काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशकसहित चार जना विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
अख्तियारले चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम, तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुँइटेल र लेखा अधिकृत टंकप्रसाद ओलीविरुद्ध आरोपपत्र दायर गरेको हो ।
उनीहरूले २०७२ सालमा प्रकाशित कर्मचारी पदपूर्तिका क्रममा न्यूनतम शैक्षिक योग्यता नहेरी योग्यता नपुगेका आवेदकको दरखास्त फारमहरु ठीक छ भनी प्रमाणित गरी गलत प्रतिवेदन स्वीकृत गरेको अख्तियारको आरोप छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मिति २ असोज २०७२ मा कृषि प्राविधिक र लेखापाल पदमा निवेदन आह्वान गरेको थियो ।