बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका –५ बाट ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका –५ का ४८ वर्षीय डिजेन राजवंशी र पाँचथरको फिदिम नगरपालिका –७ का २२ वर्षीय सुजन गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनीहरूलाई ब्राउनसुगर सहित बुधवार साँझ ७ बजे पक्राउ गरेको हो ।
उनीहरूको साथबाट १५ ग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान र नगद २ लाख ८४ हजार ७५० रुपैयाँ समेत बरामद गरिएको डीएसपी पाठकले बताए ।
त्यस्तै इलामको देउमाई नगरपालिका –३ स्थितबाट पनि प्रहरीले ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा देउमाई नगरपालिका –७ का २० वर्षीय शम्भु लिम्बू र माई नगरपालिका –८ का १८ वर्षीय सुमन लिम्बू रहेका छन ।
बुधबार दिउँसो नेपालटार–मंगलबारे स्थित सडक खण्डमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट चेकिङमा खटिएको प्रहरी निरीक्षक सहितको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
चेकजाँचको क्रममा प्रदेश १–०३–००१ प १६५५ र को.१३ प २१६६ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरूको साथबाट प्रहरीले ३ ग्राम ब्राउनसुगर बरामद गरेको छ ।