसाद कुसियैत र प्रदेश सांसद अर्जुन राई रहेका छन् ।
बाँके / बाँकेको जानकी गाउँपालिका- ६, कोठारपुरमा कारको ठक्करबाट पैदलयात्री अन्दाजी ३० वर्षीया युवतीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी युवतीको उपचारका क्रममा नेपालगन्ज स्थित भेरी अस्पतालमा मृत्यु भएको जनाइएको छ । मृतकको सनाखत हुन बाँकी छ ।बिहीबार (आज ) बिहान करिब ५ बजे बा ४ च १९७५ नम्बरको कारले युवतीलाई ठक्कर दिएको थियो । दुर्घटनालगत्तै फरार रहेका कार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बिर्तामोड / मोरङको छुट्टा छुट्टै दुई स्थानबाट अवैध रुपमा भन्सार छली गरी नेपाल ल्याउँदै गरेको समान प्रहरीले बरामद गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका विराटनगर महानगरपालिका- १२ स्थितबाट अबैध रुपमा भन्सार छली गरी नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी १ लाख ९४ हजार मूल्य बराबरको बिभिन्न प्रकारका लत्ता कपडाहरू र बिराटनगर- ६ स्थित केसलिया रोडबाट ना ४ ख १६७८ नम्बरको ट्रकमा अन्दाजी मूल्य २३ लाख ७५ हजार मूल्य बराबरको ५०० बोरा मकै अवैध रूपमा भन्सार छली भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा चालक सहित नियन्त्रणमा लिएको हो । बरामद गर
बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका –५ बाट ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका –५ का ४८ वर्षीय डिजेन राजवंशी र पाँचथरको फिदिम नगरपालिका –७ का २२ वर्षीय सुजन गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनीहरूलाई ब्राउनसुगर सहित बुधवार साँझ ७ बजे पक्राउ गरेको हो । उनीहरूको साथबाट १५ ग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान र नगद २ लाख ८४ हजार ७५० रुपैयाँ समेत बरामद गरिएको डीएसपी पाठकले बताए । त्यस्तै इलामको
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.