बिर्तामोड / मोरङको छुट्टा छुट्टै दुई स्थानबाट अवैध रुपमा भन्सार छली गरी नेपाल ल्याउँदै गरेको समान प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका विराटनगर महानगरपालिका- १२ स्थितबाट अबैध रुपमा भन्सार छली गरी नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी १ लाख ९४ हजार मूल्य बराबरको बिभिन्न प्रकारका लत्ता कपडाहरू र बिराटनगर- ६ स्थित केसलिया रोडबाट ना ४ ख १६७८ नम्बरको ट्रकमा अन्दाजी मूल्य २३ लाख ७५ हजार मूल्य बराबरको ५०० बोरा मकै अवैध रूपमा भन्सार छली भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा चालक सहित नियन्त्रणमा लिएको हो ।
बरामद गरिएका उक्त सामग्रीहरू आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।